Error
  • Error loading feed data.

सरकारले ४० करोड दिएमात्र मूल्य वृद्धि फिर्ता : आयल निगम प्रमुख

smaller text tool iconmedium text tool iconlarger text tool icon
काठमाडौं, मङ्सिर २२ (नागरिक)- नेपाल आयल निगमका कार्यकारी निर्देशक दिगम्बर झाले सरकारले ४० करोड रुपैयाँ अनुदान दिएमात्र पेट्रोलियम पदार्थको बढेको मूल्य तत्काल फिर्ता लिन सकिने बताएका छन्। अहिले मूल्य समायोजन नगर्ने हो भने बजारमा पेट्रोलियम पदार्थ अभाव हुने र त्यसले कालाबजारी बढाउने उनको दाबी थियो।

रिपोर्टर्स क्लब नेपालले बुधबार आयोजना गरेको साक्षात्कारमा बोल्दै महाप्रबन्धक झाले निगम मूल्य वृद्धिको पुनरावलोकन गर्न तयार रहेको र यसका लागि प्रस्ताव पनि सरकारलाई पठाइसकेको जानकारी दिए। अर्थमन्त्री र आपूर्ति मन्त्रीसँग मूल्य फिर्ता लिने विषयमा कुराकानी भइरहेको जानकारी दिँदै उनले भने- यदि सरकारले आजै हामीले मागेको रकम अनुदान दिने निर्णय गर्‍यो भने  अहिले नै मूल्य वृद्धि फिर्ताको घोषणा गरिदिन्छु।

सहज आपूर्तिका लागि हामीले मूल्य बढाएका हौं- उनको भनाइ थियो।

निगमको घाटा दिन/प्रतिदिन चुलिँदै गएको अवस्थामा सरकारी अनुदान वा मूल्य वृद्धिबाहेकको विकल्प नरहेकोले निगमले यस्तो अलोकप्रिय निर्णय गर्नुपरेको उनको तर्क थियो। नेपाल सरकारले अनुदान नदिने भनेकोले बाध्य भएर मुल्य बढाउनुपरेको जानकारी दिँदै झाले मूल्य घटाउनका लागि सरकारी अनुदान वा पेट्रोलियम
पदार्थमा लाग्दै आएको भ्याट छुट दिनुपर्ने बताएका थिए।
प्रतिक्रियाहरू (3)Add Comment
0
Raj
December 08, 2010
220.214.160.243
भोट: +5
...

अब जनतासँगै घुस लिन थाले बा यिनीहरूले । तेलको मूल्य बढाएर।

0
BB LAMA,Israel
December 08, 2010
87.69.192.19
भोट: +12
...

४० करोड के का लागि? कर्मचारीलाई बोनस बाँड्नलाई हो? निगमभित्र हुने भ्रष्टाचारी र अनियमितता हटाउनुस्। केहीँ कतैबाट घाटा हुन्न।

0
Karan
December 08, 2010
85.77.84.254
भोट: +5
...

भ्रष्टाचारी आयल निगमले आफ्ना कर्मचारीलाई बोनस वितरण गर्ने कुरा किन गरेका हुन्? कम्पनीको आर्थिक अवस्था कमजोर भएको थाहा हुँदा हुँदै यस्तो गर्न पाइन्छ? सरकारले केही गतिलो काम गर्न सकेका छैनन्।

प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


अर्थ

From Republica

new-traveld