Error
  • Error loading feed data.

मूल्य वृद्धि फिर्ता हुँदैन : आपूर्ति मन्त्री

smaller text tool iconmedium text tool iconlarger text tool icon
कि चाहिँ भ्याट हटाउनुपर्ने-
विराटनगर, मङ्सिर २४- आपूर्ति मन्त्री राजेन्द्र महतोले सरकारले हालै वृद्धि गरेको पेट्रोलियम पदार्थको मूल्य तत्काल कम गर्न नसकिने बताएका छन्। उनले नेपाल आयल निगम व्यापक घाटामा गएको र घाटा समायोजन गर्ने अन्य कुनै वातावरण नभएपछि बाध्य भएर इन्धनको मूल्य वृद्धि गर्नुपरेको दाबी पनि गरे।

विराटनगरमा पत्रकारसँगको संक्षिप्त कुराकानीमा उनले यस्तो बताएका हुन। पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोध सर्वत्र भइरहेका बेला अन्तर्राष्ट्रियरुपमा बढेको पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न आयल निगमले मूल्य वृद्धि गरेको पनि उनको भनाइ थियो।

सरकारले पेट्रोलियम पदार्थ ढुवानीमा लगाउँदै आएको सडक दस्तुर र ग्यासको आपूर्तिमा लाग्ने गरेको मूल्य अभिवृद्धि कर(भ्याट) हटाएमात्र इन्धनको मूल्य घटाउन सकिने मन्त्री महतोको तर्क थियो। 'सरकारले भ्याट खारेज गर्छ भने पेट्रोल र ग्यासको मूल्य घटाउन सकिन्छ'- उनको भनाइ थियो।

पेट्रोलियम आयातमा निजी क्षेत्रको संलग्नतासम्बन्धी कानुन संसदबाट पास हुन बाँकी रहेकाले पेट्रोलियम पदार्थको कारोबार गर्नमा निजी क्षेत्रलाई समस्या भएको उनले बताए। पेट्रोलियमको मूल्य वृद्धि गरेर निगमका कर्मचारीलाई बोनस खुवाउने विषयमा सञ्चारकर्मीको जिज्ञासामा उनले भने- सरकारले किनेर ल्याएको तेल बिक्रीबाट आएको नाफा बोनसका रुपमा दिइने छैन।

आयल निगमले हालै एलपिजी ग्यास प्रतिसिलिन्डर रु ७५ र पेट्रोल, डिजेल तथा मट्टितेलमा रु तीनका दरले वृद्धि गरेको छ।
- रासस
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


अर्थ

From Republica

new-traveld