Error
  • Error loading feed data.

सञ्जय दत्त रामदेव बन्ने

smaller text tool iconmedium text tool iconlarger text tool icon

मुम्बई, कात्तिक ९ (एजेन्सी)- मुन्नाभाई सञ्जय दत्तले योग गुरु रामदेवको भूमिका निर्वाह गर्ने भएका छन्। निर्देशक मणि शंकरले आफ्नो आगामी फिल्ममा सञ्जयलाई यो भूमिका दिन लागेका हुन्।

फिल्म 'नक आउट' को सुटिङमा मणि र सञ्जयबीच आत्मीयता बढेको हो। रामदेवको भूमिका सञ्जयलाई खेलाएर मणि यो आत्मीयतालाई अझ उचाइ दिन चाहन्छन्।

समाचार अनुसार मणि र ' नक आउट' का सहनिर्माता अमिताभ पारेखले भर्खरै चण्डीगढमा रामदेवलाई भेटेका छन्। रामदेव त्यहाँ आफ्ना चेलाहरूलाई सम्वोधन गर्न पुगेका थिए।

  रामदेवकै इच्छानुसार मणिले चण्डीगढमा ' नक आउट' को विशेष प्रदर्शनी गरेका थिए।


प्रशर्दनीपछि रामदे वले फिल्म र सञ्जयको अभिनयको तारिफ गरेको मणि बताउँछन्। रामदेवले आफ्ना ६ करोड भक्तहरूलाई समेत ' नक आउट' हेर्नुपर्ने सन्देश पठाएका थिए।


रामदेवको स्वाभिमान आन्दोलनबाट आफू प्रभावित रहेको र बाबाको विषयमा फिल्म बनाउन धेरै पहिलेदेखि नै इच्छा लागेको मणिले बताए।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


From Republica

new-traveld