Error
  • Error loading feed data.

रवीन्द्र मिश्रको 'भूमध्यरेखा' चेपाङ गाउँलाई उपहार

smaller text tool iconmedium text tool iconlarger text tool icon
काठमाडौं, कात्तिक १६ (नागरिक)- चर्चित स्तम्भकार तथा बीबीसी नेपाली सेवा प्रमुख रवीन्द्र मिश्रको पुस्तक भूमध्यरेखा प्रकाशनको अन्तिम तयारीमा पुगेको छ। पुस्तक सार्वजनिक मिति नजिकिँदै जाँदा मिश्रले भूमध्यरेखा बिक्रीबाट प्राप्त सबै लेखकस्व चितवन कान्दाको चेपाङ समुदायलाई प्रदान गर्ने निर्णय गरेका छन्।


'
पुस्तक बिक्रीबाट पाउने सबै लेखकस्व चेपाङ समुदाय उत्थानका लागि दिनेछु', नागरिकन्युजसँग मिश्रले भने- 'मैले दिए जति नै रकम प्रकाशकले पनि थप्नेछन्।'
मिश्रले लेखकस्व स्वरुप एउटा पुस्तकको बिक्रीबाट २८ रुपैयाँ पाउनेछन्। प्रकाशकले २८ रुपैयाँ नै सहयोग गर्दा पाठकले किनेको एउटा पुस्तकबाट चेपाङ समुदायलाई ५६ रुपैयाँ जानेछ।

पत्रकारितालाई जीवनवृत्ति बनाएर सँगसँगै हेल्प नेपाल नामक संस्थामार्फत १० वर्षदेखि मानव कल्याणका काम गर्दै आएका मिश्रको भूमध्यरेखा विचारोत्तेजक स्तम्भ संग्रह हो। पुस्तकको अन्तर्वस्तु राजनीति र कल्याण रहेको उनले बताए। 'पुस्तक राजनीति र कल्याण केन्द्रित छ। र मेरो पत्रकारिताको मूलबाटो पनि त्यही नै हो', उनले भने।


नेपाली पुस्तकको आधुनिक बजार व्यवस्थापनका लागि ख्याती कमाएको फाइन प्रिन्टले उनको पुस्तक प्रकाशित गर्न लागेको हो। 'भूमध्यरेखा छपाइ प्रक्रियाको अन्तिम चरणमा पुगेको छ', फाइन प्रिन्टका निरज भारीले भने- 'नोभेम्बर दोस्रो साता सार्वजनिक हुनेछ।'

२ सय ४३ पृष्ठको पुस्तक नेपालीभित्र २ सय ८० रुपैयाँमा उपलब्ध हुनेछ।

प्रतिक्रियाहरू (3)Add Comment
0
amrit
November 03, 2010
113.199.128.125
भोट: +11
...

राम्रो काम।

0
satish chapagain
November 03, 2010
71.248.126.170
भोट: +17
...

baki 224 rupees kaha jancha? k ek pustak prakashan r marketing ko kharcha 224 rupees parcha? rabindra mishra g let us know about the other money.because u r a trasnparent man.i hope...otherwise yo pustak ko bikri hudai 6ina chapang ko poorness ko bikri hudai6.

0
Pujan
November 09, 2010
116.66.193.244
भोट: +1
...

Yo pustak bikri garne euta bahana matra nabanos...harek pathak le tireko mulya sahi thauma sahi tarika le implement hos.........haina vane lekhak ko sakha ma daag lagne chha......

प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


From Republica

new-traveld