Error
  • Error loading feed data.

सुनिल पोखरेल दुर्घटनामा

smaller text tool iconmedium text tool iconlarger text tool icon
काठमाडौं, कात्तिक २३ (नागरिक)- रंगकर्मी सुनिल पोखरेल 'खग्रास' फिल्मको सुटिङमा दुर्घटनामा परेका छन्। 'सानो दुर्घटनामा पर्नुभएछ नि,' नागरिकको प्रश्नमा सुनिलले भने, 'दुर्घटना सानो होइन ठूलै थियो।'

शैलेश आचार्यको निर्देशन रहेको 'खग्रास'मा सुनिलले माओवादीद्वारा मारिएका मुक्तिनाथ अधिकारीको भूमिका निर्वाह गरेका छन्। लम्जुङको पद्मिनी संस्कृति माध्यमिक विद्यालयका प्रधानाध्यापक मुक्तिनाथलाई माओवादीले २०५८ सालमा रुखमा बाँधेर गोली हानी मारेको थियो। फिल्ममा यो दृश्य जम्मा एकदेखि डेढ मिनेटको रहनेछ। सुनिललाई रुखमा बाँधेर यही दृश्यको सुटिङ गर्दा दुर्घटना भएको हो।

तिहारअघि भक्तपुर खरिपाटीमा गरिएको सुटिङमा सुनिलको घाँटी मफलरले बाँधिएको थियो। 'गाँठो अलि कस्सिलो रहेछ, खुट्टा चिप्लिएर लडेँ,' सुनिलले भने, 'म दुई मिनेट बेहोश भएछु।'

सुटिङ युनिटले सुनिललाई पानी खुवाएर ब्युँझाएको थियो। त्यसपछि बाँकी भएको काम सिध्याई सुनिलले आराम गरेका थिए। सुटिङकै क्रममा रहेको फिल्मका उनी कास्टिङ डाइरेक्टर पनि हुन्।

प्रतिक्रियाहरू (5)Add Comment
... कम लोकप्रिय प्रतिक्रिया [हेर्नुस्]
... कम लोकप्रिय प्रतिक्रिया [हेर्नुस्]
0
kamal
November 09, 2010
113.199.161.225
भोट: +34
...

maobadi ko kartut ko barema rahe6. Ak patak hernai parla.kati nirdayi rahe6n maobadi thaha lag6.

0
D.P. Upadhaya
November 10, 2010
202.70.78.129
भोट: +6
...

Art Art Nai ho, Bibad ma Lyaunu hudaina Badal Jee, Sunil Dai accident bata Bachnu vo tyo thulo kura ho thank god.

0
bigyan sharma
November 13, 2010
113.199.183.145
भोट: +1
...

flim ko suting ma natak garda ta sunil dai lai tyati pida bhayacha,bichara Muktinath sir lai hatyara maobadi haru la sachikai marda kati pida bhayo hola..............sabbai nepali haru la manan garau.
krinti ko jasto rup bhaya pani hatya,markat,bidagsa garna kam lai yatihas la rajniti matra ho bhanyara chup lagdaina,yo aaparad nai ho,hattyara yakta nai kaam ho............

प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


From Republica

new-traveld