Error
  • Error loading feed data.

'राजेशको मेकअप १० मिनेट'

smaller text tool iconmedium text tool iconlarger text tool icon

काठमाडौं, कात्तिक २४ (नागरिक) - फिल्म 'ग्याम्बलर'को टोली अभिनेता राजेश हमालको पर्खाइमा छ। 'आउटडोर' र 'इन्डोर' सुटिङ एकैदिन सकाउने योजना छ निर्देशक रमेश बुढाथोकीको। अन्तिम दिनको सुटिङ आफ्नै घर मण्डिखाटारमा राखेका छन् उनले। तर, घाम डुब्नै लाग्दा पनि राजेश नआउँदा उनी तनावमा छन्।

राजेश आएपछिको पहिलो काम थियो मेकअपम्यान अशोक रोक्काको। आउने बित्तिकै शृंगारमा जुटेका राजेश छिट्टै तयार भए, करिब १० मिनेटमा। हिरोइन कल्पना शाहीसँगको दृश्य खिच्न थाल्यो फिल्म युनिट। मेकअपम्यान रोक्कालाई भने केही फुर्सद मिल्यो। यही समयमा उनले सुनाए राजेशको मेकअप कथा :

राजेश हमालको मेकअपबाटै मैले यो पेशा सुरु गरेको हुँ। 'ज्वाला' फिल्ममा पहिलोपटक सँगै काम गरेको हुँ। २० वर्ष भयो होला यो क्रम जारी छ। मैले सबभन्दा धेरै मेकअप गरेको कलाकार पनि उहाँ नै हुन्।

यो 'ग्याम्बलर' फिल्मपछि 'दुलही'मा पनि उहाँसँग काम गर्दैछु। नयाँ हिरो छँदा उहाँलाई सिंगार्न थालेको 'सुपरस्टार' भइसक्दा पनि सहकार्य टुटेको छैन। निकै रमाइलो लाग्छ।
उहाँलाई मेकअप गर्न धरै समय लाग्दैन। करिब १० मिनेटमा सबै काम सकिन्छ। यति ठूलो कलाकार भएर पनि काममा कहिल्यै किचकिच गरेको पाएको छैन। हामीले भयो भनेपछि उहाँलाई पुग्छ। यसोउसो भनेर काममा गुनासो गरेको कहिल्यै सुनेको छैन। साह्रै सजिला मान्छे हुनुहुन्छ उहाँ। उनलाई ब्ल्याक टोनको मेकअप सुहाउँछ। म महँगो रकम तिरेर भए पनि भारतबाट सक्कली सामान मगाउँछु। त्यसैले कसैलाई पनि एलर्जी भएको पाएको छैन। राजेश दाइलाई पनि मेरो सामानको भर लाग्छ।


हुन त मेकअप नगर्दा पनि उहाँको अनुहार त्यस्तो फरक देखिँदैन। तर, अनुहारको छाला नेपाली कागज जस्तो नरम भएकोले हल्का छुँदा पनि दाग देखिन्छ। त्यसबाट जोगाउन र क्यामेरामा राम्रो देखाउन बिना मेकअप सुटिङ गरिँदैन।


जहिलेदेखि काम सुरु भयो त्यो बेलादेखि नै उहाँलाई एकनास व्यस्त पाएको छु। म यस अर्थमा भाग्यमानी छु कि मेकअप गर्दाको १० मिनेट मजाले गफ गर्न पाउँछु। उहाँको धेरै गफ गर्ने बानी छैन। फेरि सबै युनिट पर्खिरहेका हुन्छन्। यस्तो बेलामा धेरै अलमल गर्ने कुरा पनि भएन। फटाफट काम सकाउनै हतार हुन्छ। तैपनि बेलाबेला रमाइला जोक्स सुनाएर हँसाउनुहुन्छ।

उहाँलाई फरक हुलियामा देखाउन खासै सकिएको छैन। तर यसमा मेरो मात्र दोष छैन। निर्देशकहरूले नै यस्तो प्रयास नगरेका हुन्। फरक गर्दा झन् बिग्रिएला भन्ने डरले पो हो कि! मलाई त राजेश दाइसँग सल्लाह गरेर काम गर्ने समय पनि हुँदैन। निर्देशकले भने बमोजिम हुलिया दिने हो। अरू जेजस्तो भए पनि उनलाई जुँगा राखेको भने एकदमै नसुहाएको जस्तो लाग्छ।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


From Republica

new-traveld