Error
  • Error loading feed data.

राउटेले अस्वीकार गरे कोमल वलीको प्रस्ताव

smaller text tool iconmedium text tool iconlarger text tool icon

कलेन्द्र सेजुवाल, सुर्खेत, मंसिर १८- पोइल जान पाम... पाम भन्ने गीत गाउन सुर्खेत आइपुगेकी कोमल वलीले राखेको विवाह प्रस्ताव राउटे युवाले अस्वीकार गरिदिएका छन्। 'म तिमीसँग जान्छु लाने हो?' मञ्चमा भेटिएका राउटे युवा प्रकाश शाहीलाई वलीले सोधेकी थिइन्। एकाएक आएको विवाह प्रस्तावले राउटे प्रकाश शाही अलमल्ल परे। तर उनले अविवाहित गायिकाको विवाह प्रस्ताव स्वीकारेनन्। बरु चुपचाप लागेर आफ्ना अरु सहकर्मीसँगै लसुक्क मञ्चबाट बाहिरिए।


मध्यपश्चिमाञ्चल क्षेत्रीय महोत्सवको अवसरमा काठमाडौंबाट आएकी वली र सल्यानको कालीमाटी जंगलबाट आएका शाहीबीच एउटा समानता थियो- अविवाहित अवस्था। तर त्यसलाई व्यक्त गर्ने सामाजिक संस्कारमा उनीहरुबीच असमानताको गहिरो खाडल देखियो। ओलीले हजारौँ दर्शकसामु 'मनमा आँट भाको, गोजीमा गाँठ भाको' झ्वाँक तन्नेरी खोज्दै गर्दा शाहीले भने कोमलको सँगै जाने प्रस्तावलाई प्रतिक्रियासमेत दिन सकेनन्।

प्रकाशको मुहारमा 'कोमल साँच्चिकै आफूसँग गइन् भने के गर्ने होला?' भन्दा पनि सामाजिक संस्कार उलंघन हुने हो कि भन्ने चिन्ता बढी देखिन्थ्यो। मञ्चबाट झरेपछि उनले नागरिन्युजसँग भने, 'हामी त विवाह आफ्नैसँग गर्छौँ, जो पायो त्यहीसँग गर्दनौँ।' उनले विवाहबारे आफ्नो मुखियाको अनुमतिबिना कुरा गर्न नमिल्ने पनि बताए।

कार्यक्रममा कोमल र प्रकाशले आआफ्नो कलासंस्कृति भने मज्जाले प्रस्तुत गरे। प्रकाशले आफ्नो समुदायका सदस्यसँगै वैशाली नाच देखाए। कोमलले पनि 'पोइला जान पाउँ, तुलसीपुरमा म जाँदा खेरी, झ्वाँक तन्नेरी' लगायतका चर्चित गीतले हजारौँ दर्शकहरुको ध्यान आफूतिर खिचिन्।

प्रतिक्रियाहरू (12)Add Comment
0
shanker
December 05, 2010
113.199.232.139
भोट: +7
...

मलाई त्यस्तो प्रस्ताव गरे पनि त हुन्थ्यो नि।

0
santos
December 05, 2010
113.199.155.106
भोट: +10
...

इज्जत गर्न सिक्नु परो कोमलजी।

0
madhab
December 05, 2010
64.229.229.129
भोट: +4
...

म पनि अविवाहित नै हुँ कोम्लजी।

0
Raksha
December 05, 2010
113.199.201.44
भोट: +13
...

कोमल तिमीले प्रकाशको खिल्ली उडाएर कुनै फाइदा छैन।

0
saral
December 05, 2010
124.41.203.228
भोट: +11
...

कोमल ओलीले के राउटे प्रकाशलाई जंगली भनेर खिल्ली उडाएको हो कि?कि साँच्चिकै विहे पो गर्न खोजेका हुन्? अलि कुरा बुझिएन।

0
रामकुमार बिमली, बिर्तामोड,झापा
December 05, 2010
69.73.32.250
भोट: +20
...

पोइल जान पाम भनेर जति कराए पनि कतै कोही नपाएर आखारिमा राउटेले त लैजाला भन्ठानेकी कोमल ओलीजीलाई राउटेको पनि स्वाभिमान छ, उनीहरुको पनि एउटा नियम र दायरा होला भन्ने लागेको रहेनछ | उनीहरुको घर समाजको दायरालाई कम ठानेकी ओलीलाई साँच्चिकै राउटे भाइले 'ल हिँड, तो मेरो जहान भयो' भनेको भए- होइन म त जिस्केकी पो त! भन्थिन कि अबचाहिँ यो मौका छोड्नु हुन्न भनेर राउटे भाइसँग घरबार गर्थिन्?

0
Badri Khanal
December 05, 2010
113.199.202.83
भोट: +3
...

कोमल ओलीलाई त जोडी मिल्थ्यो। हा हा हा हा......

0
Rajendra Thapa
December 05, 2010
202.70.77.194
भोट: +0
...

विहे नगर्नु कारण के रहेछ कोमलजी?

0
Tulash
December 06, 2010
77.100.200.187
भोट: +4
...

For God sake men!!! This is simply a light hearted joke by Komal Oli, What a big deal? Why do we all, suddenly become so serious with just that? I am not Komal's great fan, but she is just having laugh. What's wrong with that?

0
amar pokhrel
December 06, 2010
113.199.249.77
भोट: +0
...

म छु नि कोमलजी।

0
Raju
December 08, 2010
124.41.254.235
भोट: +1
...

केही होइन के
वास्तवमा उमेरमा विहे नभएपछि पट्टिएको मात्रै हो
मनको कुन्ठा ठाउँ भेटाउ व्यक्त भएको मात्रै हो
जसको उमेर छ त्यसले यति हल्कारूपमा विहेलाई लिँदैन
जसको भइसक्यो उसलाई मतलबै छैन।

0
Prem
December 09, 2010
81.107.32.15
भोट: -1
...

कोमल म तिम्रो संसारकै ठूलो फ्यान हुँ। मसँग विहे गर्ने हो?

प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


From Republica

new-traveld