
'फूल' फिल्मको सुटिङ सिध्याएर घर बसियो। यो दिन भाइ रूपेशसँग दिउँसोभर कुुराकानी भयो। धेरैपछि घरमा पारिवारिक भेटघाट चल्यो। पारिवारिक जमघट रमाइलो लाग्छ। साँझतिर भाईबहिनीसँग घरैमा केहीबेर हल्का खेल खेलेँ।
सोमबार (१३ मंसिर)
करिब साढे ६ बजे उठेँ। त्यसपछि आधा घन्टा योगा गरेर नास्ता गरेँ। दिउँसो भाउजुसँग अस्पताल गएँ। भाउजुको शरीरमा समस्या भएकोले साथी गइदिएको हुँ। त्यसपछि नयाँ फिल्म 'प्रीतिको फूल'को लागि डे्रस फाइनल गर्न म, नृत्य निर्देशक र निर्देशक डिजाइनर निरा रानालाई भेट्न गयौँ।
मंगलबार (१४ मंसिर)
दिउँसो बागबजारस्थित डान्स सेन्टरमा डान्स सिक्न गएँ। आगामी नयाँ वर्षको दिन कतारमा हुने कार्यक्रमका लागि प्रशिक्षण लिँदैछु। सँाझ मेरो साथी सुनीसँग घरैमा गफगाफ भयो।
बुधबार (१५ मंसिर)
योगा सिध्याएर केहीबेर फिल्म हेरेँ। घरमै नेपाली फिल्मको गीत र फिल्म हेरेर दिन बित्यो। ओशोको 'म्युचियालिटी' पुस्तक पढँे।
बिहीबार (१६ मंसिर)
घरैमा बसेर घाम तापे। विवेकानन्दको 'सफलताको शास्त्र, भाग २ ' किताब पल्टाएँ। आध्यात्मिक पुस्तक मनपर्छ मलाई।
शुक्रबार(१७ मंसिर)
नेपाली फिल्म 'हाँसिदेऊ एकफेर'को प्रिमिरयर शोमा सहभागी भएँ। कथाको हिसाबमा फिल्म उत्कृष्ट लाग्यो। फिल्मी साथीभाइसँग भेटघाट भयो।
शनिबार (१८ मंसिर)
कतारमा हुने कार्यक्रमको कार्यसूची तयार गरेँ। गीतहरू फाइनल गरियो। त्यसपछि दिउँसो ममीसँग न्युरोडमा सपिङ गएँ। एक साताको लागि नियमित सपिङमा गएकी हुँ। मैले ज्याकेट किनेँ। घरायसी सरसामानको किनमेल पनि गर्यौँ।

The piece of entertainment is the worst ever published in the Nagarik news. This type of colour piece does not make any sense in entertainment journalism. I wish the editors should not repeat such uncommon mistakes in the days to come. Gatekeeping is one of the most important part of journalism, which is lacking in this page.