Error
  • Error loading feed data.

'क्या दामी'पछि 'फाटेको मन'

smaller text tool iconmedium text tool iconlarger text tool icon
काठमाडौं, मंसिर २१ (नागरिक) - गायक शिव परियारले संगीत दिएको एल्बम 'फाटेको मन' सार्वजनिक गरिएको छ। राजधानीको म्युजिक नेपालमा सोमबार आयोजित कार्यक्रममा संगीतकर्मी रामशरण दर्नालले एल्बम विमोचन गरेका हुन्।

एल्बम विमोचनपछि दर्नालले शास्त्रीय संगीतको अध्ययन गरेको हुनाले परियारका गीतबाट आशावादी रहेको बताए। 'संगीतमा शास्त्र र सिद्धान्तको वास्ता नगर्ने धेरै छन्। तर, शिव शास्त्रीय संगीतलाई आधार बनाएर आएका गायक हुन्,' दर्नालले भने।


मणिराज बस्नेतको शब्द रहेको एल्बममा 'फाटेको मन', 'हरेक साँझ', 'एउटा साथी', 'किन आज', 'धेरै भयो' र 'निष्ठुरीलाई' बोलका ६ वटा गीत छन्। जसमा स्वरुपराज आचार्य, धर्मेन्द्र सेवान र संगीतकार परियारले स्वर दिएका छन्। गीतका म्युजिक भिडियो समेत निर्माण भएको जानकारी दिँदै गायक तथा संगीतकार परियारले छिट्टै सार्वजनिक गरिने बताए।

परियारको 'कादम्बिनी' र 'क्या दामी'को उत्पादक म्युजिक नेपालले नै 'फाटेको मन' बजारमा ल्याएको हो।

प्रतिक्रियाहरू (2)Add Comment
0
alb
December 07, 2010
113.199.229.36
भोट: +3
...

गाउन त ठीकै गाउँछन्। गेटअपमा पनि ध्यान दिनु परो गायक महोदय।

0
pradip paudel
December 10, 2010
122.162.136.223
भोट: +0
...

getup ramro chaina

प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


From Republica

new-traveld