Nepal Republic Media Pvt. Ltd.

Wednesday
Dec 11th
Error
  • Error loading feed data.

अन्तर्वार्ता

चिनियाँ नेतासँग कुराकानी हुनु स्वभाविक हो

चिनियाँ नेतासँग कुराकानी हुनु स्वभाविक हो पार्टीको विस्तारित बैठक र संविधानसभा कार्यदलको काम स्थगित गरी सांघाई वर्ल्ड एक्स्पो आएका एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल आइतबार चिनियाँ नेताहरू भेट्न बेइजिङ पुगेका छन्। सांघाईमै पनि उनले राजनीतिक भेटघाट गरेका थिए। आइतबार बेइजिङ जानुअघि दाहालसँग सांघाईको सिजिओ स्टेट गेस्ट होटलमा नागरिक विशेष संवाददाता पूर्ण बस्नेतले गरेको कुराकानी :

संविधानसभा कार्यदलको बैठकै स्थगित गरेर चीन आउनुको उद्देश्य एक्स्पोभन्दा पनि राजनीतिक होइन र?

यो सत्य होइन। विश्वका धेरै नेतामध्ये मलाई पनि सांघाई एक्स्पोका तर्फबाट छानिएको र मेरो सन्देश धेरै पहिलेदेखि प्रचार गरिएकाले एकचोटि म आउनु नै थियो, ढिलो भएको मात्रै हो। त्यसैले चीन आउनुको मुख्य उद्देश्य राजनीतिक होइन। एक्स्पो समापन नजिकिएकाले प्राथमिकता दिएर आएको हुँ।


संविधानसभा कार्यदलका पाँचवटा बैठक गरेँ। त्यहाँ राम्रोसँग छलफल भएको छ। तर, त्यो ७-८ गतेसम्म सकिने भन्ने होइन। त्यसका लागि केही समय आवश्यक पर्छ। यताबाट गएर गति दिने हो। कार्यदल गठन हुने बेलामै सभामुखसँग मेरो चीन जाने कार्यक्रम छ, कार्यदलको संयोजकमा बसेर चीन गयो भनेर प्रश्न उठ्छ भनेर बस्दिन भनेकै थिएँ। तर, सभामुख र अन्य दलका नेताहरूले पनि केही फरक पर्दैन भनेपछि संयोजक बसेको हुँ। फर्केपछि मेरो जिम्मेवारी पूरा गर्छु।

सांघाईमै चिनियाँ अधिकारीहरूसँगको बैठकलाई राजनीतिक नभनेर के भन्ने?
चीन आएका बेला नेपालको शान्ति र संविधान निर्माण प्रक्रिया तथा विकास-निर्माणका सन्दर्भमा सम्भव भएसम्म चिनियाँ नेताहसँग कुराकानी हुनु स्वाभाविक हो। शनिबार पनि चिनियाँ कम्युनिस्ट पार्टीका सांघाई नगर कमिटीका नेताहरूसँग कुराकानी भयो। बेइजिङबाट आएका सहायकमन्त्रीसँग पनि लगातार कुरा भइरहेको छ। बेइजिङमा पनि केही नेताहरूसँग कुराकानी हुन्छ। तर, यसपटक उच्च तहको भेटघाट राखिएको छैन।

शान्ति प्रक्रियाले पुनः गति लिन थालेको हो?
शान्ति प्रक्रिया ट्रयाकमा आउन लागेको भन्न त गाह्रो छ। तर, ट्रयाकमा आउनुको विकल्प छैन। पार्टीहरूलाई विस्तारै त्यो महसुस हुन थालेको छ। मुख्य पार्टीहरूसँग प्याकेजमा छलफल गरेर सहमति गर्ने तय भएको छ। विभिन्न तहमा छलफलको प्रक्रिया सुरु पनि भएको छ, फर्केपछि एउटा टुंगोमा पुर्‍याउने गरी त्यो अगाडि बढ्छ।

सबै कुरा सरकारमै अड्कियो, होइन?
मैले बुझेसम्म राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय समुदायले के अनुभव गरेका छन् भने माओवादीलाई अलग राखेर, सबैभन्दा ठूलो दललाई नेतृत्व नदिएर नेपालको शान्ति प्रक्रिया निष्कर्षमा पुग्दैन र संविधान पनि बन्दैन। पार्टीहरू र अन्तर्राष्ट्रिय समुदायलाई हामीले माओवादी नेतृत्वको सरकारको कुनै विकल्प छ भन्ने हामीलाई लाग्दैन भनेका छौँ। एमाले वा नेपाली कांग्रेसका पक्षमा सहमति भयो भने हामीलाई आपत्ति चाहिँ हुँदैन। अहिलेको अवस्थामा माओवादीको नेतृत्वबिना शान्ति प्रक्रिया टुंगिन्छ, संविधान लेखिन्छ भन्ने ठान्नु लोकतन्त्रविरोधी कुरा हो। प्रत्यक्ष निर्वाचनमा बहुमत ल्याएको र सबैभन्दा ठूलो पार्टीलाई कमजोर पार्ने डिजाइन लोकतन्त्रविरोधी, निरंकुश, तानाशाही र अराजकता हो।
माओवादीको नेतृत्वमा बन्ने राष्ट्रिय सरकार मात्र सबैभन्दा लोकतान्त्रिक र स्वाभाविक हुन्छ। शान्ति प्रक्रियाको प्रमुख हिस्सा हुनुको नाताले यसलाई टुंग्याउन माओवादीलाई जति सजिलो हुन्छ, अरुलाई हुँदैन। त्यसकारण सहमति लोकतान्त्रिक मान्यता र जनताको भावना र अभिमतअनुसार हुनुपर्छ। जनताको अभिमत बाहिर गएर सहमति खोजिन्छ भने, दालमा केही कालो छ भन्ने हुन्छ र त्यसले आशंका, अविश्वास र गतिरोध बनिराख्ने खतरा हुन्छ।

अझै कति महिना वा वर्ष कुर्नु पर्ला सहमतिका लागि?
पुससम्म अनमिनको समय थपिएको छ र यो अन्तिम पटक भनिएको छ। अनमिन गएपछि नेपालमा अझ धेरै राजनीतिक अन्योल र आशंका बढ्छ। त्यसैले अनमिन छँदै सहमति गरेर शान्ति प्रक्रिया टुंग्याउने र संविधान लेख्ने कुरामा गुणात्मक ढंगले अगाडि बढ्नु जरुरी छ। तिहारलगत्तै टुंगोमा नपुर्‍याई सुखै छैन। छलफल टुंगोमा नपुर्‍याउनुको अर्थ फेरि द्वन्द्वमा जानु हो।

शान्ति प्रक्रिया निष्कर्षमा नपुग्दै अनमिनलाई फर्काउने सहमति कसरी भयो?
त्यसमा हाम्रो सहमति होइन। हामीले अन्तिम पटक नभनौँ, शान्ति प्रक्रिया टुंग्याउने गरी ६ महिना थपौँ, टुङि्गएन भने त्यसैबेला सोचौँला भनेका थियौं। तर प्रधानमन्त्रीले राष्ट्रसंघलाई चिठ्ठी लेखिसकेकाले फेरि अर्को निर्णय गर्दा विश्वसनप्यता खत्तम हुन्छ भने, त्यसपछि हामीले लेख्ने चिठ्ठीमा अन्तिम पटक भन्दैनौँ भन्यौँ। त्यहीअनुसार सरकारले अन्तिम पटक भन्यो, हामीले लेखेको चिठ्ठीमा भन्या छैनौँ। सहमति त्यही हो।

तिहारलगत्तै सहमति भएन भने अनमिन पनि फर्किन्छ अनि द्वन्द्व सुरु हुन्छ?
द्वन्द्वमा गइहाल्छ जस्तो मलाई लाग्दैन। द्वन्द्व अहिलेको आवश्यकता होइन, त्यसले देशलाई दुर्घटनामा लैजाने बाहेक केही गर्दैन। त्यसैले द्वन्द्वमा नै जाला भन्ने लाग्दैन। कसैले उक्सायो भन्दैमा हाम्रा नेताहरू त्यत्ति विवेकहीन छन् जस्तो मलाई लाग्दैन। अनमिन नहुनेबित्तिकै देश द्वन्द्वतिर गइहाल्छ भन्ठान्नु नेपाली नेता र बुद्धिजीवीहरूको क्षमतामाथि औँला ठड्याउनु हुन्छ। म त्यति तलबाट शंका गर्न चाहन्न।
अनमिन नहुनेबित्तिकै खत्तम नै हुन्छ, फेरि लडाइँ सुरु भइहाल्छ भन्ने होइन। जबसम्म शान्ति सम्झौता कायम रहन्छ, संविधानसभाको प्रक्रियाबाट संविधान निर्माण गर्ने कुरामा प्रतिवद्धता कायम रहन्छ र दलहरूबीच नेपालको अहिलेको आवश्यकता द्वन्द्व होइन, शान्ति र स्थिरता नै हो भन्ने चेतना रहिरहन्छ, तबसम्म अनमिन भए पनि नभए पनि शान्ति प्रक्रिया जारी रहन्छ।

दक्षिणतिरको शक्तिको आलोचनासँगै तपाईंले प्रत्यक्ष परोक्ष वार्ता पनि गरिरहनुभएको छ, राजनीतिक गतिरोध फुकाउनेमा त्यो किन निर्णायक भइरहेको छैन?
अहिले म यस विषयमा धेरै टिप्पणी गर्न चाहन्न। नेपालमा जे भइरहेको छ, त्यो बच्चा-बच्चालाई थाहा छ। नेपालको प्रधानमन्त्री चुनिन कसले रोकेको छ, पत्रपत्रिकाको स्वतन्त्रतामाथि ठाड्ठाडै हमला कसले गरेको छ, निर्वाचित हुनै लागेको प्रधानमन्त्रीलाई रोक्न खुलेआम दौडादौड गरेर, सभासद्लाई मार्छौँ, लास गायब पार्छौँ भनेर धम्की कहाँबाट आउँछ भन्ने कुरा अब नेपालका तीन करोड जनतालाई राम्रोसँग थाहा छ। यो कुरा लुकेको छैन। त्यसैले मैले धेरै भनिराख्नु पर्दैन। भरखर (प्रधानमन्त्रीबाट) राजीनामा दिएको बेला धेरै भन्नुपर्छ भन्ने लाग्थ्यो, अहिले त्यस्तो लाग्दैन।

अब यो स्थितिको अन्त कसरी गर्ने र एउटा स्वतन्त्र, सार्वभौम सम्पन्न, आफ्नो फैसला आफै गर्ने अधिकारले सुसज्जित नेपाल बनाउने र छिमेकीसँग राम्रो सम्बन्ध कसरी विकास गर्ने भन्ने नेपाली जनता र हामी सबैको चिन्ता हो। अहिले भारतमा पनि त्यहाँका बुद्धिजीवी र थुप्रै नेताहरूको तहमा अहिलेको तरिका ठीक छैन, नेपालमा सकारात्मक तरिकाले शान्ति, स्थिरता र समृद्धिका लागि सहयोग गर्नुपर्छ भन्ने कुरा उठिरहेकाले अन्नतः यो स्थितिको अन्त्य हुन्छ र नयाँ प्रक्रिया थालनी हुन्छ भन्ने लाग्छ।

नेपालको सन्दर्भमा चीन, भारत र नेपालबीच रणनीतिक समझदारी हुनुपर्छ भनेर तपाईंले कतै भन्नु भएको थियो, कुन सन्दर्भमा हो?

प्रधानमन्त्रीबाट राजीनामा दिएको केही समयपछि चिनियाँ र भारतीय नेताहरूसँग कुरा गर्दा अन्ततः तीन देशका बीचमा रणनीतिक समझदारी नहुने हो भने एउटाको स्थितिको असर अर्कोलाई प्रत्यक्ष रुपमा पर्न जान्छ भनेर राखेको थिएँ। अहिले पनि त्यस्तो समझदारीको आवश्यकता छ। चीन र भारत दुवै विशाल छिमेकी हुन् र दुवैतिर तीव्र रुपले आर्थिक प्रगति भइरहेको छ। नेपाल अलि सानो र गरिब भए पनि ती दुई ठूला देशको बीचमा हुनुको नाताले यसको रणनीतिक उपस्थिति ठूलो छ। त्यसैले क्षेत्रीय शान्ति, छिमेकीसँग सुमधुर सम्बन्ध विकास र सन्तुलित ढंगले आर्थिक विकासलाई अगाडि बढाउने दृष्टिकोणले सोचविचार गरेर रणनीतिक समझदारीको प्रस्ताव गरिएको हो। शान्ति, स्थिरता र विकासका निम्ति चीन, भारत र नेपालको बीचमा एउटा साझा रणनीतिक समझदारी आवश्यक छ।

माओवादी चीनतिर ढल्किएको आरोप आइरहेका बेला भारतले यो कुरा स्वीकार गर्ला?
हामी गरिब देशको पार्टीको नेताले भनेको कुरालाई त्यत्ति महŒव नदिने प्रवृत्ति पनि हुनसक्छ। तर, नेपालले इतिहासका गम्भीर कालखण्डमा दुई ठूला छिमेकीको सम्बन्ध सुमधुर बनाउनका निम्ति र विश्वमै शान्ति र स्थिरता कायम गर्नका निम्ति पनि भूमिका खेल्दै आएको छ। परापूर्व कालमा जानकीदेखि पछिल्लो कालमा बुद्धको भूमिकाको कुरा सबैलाई थाहा भएकै हो। जानकीले भारतमा गएर कस्तो संस्कृति फैलाइन्, भृकुटी र अरनिकोले चीनमा आएर के गरे भन्ने पनि सबैलाई थाहै छ। त्यसैले सानो, गरिब भनेर नेपाललाई हेपियो भने त्यो विवेकहीन र अदूरदर्शी हुन्छ।

हामी कतैतिर ढल्केको भन्ने कुरा सही होइन। प्रधानमन्त्रीका रुपमा मैले चीन र भारतको भ्रमण गर्दा दुइटा छिमेकीको सहयोगबिना नेपालको विकास सम्भव छैन भन्दै चीनसँग तिब्बत रेलमार्ग र भारतसँग पूर्व पश्चिम रेलमार्गको कुरा गरेको थिएँ। दुवै देशको क्षमता र सम्भावनालाई विचार गरेर हामीले रणनीति तय गर्ने हो। जलविद्युत्का सन्दर्भमा पनि केही ठूला आयोजनाहरूमा भारतसँग समझदारी बनाउनैपर्छ। भारतसँग समझदारी नगरी हामीले उत्पादन गर्ने विद्युत् बेच्न सक्दैनौँ। केही जलविद्युत् परियोजना चीनले गर्न सक्ने अवस्था छ भने उसलाई पनि किन नदिने भन्ने हो। युरोप, अमेरिकासँग पनि मिलेर हामीले विकास गर्नुपर्छ। एउटै देशसँगको निर्भरताले हामीलाई बलियो होइन, कमजोर बनाउँछ।
हिजोको परिस्थितिमा भारतसँग एक खालको निर्भरता थियो होला तर अहिले बदलिएको परिस्थितिमा एक देशसँग आर्थिक, राजनीतिक, साँस्कृतिक सबै निर्भरता सम्बन्धित मुलुकको हितमा हुँदैन। यो कुरा विश्व स्तरमा नै प्रमाणित भइसक्यो। त्यसैले हामीले सबैसँग सम्बन्ध राख्नुपर्छ तर छिमेकीलाई विशेष महŒव दिएर सुमधुर सम्बन्ध गर्ने नीतिबाट जानुपर्छ।

तपाईंले यहीँ सांघाईकै एउटा अन्तर्त्रि्कयामा पनि चिनियाँ नेता देङ सियाओपिङको आर्थिक नीति अध्ययन गरिरहेको चर्चा गर्नुभयो, नेपालमा चिनियाँ मोडल तान्ने तयारी हो?
अहिलेको परिस्थितिमा हामीले यान्त्रिक र जड तरिकाले सिद्धान्तलाई पक्डनु हुँदैन। त्यसलाई गतिशील रुपमा विकासको प्रक्रियामा बुझ्नु पर्छ। त्यसै सन्दर्भमा मैले चीनको आर्थिक विकासको स्थिति, जीवनस्तरमा भइरहेको प्रगति सबै हेर्दा (देङको आर्थिक नीतिबाट) प्रभावित छौँ र यसबाट सिक्नु पर्ने कुरा धेरै छ भनेको हुँ। देङले जुन खुलापन र सुधारको नीति ल्याए, त्यसमा हामी गम्भीर अध्ययन गर्दैछौँ। हामीले अहिले नै देङको आर्थिक विकासको सिद्धान्त अंगिकार गरिसक्यौँ भन्ने होइन, तर यसको सकारात्मक पक्षबाट सिक्न चाहन्छौँ।

अहिले माओवादीभित्र चलिरहेको छलफलमा यो विषय पनि पर्छ?
हाम्रो पार्टीमा अहिले भइरहेको बहस अर्कै ठाउँमा हो। राष्ट्रिय स्वाधीनता पहिले हो कि आर्थिक विकास भन्ने विषय आउँदा यो कुरा पनि छलफलमा आउँछ। अहिलेको हाम्रो छलफल कुन तरिकाबाट नेपालको राजनीतिक क्रान्तिलाई पूर्णता दिन सकिन्छ भन्ने हो। कस्तो रणनीति र कार्यनीतिबाट अहिलेको गतिरोधलाई तोड्न सकिन्छ भन्ने बहसमा हामी केन्द्रित छौँ।

विद्रोह तत्कालै गर्ने कि पछि गर्ने भन्ने हो?
विषय त्यति सरल भएको भए एकैछिनमा हल हुन्थ्यो। हामी सबैभन्दा ठूलो पार्टी हुनुको नाताले, हाम्रा एजेन्डा स्थापित भएको नाताले अझ बढी गम्भीर र जिम्मेवारी साथ देशलाई सम्हाल्ने ढंगले सोच्नुपर्छ। के गर्दा सम्हालिन्छ र अगाडि जान्छ भन्ने नै हाम्रो छलफलको मुद्दा हो। बाहिर प्रचार भएजस्तो मेलो न मेसो तुरुन्तै विद्रोह गर्ने भन्ने पार्टीमा कसैको मत छैन।

माओवादीको आडमा पूर्व राजाले गतिविधि बढाएको कतिपयको अनुमान छ, कुनै नयाँ समीकरण बन्न लागेको हो?
माओवादीको कारणले पूर्व राजाको गतिविधि बढ्यो भन्ने गलत कुरा हो। डेढ वर्ष पहिले जे परिस्थिति र कारण माओवादी नेतृत्वको सरकार हट्ने परिस्थिति बन्यो, त्यही बेलादेखि नै नेपालको राजनीति असहज बाटोतिर गयो। त्यस कारण जनतामा छाएको निराशा र सरकारले जसरी नकारात्मक काम गर्दै गयो, त्यसै कारण पूर्व राजालाई जनताले अलिकति महŒव दिएको देखिएको मात्र हो। फेरि पूर्व राजाको त्यो कुनै संगठन होइन र उनीप्रति जनताको निकै आकर्षण बढ्यो भन्ने पनि लाग्दैन। पूर्वराजा भनेपछि मानिसहरू हेर्न पनि आउँछन्। यसलाई जनता सचेत र संगठित ढंगले आएको भनेर बुझ्नु गलत हुन्छ।

नीति तथा कार्यक्रम बिना भए पनि बजेट आउँछ

चालु आर्थिक वर्षको बजेट ल्याउन ढिलाइ भएको तीन महिना नाघिसकेको छ। चौंथो महिना कात्तिक लाग्दा पनि बजेट ल्याउने दिनको टुङो छैन। योसहित तेस्रो वर्ष लगातार समयमा बजेट आउन सकेको छैन। यसले समग्र अर्थतन्त्र प्रभावित भएको छ। यसको क्षतिपूर्ति गर्न सकिने छैन। सरकार बनाउने विवादसँगै बजेटलाई जोडेर राजनीतिक दलहरुबीच सहमति जुटन सकेको छैन। तैपनि कात्तिक भित्रै बजेट ल्याउने गृहकार्यमा लागेका छन् अर्थमन्त्री सुरेन्द्र पाण्डे।

राष्ट्रपतिबाट प्रस्तुत हुने नीति तथा कार्यक्रम नल्याएर भए पनि सहमति खोज्ने पक्षमा छन् उनी। पाण्डेसँग नागरिकका नारायण सापकोटाले गरेको कुराकानी।

विस्तृतमा

फेरि नागरिकता बाँड्ने हो भने देश फिजी बन्छ

चित्रबहादुर केसी, राजमो अध्यक्षसित फोटोसहितको मतदाता नामावली संकलनबारे कुराकानी।

२५ दल बैठकको एजेन्डा के थियो?

- बजेट र मधेसमा फोटोसहित मतदाता नामावली संकलनमा आएको अवरोधबारे छलफल गर्न बोलाइएको हो।

विस्तृतमा

'नेपालमा जस्तो लोकतान्त्रिक अभ्यास थोरै देशमा हुन्छ'

कांग्रेसको महाधिवेशनमा शुभकामना दिन आएका भारतको प्रमुख विपक्षी दल भारतीय जनता पार्टीका राष्ट्रिय उपाध्यक्ष एवं सुदुर पश्चिमसँग जोडिएको भारत उत्तराखन्ड राज्यका पुर्व मुख्य मन्त्री भगत सिंह कौश्यारी चार दिन देखि कठमाडौंमा छन्। नेपाल बसाईमा आफु उत्तराखण्डकै कुनै भु-भागमा बसेको अनुभव गरिरहेको बताउने कौश्यारीले राष्ट्रपति लगायत विभिन्न दलका नेतासंग भेटघाट गरिसकेका छन्। नेपाल जस्तो स्रोत साधनले धनी राष्ट्रको स्वर्णिम भविष्य दखेको बताउने उनले नागरिककर्मी श्याम भट्टसँग गरेको कुराकानी।
विस्तृतमा

सैद्धान्तिक अडान लिने नेता चाहिएको छः प्रकाशमान सिंह

जारी महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार तथा नेपाली कांग्रेसका वर्तमान उपसभापति प्रकाशमान सिंहसँगको अन्तर्वार्ता-

महामन्त्रीको उम्मेदवार बन्नुभएको छ, कस्तो तयारी छ?
जिल्लाजिल्लाबाट आएका महाधिवेशन प्रतिनिधिसँग भेटघाट चलिरहेको छ। उहाँहरूसँग मुलुकको राष्ट्रिय राजनीतिलाई ध्यानमा राखेर मतदान गर्न आग्रह गरेकोछु। महाधिवेशनले स्थापित गर्ने नेतृत्वले राष्ट्रिय राजनीतिलाई डोर्‍याउनुपर्छ। हाम्रा नेता गिरिजाप्रसाद कोइरालाले सुरु गर्नुभएको शान्ति प्रक्रिया तात्विक निष्कर्षमा पुर्‍याउन, समयमै नयाँ संविधान लेख्न महाधिवेशनपछि आउने नेतृत्वको ठूलो भूमिका हुन्छ। त्यसैले सैद्धान्तिक अडान लिनसक्ने नेता अहिलेको आवश्यकता हो। अहिले कांग्रेसभित्र सबैभन्दा अडान लिनसक्ने नेता सुशील कोइराला हुनुहुन्छ।

विस्तृतमा

केन्द्रीय सदस्यको प्यानल बन्दैन

विमलेन्द्र निधि, महामन्त्री, नेपाली कांग्रेस-

महामन्त्रीको उमेदवार बन्नुभएको छ, कस्तो छ तयारी?
यो पार्टीको आन्तरिक चुनाव हो। म अहिले पनि महामन्त्री छु, महाधिवेशनको तयारी पनि गर्दैछु। महामन्त्रीको जिम्मेवारी पूरा गर्नैपर्‍यो। अर्कोतर्फ उमेदवार भएपछि त्यसको तयारी पनि गर्नैपर्‍यो।

विस्तृतमा

गुटबन्दी साँघुरिँदै छ-नरहरि आचार्य

कांग्रेसको तेस्रो धारबाट महामन्त्री उम्मेदवार बन्नुभएको छ। कस्तो तयारी छ?

साथीहरूसँगको संवादलाई महत्व दिएका छौं। साथीहरूको विश्वास जित्‍नु सबैभन्दा महत्वपूर्ण होजस्तो लाग्छ। कांग्रेसमा परिवर्तनको चाहना तीव्र छ, थुप्रै असन्तोष र असन्तुष्टि छन्। सबै विषयको ठोस निर्णय महाधिवेशनबाटै गर्ने हो भन्ने हामी बुझाउँदै छौं। समर्थन बढ्दै छ भन्ने अनुभव भएको छ।

विस्तृतमा

शान्तिसम्झौतालाई परिवर्तन गर्ने अधिकार यो सरकारलाई कसले दियो?

अनमिन विवाद बारे नागरिकन्युजकर्मी भोजराज भाटले माओवादी नेता बाबुराम भट्टराईसँग गरेको कुराकानी-

सरकारले राष्ट्रसंघमा पठाएको पत्रबारे तपाईंको टिप्पणी के छ?
अनमिनविरुद्ध जुनखाले अभियान थालिएको छ, त्यो ठीक होइन। शान्ति प्रक्रिया सहज बनाउनका निम्ति अन्तर्राष्ट्रिय संस्था अनमिन यहाँ छ, आगामी छ महिनाभित्र टुंग्याउनतिर हामी गइरहेका वेला अनमिनको उपस्थित स्वतः अनिवार्य हुन्छ। एकापट्टि अनमिनको औचित्य छैन भन्ने प्रपोगाण्डा मच्चाउने, अर्कोपट्टि अनमिनको कार्यविधि घटाएर मात्र म्याद थप भन्ने आसयको पत्र जुन पठाइएको छ,त्यो शान्ति-सम्झौंताको स्पीरिटविपरित छ। शान्तिसम्झौंताको अर्को हिस्सा माओवादीसँग कुनै सरसल्लाह नगरिकन एकपक्षीय ढंगले कार्यदेश परिवर्तन गर्ने अधिकार यो सरकारलाई छैन। यो त एउटा कामचलाऊ सरकार हो।

विस्तृतमा

'प्रधानमन्त्री चयनमा मैले केही अधिकार प्रयोग गर्न मिल्दैन'

'प्रधानमन्त्री चयनमा मैले केही अधिकार प्रयोग गर्न मिल्दैन'
संसद्ले छपटकको निर्वाचनबाट पनि प्रधानमन्त्री चुन्न नसकेपछि सभामुख सुवासचन्द्र नेम्वाङको भूमिकामाथि प्रश्न उठाउन थालिएको छ। उनले विशिष्ट अधिकार प्रयोग गरी नतिजा निकाल्नुपर्नेमा त्यसो नगरेको आरोप लगाइएको छ। नतिजा नआउने निश्चित हुँदाहुँदै पटकपटक चुनाव गराएको र व्यवस्थै बद्नाम हुन लाग्दा पनि मूकदर्शक भएको उनीमाथि आरोप छ। प्रधानमन्त्री निर्वाचनको सेरोफेरोमा केन्द्रित रहेर उनीसँग माधव ढुङ्गेलले गरेको संवाद :
विस्तृतमा

पार्टीलाई पूर्ण एकता दिन्छु- शेरबहादुर देउवा

कांग्रेसको बाह्रौँ महाधिवेशनमा सभापतिको उम्मेदवार हुनुहुन्छ, तयारी कस्तो छ?
- साथीभाइसँग भेटघाट गरिरहेको छु। यस क्रममा मलाई धेरै साथीहरूको समर्थन देखिएको छ। यो प्रतिस्पर्धा पार्टीभित्रको आन्तरिक प्रजातान्त्रिक अभ्यास हो। यसमा साथीहरूको उत्साहजनक सहभागिता देखिँदैछ।

पार्टीको आन्तरिक अभ्यास भन्नुहुन्छ, तर कांग्रेस त गुटमा विभाजित भएर चुनावमा जाँदैछ, तीनवटा गुट स्पष्टै देखियो नि?
- जो-जो, जति उम्मेदवार भए पनि यो पार्टीभित्रको चुनाव हो। पार्टी विधानले दिएको अधिकार सबैले प्रयोग गर्ने हो। विधानअनुसार प्रतिस्पर्धामा जानुलाई कसरी गुटबन्दी भन्ने?

विस्तृतमा

'अहिले जनताको सेवामा लागेका छौं' - हिमानी

नागरिकन्युजकर्मी रमेश खतिवडाले पूर्व युवराज्ञी हिमानी शाह दोलखा गएदेखि उनको गतिविधि नियाले। उनले त्यहीँ शाहसँग छोटो कुराकानी समेत गरे। प्रस्तुत छ कुराकानीको अंश:
विस्तृतमा

विदेशी चलखेलले मुलुक यस्तो भएको हो : पूर्वयुवराज पारस

नेपालको अहिलेको राजनीतिक अवस्थाबारे यहाँको बुझाइ कस्तो छ?

हेर्नुस्, एउटा देश विभिन्न कुराहरू मिलेर चलेको हुन्छ। यहाँ धेरै अन्तर्राष्ट्रिय शक्तिहरूको इन्ट्रेस्ट
(स्वार्थ) छ। हाम्रो सबभन्दा ठूलो कमजोरी यही होजस्तो लाग्छ। आजको परिस्थितिमा पनि अन्तर्राष्ट्रिय जगतको ठूलो खेल छ।

विस्तृतमा

मेरो उम्मेदवारी गुटबन्दीविरुद्ध हो

७५ वर्षीय भीमबहादुर तामाङको कांग्रेसमा पाँच दसक लामो लगानी छ। सुकी सदस्य लिएर २०१४ सालमा पार्टी प्रवेश गरेका तामाङले २०१७ सालको राजा महेन्द्रको कुपछि सुवर्णशमशेरले चलाएको सशस्त्र क्रान्ति र २०२८ सालमा बिपीको आह्वानमा भएको क्रान्तिमा बन्दुक बोकेर होमिएका थिए। २०३६ र २०४६ को आन्दोलनमा सक्रिय तामाङ २०६२/६३ को जनआन्दोलनमा सडकमा आएका थोरै वृद्ध नेतामा पर्छन्।
विस्तृतमा

'दुई खेमा मेट्ने अभियान थाल्छु'

काठमाडौं कांग्रेसको सभापतिमा नेपाल प्राध्यापक संघका पूर्व अध्यक्ष भीमसेनदास प्रधान (५४) विजयी भएका छन्। गणेशमान सिहनजिक रहेर काम गरेका प्रधानले २०५३ मा काठमाडौं कांग्रेसको सदस्य, २०५७ मा सचिव र २०६३ पछि उपसभापति भएर काम गरेका थिए। संविधानसभामा काठमाडौं क्षेत्र नं ६ बाट माओवादी नेता हितमान शाक्यसँग झिनो मतले पराजित प्रधान २०६२/६३ को जनआन्दोलनमा काठमाडौंमा सक्रिय थिए।
विस्तृतमा

'म प्यानल बनाउँदिन'

नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका कार्यवाहक सभापति सुशील कोइरालासँग नागरिकका विश्वमणि पोखरेल र किरण भण्डारीले बुधबार लिएको अन्तर्वार्ताको मूल अंश :
विस्तृतमा

पार्टीकै सल्लाहमा श्याम शरणसँग भेटः बाबुराम

कहिले प्रधानमन्त्रीको लागि चर्चामा त कहिले भारतीय विशेष दूतसँग एक्लै भेटेको आरोप। एकीकृत नेकपा माओवादीका उपाध्यक्ष बाबुराम भट्टराई यस्तै कुराले छाएका छन्, अहिले। उनको पक्ष र विपक्षमा पार्टीमा चर्को स्वर निकाल्नेहरु कम छैनन्। त्यही परिवेशमा नागरिकन्युजका लागि भोजराज भाटले उनीसँग गरेको कुराकानी :
विस्तृतमा
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


अन्तर्वार्ता

From Republica

new-traveld