Error
  • Error loading feed data.

फेरि नागरिकता बाँड्ने हो भने देश फिजी बन्छ

smaller text tool iconmedium text tool iconlarger text tool icon

चित्रबहादुर केसी, राजमो अध्यक्षसित फोटोसहितको मतदाता नामावली संकलनबारे कुराकानी।

२५ दल बैठकको एजेन्डा के थियो?

- बजेट र मधेसमा फोटोसहित मतदाता नामावली संकलनमा आएको अवरोधबारे छलफल गर्न बोलाइएको हो।

के आयो त निष्कर्ष?

-बजेटमा एकसरो छलफल भयो। नामावली संकलनमा मधेसी दलका साथीहरुले गरेको अवरोधबारे छलफलै भएन। एक सातादेखि निर्वाचन आयोगको काम ठप्प भएकाले आयुक्तहरुले दुई घन्टा कुरे। राष्ट्रियतास"ग जोडिएको विषयमा संवैधानिक निकायका अधिकारी चिन्तित हुने तर नेताका बिल्ला भिरेकाहरुले वास्तै रहेनछ।

किन छलफल नभएको?

- प्रधानमन्त्रीले बजेटपछि मधेसबारे छलफल गर्ने प्रस्ताव राख्नुभयो। पहिले ठूला दलको पालो आयो। बैठकमा अर्काको कुरा सुनेर बस्ने चलन छैन। टेलिभिजन चा"डो पसे। टिभीमा देखा परेपछि नेताहरु निस्के। सोह्र श्राद्धको बेला नेताहरुलाई भ्याई/नभ्याई होला। दोस्रो एजेन्डामा प्रवेश गर्ने बेलासम्म दुई/तीन फुच्चे दलका नेता मात्र रह्यौँ। मैले आफ्ना कुरा रित्ता कुर्सीलाई सुनाएँ।

बजेटभन्दा नामावली संकलनमा अवरोध कति महŒवपूर्ण हो?

- यो मतदाता नामावलीको मात्र कुरा होइन। निर्वाचन शुद्धताको आधार हो। नामावलीमा शुद्धता नभए लोकतन्त्रको सक्कली अभ्यास हु"दैन। नागरिकतास"ग जोडिएकाले राष्ट्रियताको विषय पनि हो।

पुरानो नामावली आधार मान वा पहिले नागरिकता वितरण गर भन्ने माग नाजायज हो र?

- संविधानसभा निर्वाचनमा बनेको नामावली त्रुटिपूर्ण रहेको आयोगले स्विकारिसकेको छ। मधेसमा नागरिकताको समस्या छ भन्नु सरासर झुठ र राष्ट्रघाती कुरा हो।

मधेसमा नागरिकता समस्यै छैन त?

- अवश्य छ। विगतमा जथाभावी नागरिकता बा"डियो। अब त्यसलाई सच्याउनुपर्ने छ। मधेसका साथीहरु सधैँ भनिरहन्छन्- ४० लाखले नागरिकता पाएनन्। २०६३ पछि नागरिकता नबा"डे माओवादीले बिसाएको बन्दुक उठाउने भनी धम्काए। लाखौँ गैर नेपालीलाई नागरिकता बा"डियो। नागरिक बढेपछि मतदाता नामावली थपिने नै भयो। नामावलीकै कारण मधेसमा निर्वाचन क्षेत्र थपिए। त्यही बलमा संघीयता ल्याउन खोजिँदैछ। पानी धमिल्याएर माछा मार्न पप्लुको जस्तै सिक्वेनस मिलाउने काम हुन आ"टेको छ। मधेसका धर्तीपुत्र नै अल्पमतमा पर्ने दिन नजिकि"दैछ। फेरि ३३ लाख नागरिकता बाँड्ने हो भने मुलुक छिट्टै फिजी बन्छ।

प्रतिक्रियाहरू (4)Add Comment
0
bikram
October 22, 2010
94.195.192.150
भोट: +1
...

Chitra Bahadur G, you are 100% right, we have to rectify previous mistake of citizenship distribituation, and beware in next time.

0
jeevan
October 31, 2010
113.199.175.219
भोट: +1
...

u r right sir.

0
mahesh
November 09, 2010
113.199.187.242
भोट: +0
...

ya...he is right

0
loknath sharma
December 03, 2010
116.66.193.244
भोट: +0
...

सत प्रतिशत राम्रो धारणा।

प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


अन्तर्वार्ता

From Republica

new-traveld