समाचारको प्राप्ति एउटा संयोग पनि हो। बुधबार साढे एक बजे काठमाडौंको तापक्रम अलि बढी नै थियो। नागरिकको कार्यालय नजिकैको जुस पसलमा सहकर्मी विज्ञानसँग गफिँदै गर्दा सेतो स्लिभलेस लगाएकी युवती ट्याक्सीबाट आर्लिइन्।
उनी होची थिइन् तर हिस्सी परेकी। नजर अडिनु सामान्य नै भयो। अनुहार परिचित झैँ लाग्यो।
'निहिता हैन ?'
प्रश्न भूइँमा झर्न नपाउँदै विज्ञान पछिपछि गइसकेको थियो- वास्तविकता बुझ्न। 'स्योर हो यार'- उसले भन्यो।
हो उनी तिनै निहिता विश्वास थिइन् जसको नाम सिरियल किलरका नामले (कु?) ख्याति कमाएका फ्रान्सेली नागरिक चार्ल्स सोभराजसँग जोडिँदै आएको छ।
क्यामेरा निकाल्दै गर्दा उनी जेलभित्र रहेका आफ्ना ६५ वर्षे प्रेमीलाई फलफूल किन्दै थिइन्
(साथमा उनका एक सहयोगी पनि देखिए)।
त्यसपछि उनको गन्तव्य थियो- सेन्ट्रल जेल। rishikesh@nagariknews.com

शोभराजका लागिः निहिता र उनका सहयोगी सेन्ट्रल जेलतिर लाग्दै।

सेन्ट्रल जेलः यहीँभित्र छन् चार्ल्स शोभराज।

प्रतिक्रियाहरू (0)