उच्चमाध्यमिक विद्यालय संघ (हिसान) कक्षा ११ र १२ का विद्यार्थीमा देखा परेको मोटर बाइक मोह र त्यसै समूहमा दुर्घटना पनि धेरै हुने कारण देखाएर उच्चमाविमा बाइक निषेध गर्ने तयारीमा छ। तर, यो निर्णय लागू गर्नुपूर्व आवश्यक छलफल र अध्ययन भने गरिएको छैन। हिसानले जति नै तत्पररता देखाए पनि नियामक निकाय उच्च माध्यमिक शिक्षा परिषद् भने यसमा उदासीन रहेको छ।
विद्यालयमा बाइक लैजान बन्द गराएपछि विद्यालय नजिक भएका विद्यार्थी हिडेरै जानसक्छन्। तर टाढा घर हुनेहरूले स्कुल बस वा सार्वजनिक सबारी साधन प्रयोग गर्नुपर्ने हुन्छ। विद्यालय बसको प्रबन्ध र भाडा तथा सार्वजनिक सबारी साधनको व्यवस्था राम्रो नमिलाइ मोटर बाइक बन्द गर्नु ती विद्यार्थीका लागि सजाय दिनुसरह हुनेछ।
सरकारले अध्यादेशमार्फत गत मंसिर ४ गते ल्याएको बजेटमा वार्षिक २५ लाख रूपैयाँभन्दा बढी आम्दानी गर्ने व्यक्तिलाई चालीस प्रतिशत आयकर लाग्ने व्यवस्था गरेपछि उच्च आय हुने धेरैलाई त्यो चित्त नबु‰नु स्वाभाविकै थियो। तर सरकारले जे गर्यो ठीक गर्यो । करको दायरालाई नेपालजस्तो देशमा अझ फाराकिलो पारेर अझ कढाइकासाथ लागु गरिनु पर्छ। साथै, करबाट भएको लाभको उचित सदुपयोग सुनिश्चित गर्नेतर्फ पनि सरकारले त्यत्तिकै ध्यान दिन जरूरी छ। नत्र, सरकारीस्तरमा हुने भ्रष्टाचार कर नतिर्न खोज्नेका लागि सधैँ बहाना बनिरहने छ। नेपालका धेरै व्यापारी र उच्च आम्दानी गर्नेहरू आफूलाई समाजवादी भन्न रुचाउने नेपाली कांग्रेसका अनुयायी छन्।
राष्ट्रपति, सभामुख, राजनीतिक दलका नेताहरू र सभासदका आग्रहलाई बेवास्ता गरेर प्रधानमन्त्री माधवकुमार नेपाल अन्ततः दस दिने विदेश भ्रमणमा जानुभयो। दुई वर्षभित्र संविधान बनाउने अवधि तोकेर गठन भएको संविधान सभाले निर्धारित समयमा संविधान बनाउन सकेन। त्यही आधारमा बढाइएको संविधान सभाको एक वर्षे अवधिको आधा कार्यकाल बितिसक्ता पनि संविधानका मूल अन्तरवस्तुका विषयमा दलहरूबीच सहमति हुन सकेको छैन। फलतः आगामी जेठ १४, २०६८ भित्र पनि संविधान बन्ने आशा कम भएर गएको छ। शान्ति संझौताको महत्वपूर्ण अंग माओवादी सेनाका लडाकुको समायोजन र व्यवस्थापनको रेखदेख गर्न आएको राष्ट्रसंघीय मिसन (अनमिन) तोकिएको जिम्मेवारी पूरा नहुँदै आगामी माघ १ गते फर्कँदैछ।
बितेको कात्तिक २२ देखि मंसिर १ गतेसम्म ११ दिन पाकिस्तानको लाहोर, इस्लामावाद र कराँची सहरहरूमा त्यहाँका धार्मिक अल्पसंख्यकका बारेमा अध्ययन गर्ने टोलीको अगुवाइ गर्दा एक निमेष पनि आफ्नो देश नेपालको चिन्ताबाट मुक्त रहन सकिएन। विसं २०३५ सालको विद्यार्थी आन्दोलनको सूत्रपात पाकिस्तानका पूर्वप्रधानमन्त्री जुल्फीकर अली भुट्टोलाई दिइएको फाँसीविरूद्ध विद्यार्थी संगठनहरूले काठमाडौंस्थित पाकिस्तानी राजदूतावासमा ज्ञापनपत्र बुझाउन जाँदा प्रहरी हस्तक्षेप भएपछि भएको थियो। त्यही आन्दोलनले पहिलो पटक पञ्चायती निरंकुशताले आफ्नो एकलौटीको दुई दशकमा सार्वजनिक र व्यापक बेइज्जती भोग्नुपर्यो। राजा वीरेन्द्रले जनमत सङ्ग्रहको घोषणा गर्नुपर्यो। पञ्चायतलाई सुधार्नु जरूरी छ भन्ने स्वीकार गर्नुपर्यो।
एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रसंघीय राजनीतिक मामिलासम्बन्धी उपमहासचिव बि. लिन पास्कोसँग भने, 'म साहसिक र कठिन निर्णय गर्छु।'
राष्ट्रसंघीय अधिकारी वा विदेशी प्रतिनिधिसँग आशावादी अभिव्यक्ति दिन माओवादी नेतृत्व सिपालु छ। त्यसमा पनि दाहाल ठाउँ र व्यक्ति हेरी सुहाउँदिला अभिव्यक्ति दिन पोख्त छन्। उनकै पार्टीका नेता मोहन वैद्यले समेत अरूसँग कुटनीति र छलछाम गरेजस्तै पार्टीभित्र पनि गरेको भन्दै पालुङटार बैठकमा दाहालको आलोचना गरेका थिए।
तत्कालीन शाही नेपाली सेनाबाट सेवा सुरु गरेर आफ्नो पेसागत जीवनको अधिकांश समय राजाद्वारा नियन्त्रित राजदरवारको सैनिक सचिवालयद्वारा निर्देशित सुरक्षा संयन्त्रमा बिताएका हालः अवकाश प्राप्त एक रथीले गणतान्त्रिक नेपालको प्रथम सेनाधिपति हुने सौभाग्य स्वर्गीय गिरिजाप्रसाद कोइरालाको कृपाबाट पाउन सफल भएका थिए। उनलाई नागरिक सरकारको स्पष्ट निर्देशनको अवज्ञा गरेको आरोपमा बर्खास्त गर्ने प्रयत्न गर्दा संविधानसभामा दुई तिहाई समर्थन आधार कायम रहेको सत्ताधारी गठबन्धन भंग भयो र गणतन्त्रको प्रथम निर्वाचित प्रधानमन्त्री पद त्याग गर्न बाध्य भए। त्यस्तो अनुभव पाएको सिपाहीले आत्मश्लाधाले भरिपूर्ण अभिव्यक्ति दिनु अस्वाभाविक होइन। त्यसैले रुक्मांगद कटवाल हालसालै वीरगन्जवाट कुर्लिए : राजनीतिक दलहरू माओवादीका लागि 'उपयोगी बेकुफ' बनेका छन्। त्यस्तो आक्रामक अभिव्यक्ति चाहिँ कसको उक्साहटमा आएको हुनसक्छ भन्ने सुन्नेहरूले नै ठम्याउनुपर्ने भएको छ। उपयोगी बेकुफको भूमिका अतिवामपन्थमा मात्र नभएर उग्रवामपन्थमा पनि उत्तिकै महत्वपूर्ण हुने गर्छ।
चितवनको नारायणघाटस्थित मेरो क्लिनिकमा जचाउन आउने गरेकी फूलमाया चौधरी ९ वर्षकी भईन्। बाथ मुटुको रोगबाट पीडित तिनको मैलै उपचार गर्न थालेको ४ वर्ष भयो। फूललमायाका बुबाआमालाई उनकी छोरीको मुटु कहिलेसम्म धड्की रहनेछ भन्ने थाहा छैन। डाक्टर भएको नाताले मलाई थाहा छ - चिकित्सा विज्ञानको विकासबाट पत्ता लागेका सबै औषधि प्रयोग गरे पनि फूलमायालाई धेरै दिन बचाउन सकिने छैन। उनको मुटु बाथ रोगबाट क्षतिग्रस्त भैसकेको छ। अप्रेसन गरेर मिलाउन सकिने अवस्था पनि छैन। मृत्यु पर्खनुबाहेक उनको अर्को विकल्प छैन।
ओखलढुंगा अभियान विफल भएपछि विश्वेश्वरप्रसाद कोइराला (बीपी) सामु कसरी अघि बढ्ने भन्ने विषयमा गम्भीर प्रश्न उत्पन्न भएको थियो। असफलताले कार्यकर्तामा निराशा जन्मिएको थियो। यता पञ्चायत निर्दलीयताबाट क्रमशः सोभियत ढाँचाको एक दलीय सर्वसत्तावादतर्फ उन्मुख भइरहेको थियो। गाउँफर्क राष्ट्रिय अभियानलाई संवैधानिक मान्यता दिएर पंचायतभित्र असहमतिको अलिकति पनि सम्भावना बाँकी राखिएको थिएन। सम्पूर्ण एसियालाई आआफ्नो प्रभाव क्षेत्रमा राख्न महाशक्ति राष्ट्र अमेरिका र सोभियत संघबीच तीव्र होडबाजी चलिरहेको थियो। अफगानिस्तानमा सोभियत संघको सैन्य हस्तक्षेप, इरानबाट शाह रेजा पहलवीको पलायन, भारत र पाकिस्तानबीचको युद्धबाट बंगलादेशको उदय, पाकिस्तानमा प्रजातान्त्रिक पद्धतिबाट निर्वाचित प्रधानमन्त्रीलाई फाँसी दिइएकाले दक्षिण एसिया निकै अस्थिर हुन पुगेको थियो।