Error
  • Error loading feed data.

विचार

मतदाता हुन नागरिकता

निर्वाचन आयोगले २०६७ कात्तिक १६ गते नागरिकताको प्रमाणपत्र नभए पनि जग्गा धनी प्रमाणपुर्जा वा सरकारी कार्यालय, स्थानीय निकाय, सरकारी स्वामित्व भएको संस्था वा शिक्षण संस्थाद्वारा जारी गरिएको परिचयपत्रका आधारमा मतदाता नामावलीमा नाम समावेश गर्ने निर्णय गरेको थियो। त्यसविरुद्ध परेको रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म आयोगको निर्णय कार्यान्वयन नगर्नु नगराउनु भनी सर्वोच्च अदालतले निर्वाचन आयोग, मन्त्रिपरिषदको कार्यालय, कानुन मन्त्रालय तथा गृह मन्त्रालयसमेतको नाममा अन्तरिम आदेश दिएको छ।
विस्तृतमा

हदबन्दीभन्दा बढी जमिनको क्षतिपूर्ति

संविधान निर्माणका लागि विषयहरुको टुंगो लगाउन बसेको बैठकमा हदबन्दीभन्दा बढी जमिन सरकारले अधिग्रहण गर्दा क्षतिपूर्ति दिने वा नदिने भन्नेबारे विवाद उत्पन्न भएको छ। दिनुपर्छ भन्नेमा कंग्रेस र एमाले उभिएका छन् भने दिनुहुन्न भन्नेमा माओवादी अडान कायम छ। अहिले मुलुक नयाँ नेपाल निर्माणका लागि अघि बढिरहेको छ। यस्तो नेपाल निर्माणका लागि चाहिने आधारभूत विषयमध्ये भूमिको सवाल पनि प्रमुख छ। असमान भूमि वितरणकै कारण कृषिप्रधान यो मुलुक कृषि क्षेत्रबाट लाभान्वित हुन सकिरहेको छैन। त्यतिमात्र हैन, किसानहरूको अवस्था प्रतिदिन खराब हुँदै गइरहेको छ। जमिनको उचित व्यवस्थापन हुन नसकेकै कारण अहिले पनि हली, हरुवाचरुवा, मुक्त कमैयाजस्ता समस्या छन्। खेतीबाट मात्र गुजारा गर्नेको आफ्नो जग्गा नहुने तर जग्गा धनी मानिएकाले जमिर्न नदेख्ने विसंगति छ। यस विसंगति हटाउन भूमिसुधार अपरिहार्य छ। त्यस क्रममा हदबन्दीभन्दा बढीको जमिन प्राप्ति र वितरण महत्वपूर्ण विषय हो।
विस्तृतमा

निकासका लागि संसद्

राजनीतिक दलहरूले समयमै निकास दिन नसक्दा मुलुकमा नयँ नयाँ समस्या थपिँदैमात्र छैनन्  तिनको प्रकृति पनि फेरिँदै र चुलिँदै गएको देखिएको छ। राजनीतिक दलहरूको सत्ता स्वार्थले संविधान निर्माण र शान्ति प्रक्रियाका मूल विषय गौण बनेकाछन्। जनआन्दोलन र जनादेशबाट प्राप्त शक्तिमा खिया लागेजस्तो देखिएको छ। संविधान सभा मुर्छित र शान्ति सझौता बेवारिसजस्तो बनेको छ। राजनीतिक नेताहरूको अल्पकालीन सत्ता स्वार्थले मुलुकको दीर्घकालीन हितलाई ओझेलमा पारेको छ।
व्यवस्थापिका संसद्मा उत्पन्न कचिंगलले सदनमा छलफलमा रहेको प्रधानमन्त्री निर्वाचनलगायतका विषयलाई थाती राखी अध्यादेशमार्फत् बजेट ल्याउन संसद अधिवेशनै अन्त्य गरी सरकारले सजिलो मार्ग अवलम्बन गरेको छ। संसद् अधिवेशन अन्त्य गरिँदा नयाँ सरकारको गठन अन्योल र अनिश्चित बनेको छ। काम चलाउ सरकारको आयु केही लम्बिएको छ। संसद्को अर्को अधिवेशन कहिले बोलाइने हो भन्ने अनिश्चित छ। संसद् अधिवेशन बोलाउने विषयमा पनि आआफ्नो स्वार्थअनुरूप ढिलो र चाँडो गर्न खोजिएको छ।
विस्तृतमा

कांग्रेस गन्तव्यहीन

नेपाली कांग्रेसको बाह्रौं महाधिवेशन सम्पन्न भएको दुई महिना नाघिसकेको छ। स्थानीय तहबाट जिल्ला र केन्द्रीय समितिको निर्वाचनले राष्ट्रिय राजनीतिमा निकै महत्व पाएको थियो। सञ्चार माध्यममा पनि कांग्रेस महाधिवेशनको बाक्लै चर्चा भएको थियो। यस महाधिवेशनले नेपाली कांग्रेस र नेपाली कांग्रेस (प्रजातान्त्रिक) लाई भावनात्मक नभए पनि औपचारिक रूपमा निर्वाचनका माध्यमद्वारा एकीकरण गर्न सफल भएको थियो।
विस्तृतमा

गल्ती कति दोहोर्‍याउने?

रुसको मध्ययुगसम्बन्धी इतिहास र संस्कृति विद भासिली क्लिउचेस्कीले धेरै समयअघि चेतावनी दिएका थिए- 'इतिहासले केही पनि सिकाउँदैन, त्यसबाट पाठ नसिक्नेलाई सजाय दिन्छ। प्रख्यात इतिहासकार एरिक हब्सबामले 'अन हिस्ट्री'मा क्लिउचेस्कीले जस्तो तीखो भाषामा त होइन, तर नरम भाषामै इतिहासका पाठ नसिक्नेलाई चेताएका थिए। सन् १९८४ मा क्यालिफोर्निया विश्वविद्यालयमा 'समकालीन समाजबारे इतिहासले के बताउँछ' शीर्षकको व्याख्यानमा हब्सबामले इतिहासका पाठ अति नै कम सिकिने र सुनिने दुखेसो पोख्दै भनेका थिए, 'हामीमध्ये धेरैजसोले अक्सर गलत कुरा सिक्छौं।'
विस्तृतमा

संविधान निर्माणमा सुझबुझ

नेपाल अधिराज्यको संविधान, २०४७ सालको लेखनका सिलसिलामा राजनीतिकर्मीका रूपमा मेरो बुझाइ मैले संविधान मस्यौदा आयोगका अध्यक्ष विश्वनाथ उपाध्यायसँग यसरी राखेको थिएँ– 'संविधान भनेको सिंगो मुलुकको विगतलाई प्रतिविम्बित गर्दै वर्तमानलाई व्यवस्थापन गर्ने र भविष्यको बाटो सुनिश्चित गर्ने दस्ताबेज हो।' अहिले पनि संविधानका विषयमा मेरो बुझाइ यही हो। संविधानले राष्ट्रको अतीतलाई राम्रोसँग प्रतिविम्बित गर्दै त्यसले दिएको निर्देशलाई ठीक ढंगले समातेर आगतको बाटो सुरक्षित र सुखद् बनाउन सक्नुपर्छ। संविधानलाई सोलोडोलोरूपमा हेर्ने दृष्टिकोण र जाँच्ने कसी पनि यही हो।
विस्तृतमा

खेलकुदमा गंभीरताको खाँचो

विवादै विवाद, झगडै झगडाको भारी मनभरि बोकेर नेपाली खेलाडी चीनको गोन्झाउ पुगे। अर्थात्, खेल पदाधिकारीको झगडा पनि उनीहरूसँगै गोन्झाउ पुग्यो। झगडाले खेलाडीको मनोबल गिर्‍यो। खेल्दा अभिप्रेरित हुने ठाउँ नै भएन। खेलाडीको मानसमा नजानिदो तवरले पदाधिकारीबीचको झगडाको नकारात्मक प्रभाव बस्यो। पदकको आशा गरेको उसु खेलका खेलाडीले रित्तो हात फर्किनुपर्‍यो। खेलाडीहरूको प्रशिक्षण स्तरीय भयो भएन, खेलाडीलाई इन्टरनेसनल एक्सपोजर दिइयो, दिइएन खेलाडीले कति समय प्रशिक्षण पाए, प्रशिक्षण स्तरीय थियो कि थिएन भन्नेजस्ता विषयमा सयममै चासो राखिएको भए हाम्रा केही खेलाडीले पदक जित्ने थिए। दुर्भाग्यवश, तर त्यसो भएन।

विस्तृतमा

मेक्सिको जाने नेताले गर्नुपर्ने तयारी

जलवायु परिर्वतन सम्बन्धी संयुक्त राष्ट्रसंघीयको बार्षिक सम्मेलन (कोप १६) यही नोभेम्वर २९ देखि डिसेम्वर १० सम्म मेक्सिकोको क्यानकुन शहरमा हुँदैछ। गत वर्ष डेनमार्कको राजधानी कोपेनहेगनमा भएको यस्तै किसिमको सम्मेलनपूर्व जति चासो र चर्चा नेपालमा भएको थियो यसपाली त्यस्तो छैन। ‘ब्रम्हाण्ड बचाउनको लागि अन्तिम अवसर' समेत भनेर नामाङ्कन गरिएको कोपेनहेगन सम्मेलन विश्वका थुप्रै शीर्ष नेताहरुको उपस्थितिको कारण पनि चर्चित बनेको थियो। सम्मेलन अगाडि विश्वको सबैभन्दा अग्लो स्थान सगरमाथाको फेदीमा मन्त्रिपरिषदको बैठक राखेर ‘विश्वको ध्यान आकर्षण' गर्दै करिब ७०० जनाको डफ्फा बोकेर नेपाल सहभागी भएको थियो। जलवायु परिवर्तनमा विश्वास गर्ने तथा त्यसको असरले चिन्तित र प्रभावित विश्वभरका सबैको आशा थियो - जलवायु परिवर्तनको असरसँग जुध्नको लागि आवश्यक नीतिगत र आर्थिक स्रोतको व्यवस्था गर्न कोपेनहेगन सम्मेलन सफल हुनेछ। तर जलवायु परिवर्तनको कारक मानिएको हरितगृह ग्याँस उत्सर्जन घटाउन कानुनी रुपमा वाध्यकारी हुने प्रावधान ल्याउन विश्वका नेताहरु असफल भए र उक्त सम्मेलनप्रतिको आशा निराशामा बद्लियो।
विस्तृतमा

पालुङटारको धुलो

गोर्खाको पालुङटामा सम्पन्न एकीकृत नेकपा (माओवादी)को छैटौं विस्तारित बैठक स्थलमा सहजै प्राप्त हुने वस्तु थियो: चारैतिर उडिहेको धुलो। मार्क्सवादी सौन्दर्यशास्त्रले त्यही धुलोमा समेत क्रान्ति देख्नु अनौठो नहोला। तर निन्त उडिहेको धुलोले धेरैलाई अस्वस्थ तुल्याएको थियो।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल भने धुलोबाट केही हदसम्म मुक्त थिए। उनी बैठकस्थलमा आउनु र त्यहाँबाट आफ्नो वासस्थानमा फर्कनुअघि सरकारी ट्यांकले धुलो मार्न पानी हाल्नेगर्थ्यो। त्यसपछि उनको लस्क धुलो उडाउँदै अघि बढ्थ्यो। पार्टी कार्यकर्ताले यसमा धेरै गुनासो गरेनन्। क्रान्तिका निम्ति अध्यक्ष कमरेडको गाडीले उडाएको अलिकति धुलो खानु के ठूलो भयो र?

विस्तृतमा

गाउँका विद्यालयमा इन्टरनेट !

नुवाकोटको त्रिभुवन त्रिशुली हाइस्कुललाई २०५३-५४ सालतिर एउटा विदेशी संस्थाले चारवटा कम्प्युटर दिएको थियो। जिल्लामा कार्यरत पत्रकारका लागि ती कम्प्युटर हरेक वर्ष समाचारको विषय बन्थ्यो। किनभने पाँचवर्षसम्म कसैले कार्टुनबाट निकालेर कम्प्युटर चलाउने आँटसमेत गरेका थिएनन्। चलाउनै नजान्ने शिक्षकले विद्यार्थीलाई कम्प्युटर पढाउने कुरै भएन। पाँचौ वर्षमा मुसाले कार्टुनभित्रै पसेर तार काटिदिएपछि कम्प्युटर कामै नलाग्ने भएर सदाको लागि स्टोरमा थन्क्याइयो। नयाँ बजेटमा सरकारी विद्यालयमा इन्टरनेट पुर्याउने घोषणा गरिएको छ।

विस्तृतमा

आधा शताब्दी लामो संक्रमण

नेपालको सामयिक राजनीतिक विश्लेषण गर्दा २००७ देखि २०१५ सालसम्मको अवस्थालाई सम्झने हो भने संक्रमणकाल के रहेछ भनेर त्यति घोत्लिनु पर्दैन। पहिलेको अर्थात् २००७ साल पछिको र अहिलेको संक्रमणकाल समय घटना र परिस्थिति फरक भए पनि प्रवृत्ति समान देखिन्छ।
यी दुई कालखण्डबीचको पहिलो समानता हो महत्वकांक्षाको टक्कर। विसं २००७ सालपछिको संक्रमणकालमा राजतन्त्र र प्रजातन्त्रबीच द्वन्द्व थियो। भर्खरै राणाशासनको पिँजराबाट मुक्त राजा त्रिभुवन र युवराज महेन्द्रको महत्वकांक्षा एकातर्फ थियो भने अर्कोतर्फ जेलनेल र निर्वासन भोगेका जनताबाट आएका महत्वकांक्षी नेता थिए। नेपाललाई कस्तो आवरणको प्रजातन्त्र उपयुक्त हुन्छ भन्ने नै विवादको केन्द्रमा थियो। राजा सक्रिय राजतन्त्रवाला प्रजातन्त्र चाहन्थे भने नेताहरु सवैधानिक राजतन्त्र अर्थात् जनताको सर्वोच्चता भएको प्रजातन्त्रका पक्षमा थिए। संविधान बन्यो बीचको। राजा स्वभावैले अधिनायकवादी थिए। उनी आफैंले जारी गरेको संविधानभित्र पनि अटाउन रुचाएनन्। महेन्द्रको यस अधिनायकवादी महत्वाकांक्षालाई हामीले पाचायतकाल भर राष्ट्रवादका रुपमा विश्वविद्यालयमा पढ्यौं।
विस्तृतमा

सत्य हो शक्ति र सत्ता !

एनेकपा माओवादीको पालुङटार बैठक आन्तरिक विवादका प्रमुख विषयलाई भविष्यका लागि थाती राखेर एकपटक फेरि जनविद्रोहको झण्डा बोक्ने निर्णयका साथ सकिएकोछ। माओवादी नेताले आफ्ना सैद्धान्तिक अवधारणाको प्रयोगद्वारा नेपाली समाज र परिवेशको आमूल परिवर्तन गर्ने दाबी गर्दै आएका छन्। जनवादी शासन व्यवस्थालाई नयाँ उचाइमा पुर्याउने लक्ष्य प्राप्तिका लागि उनीहरुले पालुङटारमा पनि विकल्परहित रुपमा विद्रोहको एकमात्र बाटो पहिल्याएका छन्। सामन्तवादी सामाजिक व्यवस्थाको चॆपुवामा परेर माओवादी बनेका बहुसंख्यक कार्यकर्तालाई भावनात्मक एकतामा बाँधी राख्न विद्रोहको नाराको अर्को आकर्षक विकल्प छैन। संघर्ष विद्रोह र क्रान्तिजस्ता शब्दलाई संसारका सबै कम्युनिस्ट पार्टीले राजनीतिक ऊर्जाका रुपमा प्रयोग गर्दै आएका छन्। यी शब्दका सीमाभन्दा बाहिरका कल्पनाशील चिन्तनलाई नेतृत्वले संशोधनवाद ठहर्याउने गरेको छ।

विस्तृतमा

दाहालको दोधार

पालुङटार पुग्नुअघि एकीकृत माओवादीका सांसदहरूले छापामारका रूपमा संसद बैठकमा अन्तिम रिहर्सल गरेका थिए। लडाकु प्रवृत्तिका केही सांसद गत शुक्रबार प्रस्तुत गरिन लागेको बजेटलाई अवरोध गर्न सुरूका लहरतिर लहसिएका थिए। अन्य दिन भन्दा फरक पछिल्ला लहरमा बस्ने सांसदहरूको गतिबिधि अघिल्लो पंक्तिका सीटतिर बढ्न थालेको थियो। अर्थमन्त्री सुरेन्द्र पाण्डेलाई सहधर्मी मन्त्रीहरूले साउती पार्दै 'निको चाल छैन है' भन्ने देखाउ"दासम्म सरकार र अन्य दललाई माओवादीको सम्भावित आक्रमणको पूर्वाभ्यास थिएन।
विस्तृतमा

सुखानीको विम्ब

जहाँ अन्याय, त्यहा" विद्रोह। कम्निस्ट आदर्शमा चौपट्टै लोकप्रिय कथन हो यो। उल्टा स्वार्थ पलपल जुधिरहने वर्गमा चिरा परेको मानव समाजको चल्तीको नियम यही हो। न्याय, समता र सुखको खोजी गर्ने सामूहिक चेष्टाको नाम हो विद्रोह। विद्रोहमा बलिदान हुन्छ। र, विद्रोहले बलिदानको वीरगाथाको जगमाथि विम्बको सिर्जना गर्छ। र, त्यस्तो विम्ब बन्छ मुक्ति अभियन्ताका लागि आशा र उमंग, जोस र आ"टको अक्षय मुहान। सुखानी यस्तै विम्ब हो। भूगोलको स्थुल टुक्रा भएर हो सुखानी तर पा"च सपुतको वीर गतिले त्यसमा सानदार विम्बको रचना गरिदियो। सुखानीको विम्ब सहिदका अजम्मरी सपनाले बुनिएको ज्योतिर्मय चित्र हो। सहिद आफ्नो भागमा केही पनि नराखी समाजको मुक्ति र सुखका लागि सर्वस्व अर्पण गर्ने दुर्लभ मानव हो। विवेक र सौर्य एवं उत्सर्ग र समर्पणको अनुकरणीय उदाहरण बनेर सुन्दर विम्बमा बुनिने सहिद उदात्त संस्कृतिको भू्रण पनि त हो।
विस्तृतमा

दम्भ र झोकको द्वन्द्व

नेपाली जनताको बुझाइमा निरंकुश राजतन्त्र र उग्रवामपंथ खासै भिन्न छैन। मोहनविक्रम सिंह र निर्मल लामालाई कमजोर पारिसकेपछि मोहन वैद्यलाई सेक्टर काण्डमा 'माकुराका माउ' बनाइएको थियो। त्यस यता माओवादी नामको पार्टीको 'स्टेरिङ' पुष्पकमल दाहालका हातमा छ र पातलो मसालबाट २०४८ सालमा मिसिएका बाबुराम भट्टराई सहचालकका भूमिकामा छन्। आफ्नै जिल्लामा दाहाललाई तालीहीन बनाएर भट्टराईले उनका सिटमा आँखा गाडेका पनि दाहालको जबाफ छ- 'ड्राइभर रातारात हुन सकिँदैन। ड्राइभरले स्टेरिङ्ग एकाएक कन्डक्टरलाई बुझाउने कुरा पनि आउँदैन।' झलक्क सम्झे पनि भन्ने आँट कसैसँग छैन- 'सेक्टर काण्डमा त रातारात ड्राइभर फेरिएको थियो नि। अब माकुराले जस्तो फुल फुटाएर माउलाई खाने पालो हाम्रो हो।'
विस्तृतमा

अनुसन्धानमा विद्यार्थी

विश्वमा वैज्ञानिक अनुसन्धान हुने प्रमुख थलो विश्वविद्यालय, अनुसन्धान केन्द्र र औद्योगिक केन्द्र हुन्। विश्वविद्यालयमा विशेष गरी आधारभूत विज्ञानका क्षेत्रमा अनुसन्धान हुने गर्छ भने अनुसन्धान केन्द्रमा विज्ञानका केही विशेष क्षेत्रमा अनुसन्धान गरिन्छ। औद्योगिक केन्द्रको अनुसन्धान मूलतः औद्योगिक वस्तुको निर्माण तथा त्यसको गुणस्तर बृद्धि गर्ने कार्यमा केन्द्रित हुन्छन्।

विस्तृतमा

भवितव्यमा लोकतन्त्र

एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले आफ्नो केन्द्रीय समितिको विस्तारित बैठकको आयोजना गरेर नेपाल पर्यटन वर्षको पूर्वसन्ध्यामा गोर्खाको पालुङटार बजारलाई नयाँ गन्तव्यका रूपमा विकसित हुने मौका दिएको छ। रातारात करोडौं लगानीले सुविधासम्पन्न बनेको पालुङटार बजारले अहिलेको 'हाइब्रिड' विकास धान्न सक्ला वा नसक्ला, समयले बताउने कुरा हो। तर, माओवादी केन्द्रीय समितिको विस्तारित बैठक सकिन नपाउँदै नेपाली राजनीतिका अवरोध सम्याउन बैठकले योगदान दिने आशा धमिलिन थालेको छ। माओवादी नेता र कार्यकर्ता तन्मयतासाथ शान्ति र संविधानप्रतिको आफ्नो प्रतिवद्धता र वचनवद्धता दोहोर्‍याइरहेका छन्। अध्यक्ष पुष्पकमल दाहाल संविधान सभा निर्माणको श्रेय र त्यसको अभिभावकत्वको बोझ आफ्नो काँधमा उठाइरहनुभएको छ। त्यही बोझले संविधान निर्माणको प्रक्रिया पूरै थिचिएको छ।

विस्तृतमा

बाटो छोड वैद्य

अंग्रेजीमा ' लिड, फलो अर गेट आउट अफ दि वे' अर्थात नेतृत्व गर, पछि लाग नभए बाटो छोड्' भन्ने एउटा कथन छ। करिब तीन सय वर्षअघिको थोमस पेनको यो उक्ति अहिले पनि उत्तिकै सार्न्दभिक छ। थोमस पेन सन् १७०७ मा बेलायतमा जन्मेका थिए। पछि बेलायती उपनिवेशबाट अमेरिकालाई मुक्त गराउने आन्दोलनमा अग्रणी हुन पुगे। सन् २००२ मा गरेको बीबीसीले गरेको सर्भेक्षणमा चर्चित सय जना व्यक्तित्वमा उनी ३४ नम्बरमा छन्। थोमसको मृत्यु सन् १८०९ मा भएको थियो।
विस्तृतमा

शब्दमा सीमित आरक्षण

बिहानको समय । भरिभराउ माइक्रोबस। पहिले नै कोचाकोच एको माइक्रोबसका खलासी अरू यात्रुलाई तान्दै चढाउँदै थिए। भित्र खाली सीट त परे जाओस् टेक्ने ठाउँसम्म पनि नभएको उनले पर्वाहै गरेका थिएनन्। यात्रुहरू पनि ढिलो भयो भन्दै धमाधम चढिरहेका थिए। भित्र ड्राइभरको पछाडिको सीट, र पहिलो तथा दोस्रो पंक्तिको सीटमा पुरषहरू गजधम्म बसेका थिए। बाँकी सिटमा पनि एकाध महिलाबाहेक सबैजसो पुरुष बसेका थिए। माइक्रोमा उभिएका करिब दश जना यात्रुमा आधा भने महिला थिए।
विस्तृतमा

साम्यवादी र पुँजीपतिका कुरा

साम्यवादी वर्तमानको ख्याल नगरी भविष्यलाई र पुँजीवादी भविष्यको पर्वाहै नराखी वर्तमानलाई हेर्दा रहेछन्। कम्युनिस्टलाई साम्यवादी भविष्यको र पुँजीवादीलाई नाफामूलक वर्तमानको मात्र चिन्ता हुँदो रहेछ।
विस्तृतमा

माओवादी अन्तरविरोधको महाभारत

नागरिक दैनिकले माओवादीका तीन राजनीतिक प्रस्ताव सार्वजनिक गरिदिएपछि माओवादीको अन्तरसंघर्ष सतहमा आइपुगेको छ। अति गोप्य र कार्यकर्तालाई श्रवण गर्नमात्र दिएर फिर्ता गरिएका तीन शीर्ष नेताको राजनीतिक रूपरेखा कसरी बाहिर आयो? त्यो अर्कै पाटो हो। तर, देशको मूर्धन्य पार्टीको आगामी कार्यनीति र रणनीति जान्न पाउनु जनताको सूचनाको हक हो। चुनबाङ बैठकदेखि लोकतान्त्रिक गणतन्त्रको कार्यक्रम लिएर आएको माओवादीको अहिलेसम्मको यात्रामा निकै उतारचढाव छ। एमाओवादीले अब अख्तियार गर्ने नीति तथा कार्यक्रमले शान्ति प्रक्रिया, संविधान निर्माणलाई सोझो प्रभाव त पार्छ नै, एमाओवादीको आन्तरिक जीवनमा पनि यसले ठूलै खल्बली ल्याउने निश्चित छ। चुनबाङ बैठकले निश्चित गरेको लोकतान्त्रिक गणतन्त्र र २१ औं शताब्दीको जनवाद संस्थागत गर्न कामीडाँडा, बालाजु, खरीपाटी हुँदै एमाओवादी गोर्खाको पालुङटारमा नवनिर्मित कट्टुसे छाप्रामा आइपुगेको छ।
विस्तृतमा
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


विचार

From Republica

new-traveld