Error
  • Error loading feed data.

विचार

नेपाली कम्युनिस्टका अन्तरसंघर्ष

नागरिक दैनिकमा शुक्रबार १२ कात्तिक २०६७मा प्रकाशित 'कार्यकर्ता भेला गर्न भट्टराईलाई रोक' शीर्षकको समाचारले माओवादीभित्रको वैचारिक अन्तरसंघर्षको अवस्था सतहमा आएको छ। माओवादी निकट मानिने पत्रपत्रिकामा पनि यस विषयमा लेख प्रकाशित भएका छन्। विशेषतः कोचिला राज्य समितिका बारेमा समाचारमा आएका विषय सत्य हुन् भने एकले अर्कालाई निषेध गर्ने चलन अन्तरपार्टी संघर्षको नियम र व्यवस्थाका दृष्टिले सही मान्न सकिँदैन। त्यो अन्तरसंघर्षको विषयलाई ऐतिहासिक सन्दर्भमा जोडेर हेरौँ।
विस्तृतमा

गिरिजाको बैसाखी

दुनियामै नरहेका व्यक्तिसँग नाम जोडेर आफ्ना कुरा भन्नु आफैँमाथि विश्वास नहुनु होइन र?
विस्तृतमा

चकचकेलाई रडको कलम

सोच्ने शैली र संस्कार बदलेर व्यक्तिवादी मानसिकता छोड्ने हो भने हामी एसियाकै केन्द्र बन्नसक्छौँ। माटो खोस्रिँदै जाने हो भने पहिरो जान धेरै समय लाग्ने छैन।

विस्तृतमा

त्रिदेशीय हैन त्रिदलीय

खास प्रयोजन नखुलाइएको चीन भ्रमणबाट फर्कनासाथ एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले नेपालको समस्या समाधान गर्न भारत, चीन र नेपालबीच त्रिदेशीय रणनीतिक साझेदारी हुनुपर्ने धारणा सार्वजनिक गरेका छन्।
विस्तृतमा

चीन र भारतसँग वातावरण सहकार्य

यस शताब्दीमा चीन र भारत विश्वको आर्थिक केन्द्र बन्ने अनुमान गरिएको छ। छिमेकीहरूको आर्थिक प्रगतिबाट नेपाललाई हुने लाभहानिका चर्चा पनि भइरहेका छन्। नेपाल, भारत र चीनबीचको द्विपक्षीय र त्रिपक्षीय सम्बन्धको पनि अहिले निकै चर्चा हुने गरेको छ। तर जैविक विविधता संरक्षण र जलवायु परिवर्तनजस्तो महत्वपूर्ण विषय भने चर्चामै छैन।
विस्तृतमा

संघीयतामा सुरक्षा

संविधान सभामा राज्यको पुनर्संरचनाका सबालमा चासो दिइएपनि अत्यन्त संवेदनशील मानिने सुरक्षाका विषयमा सामान्य छलफलसमेत भएको छैन। संघीयतामा राज्यका निकायको संस्थागत सुधार तथा पुनर्संरचनासँग समेत अन्तर्सम्बन्धित हुने सुरक्षा निकायको क्षेत्राधिकार, जिम्मेवारी तथा भूमिकाका सम्बन्धमा व्यापक बहस र तिनको सीमा स्पष्टरूपमा किटान हुनुपर्छ।
विस्तृतमा

दलगत विदेश सम्बन्ध

सम्बन्धित राष्ट्रका परराष्ट्र मन्त्रालय दुई देशको वैदेशिक सम्पर्कको आधिकारिक माध्यम हुन्छ। तर, बहुदलीय व्यवस्थामा त्यस्तो सम्बन्ध दुई देशका सरकारबीचमात्र सीमित हुँदैन। यसैले सम्बन्धित राजनीतिक संगठन राष्ट्रप्रति जिम्मेवार छन् र तिनले देश हितका निम्ति विदेशका पार्टीसँग सम्बन्ध राखेका हुन् भने आफ्नो देशको सरकारलाई सोबारे विस्तृत जानकारी दिने गर्छन्। तैपनि, सरकारसँग सम्बन्ध बिग्रेको अवस्थामा भने विदेशीसँगको सम्पर्कको विवरण सरकारलाई दिने कार्य सम्बन्धित दलको इच्छामा भर पर्छ।
विस्तृतमा

घामले पाकेको कपाल

सेवा, निर्माण वा परामर्शका निम्ति व्यक्ति वा संस्था छनौट गर्दा अनुभवलाई धेरै महत्व दिने गरेको पाइन्छ। कुनै पदमा कसैलाई नियुक्त गर्दा पनि अनुभवलाई महत्व दिने गरेको देखिन्छ। यसबाट एउटा प्रश्न उठ्छ - अनुभवलाई दिइएको अंक वा अंकभार साँच्चै उचित र युक्तिसंगत हुन्छ?
विस्तृतमा

कानुन व्यवसायभित्र भ्रष्ट आचरण

भ्रष्टाचारको शाब्दिक अर्थ कानुनीभन्दा व्यापक हुन्छ। भ्रष्ट आचार भएका सबै भ्रष्टाचारी हुन् भन्ने अर्थमा लिने हो भने सार्वजनिक पदमा बसेका कर्मचारी, अख्तियारवाला र नेतामात्र भ्रष्टाचारी हुन्छन् भन्ने मान्यता बदल्नुपर्छ। यसको शाब्दिक अर्थअनुसार नेपालका सबैजसो कानुन व्यवसायी भ्रष्टाचार गर्नेमध्ये अग्रस्थानमा देखिनेछन्।

विस्तृतमा

रैथाने पर्यटक

सहरका मान्छे ह्वाह्वार्ती गाउँ पस्दा पनि सधैँको दसैंमा झैं यसवर्ष पनि गाउँको केही गएन। कन्भर्स जुत्ता र चुज पेन्ट लगाउने मान्छे आउँछन्, जान्छन्। पहाड त उस्तै गजधम्म बसिरहन्छ। केही जग्गा बाँझो छ। अन्नबाली लगाएका जग्गामा पनि झारको खेती गरेजस्तो लाग्छ। घर रित्तो छ। गोठका किला रित्ता छन्। कमेरो, रातो र कालो माटोले घरका भित्ता पोतिए छन्। लाग्छ, गाउँका घरले पनि चोली फरिया फेरेछन्। पानी पुग्ने खोला किनारका खेतमा धानका बाला केही झुकेर आपसमा बात मारिरहेजस्ता छन्। गाउँको खबर यस्तै छ।
विस्तृतमा

झाडीको चरो

नेपालको राजनीतिमा ठट्टा र हल्लाले यथार्थलाई विस्थापित गर्ने गरेको छ। वास्तविकताको जन्म हल्लाबाट हुने गरेकोछ र यही हल्ला संधै सत्यका रूपमा स्थापित पनि हुने गरेको छ। यसो हुनु हु"दैन भन्नु त चाहनामात्रै हो। माधवकुमार नेपालले प्रधानमन्त्री पदबाट राजीनामा दिएको वास्तविकता हो तर, उहा"को स्थानमा नया" प्रधानमन्त्री चुनिने हल्ला अहिलेसम्म चलेको छैन। प्रधानमन्त्रीको राजीनामा स्वेच्छिक थिएन। स्वेच्छाले मलमूत्रबाहेक अरू केही त्याग गर्ने परम्परा नेपालमा छैन। आफनो महानता साबितगर्न मानिसहरू खल्तीमा राजीनामा राखेर हिँडेको ठट्टा गर्छन्। अहिले प्रधानमन्त्रीको त्यो राजीनामा यस देशको सबैभन्दा रमाइलो ठट्टा साबित भएको छ। संविधान सभाको म्याद बढाउनै पर्ने वाध्यताको हुलमुलमा उहा"को खल्तीबाट खसेको राजीनामाको कागजमा लेखिएका अक्षरकै अब रंग उडिसकेको छ। राजीनामा ठट्टा थियो। त्यसैले त्यसको प्रभावकारिता पनि ठट्टामै खुम्चियो। जनतालाई चासोपनि छैन, उहा" सांच्चै प्रधानमन्त्री हो कि काम चलाउ 
विस्तृतमा

तराजुमा दिल्ली र बेइजिङ

हिजोआज 'निजी', सद्भावना र सरकारी भ्रमणमा चीन जानेको संख्या ह्वात्तै बढेको छ। माओवादी सैन्य कमाण्डर, तिनका नेतृत्व, उपराष्ट्रपति र राष्ट्रपतिसमेत यसै समय उत्तरी छिमेकीको निम्तो मान्न निस्कनुको प्रयोजन एउटै भने हुन सत्तै्कन। यो अप्रत्याशित र अस्वाभाविक हैन तर अर्थपूर्ण भने छ। भारत र चीन दुवै यतिबेला नेपालमा आफ्नो प्रभाव बढाउने अवसर र क्षेत्र खोजिरहेका छन्।
विस्तृतमा

सहरमा समुदाय

लाजिम्पाटबाट सामाखुसी आउने बाटाकै छेउमा एउटा सानो वन पनि छ - रानीबारी। सहरमा ‘मर्निङ वाक'को फेसनसँगै बिहान रानीबारी जानेको संख्या पनि निकै बढेको छ। सहरको बीचमा भए पनि वनभित्र पस्दा निकै टाढा पुगेजस्तो भान हुन्छ। त्यसैले हो कि त्यहाँ सिनेमाको सुटिङ पनि निकै हुन्छ। थलीमा एउटा मन्दिर पनि छ। पूजा गर्ने पनि अचेल बाक्लिँदै गएका छन्। नजिकै सशस्त्र प्रहरीको ब्यारेक छ। बिहान कुकुरको तालिम र टहल पनि त्यही वनमा हुने गरेको भेटिन्छ। वनभित्र छिर्ने ढोकामा रानीवारी सामुदायिक वन उपभोक्ता समितिको बोर्ड टाँसिएको छ। तर, बिहान घुम्न आउने, सिनेमाको सुटिङ गर्ने वा अरू कसैले त्यस वनमा परेको चाप र गरिएको फोहोरको वास्ता गरेका छैनन्।
विस्तृतमा

खोक्रो सहानुभूति

नेपालगन्जमा हालै अपहरणपछि भएको हत्याका अपराधपीडितलाई प्रधानमन्त्री माधवकुमार नेपालले भेटेर सहानुभूति व्यक्त गरेका समाचारले सञ्चार माध्यममा राम्रै ठाउँ पायो। सबैजसो पत्रपत्रिकाले समाचारलाई प्राथमिकता दिए। मानव अधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्रमा मानव अधिकार परिभाषित हुन नसकेका, प्रजातान्त्रिक भनिने संविधानहरूले समेत मौलिक अधिकार प्रत्याभूत गरिँदा वास्ता नगरिएका तथा प्रचलित कानुनमा उपेक्षित पीडितलाई प्रधानमन्त्रीले भेटेर सहानुभूति दिएको घटना चर्चा योग्य नै हो। तर प्रधानमन्त्रीको यस सहानुभूतिमा अपराधपीडितलाई बिचरा ठान्ने राज्यशक्तिको सोच नयाँ शैलीमा सार्वजनिक भएको मात्रै हो।
विस्तृतमा

मधेसमा गाउँले एकता

मधेसको अहिलेको प्रमुख समस्या जनस्तरमा एकताको अभाव हो। विसं. २०४६ सालसम्म कतिपय सामाजिक कार्य जनस्तरको आर्थिक सहयोग र श्रमदानले हुन्थ्यो। अहिले सार्वजनिक सम्पदाको नासमास हुँदा पनि कसैले वास्ता गर्दैन। सार्वजनिक स्वामित्वका नहर र वनलगायत अतिक्रणमा पर्दा कसैले रोकतोक गर्दैन। जनस्तरमा एकता नहुँदा मधेसका संस्कृति र सम्पत्ति लोप हुँदै गएका छन्। मधेस आन्दोलनपछि जातीय, धार्मिक, साम्प्रदायिक तथा दलगत सहिष्णुता र संस्कारको अभावमा गाउँहरूबीचको सद्भाव र एकता समाप्त भयो। यस्तो अवस्थामा पनि सद्भाव र एकता बचाउन सफल एउटा गाउँको उदाहरण अनुकरणीय छ।

विस्तृतमा

शौचालयमा जुवा मेसिन

केही समयअघि अमेरिका पुगेर फर्केका एक जनाले लस भेगासको अनौठो स्मरण सुनाएका थिए। जुवाकै कारण विख्यात त्यस सहरमा संसारभरका जुवाका सौखिन पुग्दा रहेछन्। फर्कने क्रममा विमानस्थलको शौचालयमा पनि जुवाको मेसिन जडान भएको देख्दा उनी छक्क परेछन्। फर्कनेहरूसँग एक डलर पनि जोगिएको छ भने त्यो पनि तान्न लास भेगासले शौचालयको पनि उपयोग गरेको रहेछ। नेपालको पर्यटन उद्योग र यसको विकासका प्रसङ्गमा यो चर्चा चलेको थियो। उनका अनुसार पर्यटन उद्योगमा निर्भर हामीले पनि त्यस्तो सोच लिएमा धेरै फाइदा उठाउनसक्ने थियौँ।
विस्तृतमा

गनगने कांग्रेस

बाह्रौं महाधिवेशनबाट निर्वाचित कांग्रेस केन्द्रीय समितिको पहिलो औपचारिक बैठक आज बस्दैछ। पार्टी सभापति सुशील कोइरालाले पहिलो बैठकमा सातवटा एजेन्डामा छलफल हुने जानकारी निर्वाचित केन्द्रीय सदस्यलाई पत्रमार्फत् गराएका छन्। सभापतिमा पराजित शेरबहादुर देउवालाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने औपचारिकता पनि पूरा भइसकेको छ।
विस्तृतमा

विज्ञान र दिगो समाज

दिगो विश्व निर्माणमा अहिले देखापरेका र भविष्यमा देखापर्न सक्ने चुनौतीको सामना गर्न वैज्ञानिक ज्ञानको सामयिक, सही र व्यापक उपयोग गर्नुको विकल्प नभएको वैज्ञानिकहरूको ठहर थियो।
विस्तृतमा

नयाँ जहाज कि व्यवस्थापन ?

आफू चढ्ने जापानी कारको ढोका पनि सुतको डोरीले बाँधेर चढ्ने व्यवस्थापनलाई पाँच वटा नयाँ जहाज दिए पनि १० वर्षपछि डोरीले बाँध्ने अवस्थामै पुर्‍याउँछ।

विस्तृतमा

देश डुबाउने खेल

सोमबार एक दैनिकमा प्रकाशित 'प्रचण्डको षड्यन्त्र झलनाथले बुझेनन्' शीर्षक समाचारको निहितार्थ गम्भीर छ। अर्थात् नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले वर्तमान स्थितिका निम्ति झलनाथलाई दोषरहित र प्रचण्ड मूल षड्यन्त्रकारी मानेका छन्। सम्भवतः बीपी कोइराला र गणेशमान सिंहद्वारा सञ्चालित उत्तरदायित्वपूर्ण सभापति पदमा पुगेको हँुदा कोइरालाले किञ्चित धैर्य धारण गरेका हुन्। परन्तु १६ असोजमा मकवानपुरका कार्यकर्तालाई सम्बोधन गर्दै प्रधानमन्त्री माधवकुमार नेपालले नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले देशको प्रधानमन्त्रीको निर्वाचन प्रक्रियाबाट कांग्रेसले उमेदवारी फिर्ता लिन हुन्न भनी सार्वजनिक सल्लाह दिए। यसरी उनले झलनाथ खनालको गालामा पहिलो पटक कडा झापड हानेका छन्। त्यसको अघिल्लो दिन झलनाथ खनालले सबैले चाहेमा आफू देशको प्रधानमन्त्री हुन चाहेको घोषणा गरेका थिए।
विस्तृतमा
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


विचार

From Republica

new-traveld