Nepal Republic Media Pvt. Ltd.

Saturday
Sep 19th
Error
  • Error loading feed data.

खाल्टाखुल्टी पुर्ने कि?

smaller text tool iconmedium text tool iconlarger text tool icon
तिहारको रमझम सकियो। मानिसहरूले आआफ्नो घर, परिसर सजाए तर त्यसभन्दा बाहिर कमैको ध्यान गयो। बत्ती नै बत्तीले झकिझकाउ घरबाहिर अलपत्र फोहोर देशका सबभन्दा धनीमानी बस्ने काठमाडौंमा जताततै देखियो। आफ्नो घरको परिसरभन्दा बाहिर नागरिकको ध्यान नगएसम्म देश बन्दैन भन्ने सामान्य ज्ञान पनि कसैमा देखिएन। देशका अति­धनाढ्यहरूले लक्ष्मीको भक्तिभावपूर्ण पूजाआराधना गर्दै आफ्नो व्यापार व्यवसाय फस्टाओस् भनेर प्रार्थना गरेका तस्बिर पत्रिकामा देख्न पाइयो तर उनीहरूमध्ये धेरैले गरिबीको सागरमा घेरिएको सम्पन्नताको टापुमा कहिल्यै शान्ति हुँदैन भन्ने बुझेको देखिएन। त्यस्तो सम्पत्ति लक्ष्मीले गरेको व्यंग्य हो, उनको आशीर्वाद होइन। त्यसैले संसारभर नै गरिब देशका अधिकांश धनाढ्य असुरक्षाको चिन्ताबाट सधैं ग्रस्त हुन्छन्।

देशको गरिबीका लागि तिनले सरकारलाई दोष त देलान् तर जहाँ सरकार कमजोर हुन्छ त्यहाँ शान्ति र समृद्धिका लागि सक्षम नागरिकको दायित्व बढी हुन्छ। त्यो दायित्वबोध नगर्ने हो भने आफ्नो घरपरिसर त सुरक्षित र झकिझकाउ होला तर त्यसभन्दा बाहिर सधैँ असुरक्षा र अशान्ति व्याप्त हुनेछ। समयको अन्तरालमा यसबाट अर्बपतिहरू पनि अछुतो रहन सत्तै्कनन्।

त्यस्तो सामाजिक नैतिक दायित्वको त कुरै छोडिदिउँ, यो देश यस्तो ठाउँ हो जहाँ व्यक्तिले पालना गर्नैपर्ने आधारभूत पेसागत नैतिक दायित्वमै समेत ठूलो खडेरी परेको छ। कसैले पेसागत इमान्दारीमात्र देखायो भने पनि त्यसलाई महान कार्य झैँ ठान्ने गरिन्छ। त्यसैले, हामी बेलाबेलामा ‘उनी त असाध्यै इमानदार कर्मचारी नि!' भनेको सुन्छौँ। इमानदार हुनु राम्रो हो तर पद्धति बसेको देशमा पेसागत इमान्दारी आफैँमा उल्येख्य गुण मानिने गर्दैन। इमानदारी सबैबाट स्वतः अपेक्षा गरिन्छ र कर्मचारीलाई त इमानदार रहनकै लागि तलब दिइएको हुन्छ।

केही समयअघि मध्य वर्षामा मेरो डेराआगडि राम्रै पिच गरेको बाटोको दुवै छेउमा खन्न थालियो। एकापटि्ट खानेपानीको पाइप र अर्कोतिर नेपाल टेलीकमको केबल बिछ्याउन। केबल र पाइप बिछ्याइयो, खाल्टो पुरेजस्तो गरियो र खनेको ठाउँमा पिच चाहिँ मंसिर लागेपछि मात्र हुने जानकारी स्थानीयलाई दिइयो। खाल्टो राम्ररी पुरिएको भए पनि ठीकै हुन्थ्यो होला तर त्यहाँ त जताततै खुकुलो माटो छरिएको थियो र बाँकी पिच माटोले ढाकेको थियो। त्यसपछि सुरुभएको वर्षामा त्यो बाटोमा कोही हिँड्न सक्ने स्थिति थिएन भने पुरेको खाल्डामा कतै मोटरको पांग्रा गाडिन्थ्यो त कतै खाल्टो परेर पानी जमेको हुन्थ्यो। घाम लागेपछि चाहिँ छेउछाउका घरै धुलाम्य हुनेगरी धुलो उडेर बसिनसक्नु हुने गर्दथ्यो। त्यसपछि मैले आफ्नो डेराको वरपर करिब सय मिटर जति बाटो तीन दिनसम्म दुईजना कामदार लगाएर सफा गर्न र खाल्टो जति पुर्न लगाएँ। करिब एक किलोमिटरको त्यस बाटामा मेरो डेरा अगाडिको भागमात्र अहिलेसम्म र सफा छ। अन्य खण्डको स्थिति अझैपनि बिग्रेकै छ। दसैंतिहारको रमझममा पनि कसैले आफ्नो घरअगाडिको बाटो अलिकति सफा गर्ने चेतना देखाएनन्। मैले अलिकति पैसा खर्च गरेर, खाल्टो पुरेर, घरअगाडिको बाटो बनाएर ठूलो काम गरेँ भनेर धाक लगाउन खोजेको होइन। यस्तो वा त्यसभन्दा धेरै ठूला उदाहरणीय काम कयौं सर्वसाधारणले गरेका हुन्छन्, जुन सार्वजनिक चर्चामा आउँदैनन्। तर लेख्ने बानी र क्षमता हुनेले बेलाबखत त्यस्ता वैयक्तिक अनुभूति बाँड्दा समाजका लागि हीतकर नै हुन्छ।

ठूलासहरमा बस्ने अधिकांश नेपाली कम्तीमा आफ्नो घरअगाडिको खाल्टो समर्थ छन्। एक्लैले नसके केही घर मिलेर पनि उनीहरू त्यसो गर्न सक्छन्। तर, उनीहरू त्यसो गर्दैनन्। घरबाट निसक्ने बित्तिकै जुत्ता, साईकल, मोटरसाइकल र मोटर हिलाम्य हुँदा या बाटोको धुलोले आफ्नो घरका कोठाहरु धुलाम्य बनाउँदा पनि तिनको मनमा ‘यति काम त हामी आफैँ पनि गर्न सक्छौं नि' भन्ने चेतना आएको देखिँदैन। बरु ती सरकारलाई गाली गरेर बस्छन्। कोही त्यही धुलो र हिलो छेउको चिया पसलमा साँझबिहान भेला भएर देश कसरी बनाउने भन्नेबारे गम्भीर राजनीतिक विचारविमर्श गर्छन् भने कोही चाहिँ मोटर नै चलाउन नमिल्ने खालका ती बाटामा सानदार मोटर चढेर ठूल्ठूला व्यापार गर्न वा विचार बेच्न दिनहुँ आवतजावत गर्छन्। आफ्नै घरअगाडिको सानो खाल्टो पुर्ने चेतना नभएको व्यक्तिलाई देश बिग्रियो भनेर बोल्ने नैतिक अधिकार नहुनुपर्ने हो तर त्यस्तो नैतिकताबारे कमैले विचार गर्ने गर्छन्। सामान्यतया समाज कुकर्म गर्नेले भन्दा आफूले सहजै गर्नसक्ने सत्कर्म नगर्नेका कारण बिग्रिने गर्छ। धेरै समाज त्यही विडम्बनाको सिकार भएका छन्। हामी पनि त्यही समस्याबाट ग्रस्त छौँ। समाजमा विध्वंश मच्चाउने कुकर्मीको संख्या धेरै ठूलो हुँदैन तर ठूलो संख्यामा हुनेको निष्त्रि्कयताले गर्दा कुकर्मीहरू मौलाउने गर्छन्। समाजलाई सुधार्ने हो भने निष्त्रि्कय रहने असलहरूको समूह सक्रिय हुनु जरुरी हुन्छ। जस्तै, हरेक टोलमा त्यस्ता असल मान्छेले आआफ्ना घरअगाडिको खाल्टोमात्र पुर्ने जमर्को गर्ने हो भने पनि टोलटोलका बाटाहरूको स्थितिमा कति सुधार हुन्थ्यो होला? त्यसबाट आखिर फाइदा हुने त टोलवासीलाई नै हो। इन्जिनियर र ठेकदारले घुस खाए, सबै राजनीतिज्ञ घुस्याहा भए भनेर गाली गरेर बस्दैमा स्थितिमा सुधार आउने होइन। त्यसका लागि बेग्लै प्रकारको दबाब र सक्रियता चाहिन्छ जुन सबै मानिसमा हुँदैन। तर घरअगाडिको खाल्टो पुर्नेजस्ता समान्य सत्कार्य भने सबैले गर्न सक्छन्।

स्थानीयवासीको सानो सत्कार्यले कति ठूलो असर पर्छ भन्ने एउटा उदाहरण। मेरा मित्र किरणमान जोशीले केही वर्षअघि बानेश्वर हाइटमा एउटा घर किने। घरकै छेउको सानो सार्वजनिक जग्गामा सबैले फोहर फाल्ने, घरबार नहुनेले दिसापिसाब गर्ने गर्दारहेछन्। त्यस्तो स्थितिमा सुधार गर्न के गर्ने होला भनेर सोच्दा उनलाई एउटा जुक्ती फुरेछ। उनले त्यो फोहोर फाल्ने ठाउँमा अलिकति पैसा खर्च गरेर सरसफाइ गरी देउताको एउटा सानो मूर्ति राखिदिएछन्। मूर्ति राखेको भोलिपल्टैदेखि त्यहाँ न त कसैले फोहोर फालेछन्, न कसैले दिसापिसाब गरेछन्। बरु, बिस्तारै स्थानीयवासी त त्यहाँ पूजा गर्न आउन थालेछन्। यस्ता साना र सहजरूपमा गर्न सकिने कामले समाजमा सकारात्मक प्रवृित्तको विकासमा सहयोग पुर्‍याउँछन्।

यस्ता सामुदायिक सत्कार्य गाउँगाउँमा त प्रशस्तै हुने गर्छन्। तर पढेगुनेका, जानेबुझेका र जहाँ गए पनि देश बनाउने ठूल्ठूला भाषण गर्न सिकेकाको बाहुल्य रहेको काठमाडौं र यस्ता अरू सहरमा भने त्यस्तो काम त्यति भएको देखिँदैन। त्यस्तो प्रवृत्तिलाई बदल्नुपर्छ भन्ने ठानेरै मैले घरअगाडिका खाल्डाखुल्डी पुरेको र त्यसबारे यसरी लेखेको हुँ। अब तपाईं पनि पुर्ने कि?

प्रतिक्रियाहरू (7)Add Comment
0
Sandesh
November 10, 2010
180.25.162.196
भोट: +3
...

sabai janata ma yasto soch aayo bhane neta aafai saprin6an,tesaile sabai janata ma desh ko bikash garne chet hunu jaruri 6 .thank you rabindra mishra jyu.

0
Bal Krishna Shrestha
November 10, 2010
113.199.185.75
भोट: +2
...

Very Nice Article, I wish all Nepali would think in the way of Mr Rabindra Misra. I have great respect and many thanks to him.

0
Dipak Titung Tamang
November 10, 2010
124.41.203.153
भोट: +0
...

So Great! article...

0
Harish`kalpit`
November 11, 2010
118.8.14.240
भोट: +0
...

Ramro soch ,yadi sabai janta ma yesto soch ayema ta derai kura ma neta haru ko pachi lagnu pardina thiyo !!
Janta sachet hunu jaruri cha , yaha (tokyo) ta aafule paleko kukur le bato ma fohar garema , tyo pani uthyera plastic ko bag ma rakhera ghar lagcha ,jatha bhavi gardina !!!
jantama yesto soch ayema derai ramro hune thiyo ,sabai mile garna naskine kurai china !!!

0
rama
November 11, 2010
114.78.226.251
भोट: +2
...

यसरि पनि हेर्नुस,
अब सरकारले दिएको बजेट मा खर्च केहि कम हुनेछा / त्यो बचत ठेकदार लाई फाइदा हुने भो, अनि केहि अंश कर्मचारी हरुको गोजी मा पनि पुग्ने भो/ नगरपालिका ले गर्ने काम मैले गरुँला रे/ तर, त्यो बचेको पैसा कहाँ जाला भन्ने ठान्नु हुन्छ ? यसरि काम गर्नु भनेको आर्को सब्द मा उही मूल रोग "भ्रस्टाचार" लाई अप्रत्यछ्य मलजल पुर्याउनु होइन त?
सर्बनिक सेवा त्यहाँ फलदाई हुन्छ जहाँ भ्रस्टाचार न्यून हुन्छ/

सार्बजनिक सेवा सेवा बढ्दै गए मा सरकार चाहिं काम बाट पछि हट्दै जानेछ/ काम गर्ने निकायहरु त्यहिँ न चाहन्छन/
बरु तपैले आफ्नो र औरु सबैले आफ्नो स्थान बाट सरकार लाई presure दिएर, काम गर्न बाद्य तुल्य उनु भए त्यो सहि काम हुने थियो/

नेपाल को सन्धर्भ मा सार्बजनिक काम भनेको "गर्नु पर्ने ले नगर्दा नगर्नु पर्ने ले गर्नुपरेको काम हो"
बस !
-रामा

0
Keshav Raj
November 11, 2010
113.199.226.137
भोट: +0
...

Very nice article...

0
bigyan sharma
November 13, 2010
113.199.183.145
भोट: +0
...

Rabindra dai tapie lai hamro saatha cha,yastai samajik,chyatana mulaklekh lyakhyara samaj ma chyatana mulak batti balnus,tapaie lai salam cha dai..............

प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


From Republica

new-traveld