Nepal Republic Media Pvt. Ltd.

Saturday
Sep 19th
Error
  • Error loading feed data.

जनताका तराजुमा नेता

smaller text tool iconmedium text tool iconlarger text tool icon
रातदिन दालभातडुकुका लागि हड्डी घोट्न विवश जनसाधारणको नेतालाई तौल्ने तराजु आफ्नै किसिमको हुन्छ। ती घोषणापत्रका सिद्धान्त र आदर्श तथा नीति र कार्यक्रम हेरेर नेताको लेखाजोखा गर्दैनन्। के भनेको थियो र के गर्दैछ? पहिले कस्तो थियो, अहिले कस्तो छ? जनताका नेतालाई तौलने जनताका आधार यिनै दुईवटा हुन्। हात्ती वन र गोकर्ण वनका नाटकीय गुप्तवासबाट नेताहरू खाली हात बाहिर निस्के। समस्या गाँठाको गाँठैमा रहे। र, जनसाधारणले त्रु्कद्ध टिप्पणी गरे - हाम्रा रगतपसिनाबाट स"गालिएको राजस्व यिनले खाएरै सिध्याउने भए।

लोकतन्त्रको उ"धौली र फौजीतन्त्रको उ"भौलीको कामना गर्नेले त नेताहरू गुप्तवासमा जुवा र जा"डमा डुबुल्की मारेर पर्के भनी कटाक्ष गर्न पनि बा"की राखेनन्। काम चलाउ माधवले बालुवाटार दरबारमा तीन लाख रुपिया"को चियापान गराए। त्यो तीन लाख तिनको थिएन, जनताका रगतपसिनाको थियो। जनताले त्यसलाई आफ्ना रगतपसिनाको निर्लज्ज लुट भने। यसरी जनमानसमा राजनीति र नेताहरूप्रति विश्वास घट्दो छ। र, मौका कुरिबसेका पश्चगमनका प्यादाको मनोबल उठ्दो छ।

जनसाधारणलाई साह्रै मन नपर्ने कुरा दुईवटा छन्। ती हुन्, बन्धुघात र आर्थिक हिनामिना। जनताका नजरमा यी दुई नकाम हत्या र डकैती हुन्। यिनै दुई कुराले गर्दा अपुताली राजा ज्ञानेन्द्रको सिंहासन ढल्यो। फौजी बलको सहाराले ज्ञानेन्द्रले नेताहरूलाई थुने। जनताका नजरमा ती नेता गिर्नुसम्म गरेका थिए। शासनका आसनमा बसेर तिनले जनतालाई सेवा र सुविधा दुवै दिएका थिएनन्। तिनले त आफ्ना हातले आफै"लाई र आफ्ना आउरे-पाउरे-धुपौरेलाईमात्र सत्ताको मेवा टक््रयाएका थिए। त्यसैले ती थुनिदा जनतालाई न लुतो न कन्याइ भनेजस्तो भयो। सञ्चार र सडकमा व्याप्त फौजीतन्त्रको बिगबिगी पनि सायद जासाधारणलाई उत्रो चासोको विषय थिएन। चासोका मूल विषय दुईटा हुन गए। कतै सिंहासनको लोभले ज्ञानेन्द्रले बन्धुघात पो गरे कि? पीडादायी शंकाले जनमानस आहत भयो। ज्ञानेन्द्रले वीरेन्द्र परिवारको अकूत जेथो दुई हातले सोहोरे। सिंहासनमा उक्लि"दा म दाजुले झै" जनताका आ"सु टुलुटुलु हेरेर बस्न सक्दिन" भनेका थिए। यिनको वचन गुलियो थियो तर व्यवहार तीतो भयो। यिनले जनहितका लागि एक पैसो खर्च गरेनन्। दाजुको ठूलो परिवार सालिन्दा १२ करोड रुपिया" खान्थ्यो। ज्ञानेन्द्रले आफ्नो सानो परिवारलाई पोस्न वर्षको अठ्सठ्ठी करोड कुम्ल्याए। यो देखिने लुट थियो। नदेखिने गरी कति लुटे होलान् भन्ने शंकाले जनमानसमा पस्यो। जनमनमा यिनलाई राख्ने ठाउ" भएन। र, जनताले सडकमा ओर्लेर पहिले समवेत स्वरमा फलानो चोर देश छोड् भने। पछि यिनलाई सिंहासनबाटै लखेटिदिए।

जनता आफ्ना नेतालाई आदर्श र त्यागको नमूना देख्न चाहन्छन्। नेता जनतारूपी भर्‍याङबाट माथि उक्लेर जब पाखण्ड र लूटको धन्दामा लाग्छ, जनताले तिनलाई कारबाही गर्छन्। कांग्रेसी महलका भ्रष्ट शिरोमणिहरू यसपाला कारबाहीमा परे। पार्टीकै चुनावमा पनि चित खाए। कारण प्रस्ट छ। लाभका पदका छ"दा यिनले लोभले लामा हात गरेको गाइ"गुइ" चल्यो। यिनले कालो धन थुपारेका कथाकिस्सा सडकभरि छ्यालब्याल भए। यिनलाई अख्तियारले डाम्यो। र, जनजनका नजरमा यी रसातलमा भास्सिए। नतिजा देखियो। कुरा ढिलोछिटोको मात्र हो, राजनीतिमा पाखण्ड र लुटका उस्तादहरू दण्डित भएरै छाड्छन्।

अब बल्खु दरबारतिर हेरौ"। छयालीस सालमा माले पार्टीका नेता आदर्श र त्यागका साक्षात् प्रतिमूर्ति मानिन्थे। एकाउन्न सालसम्म एमाले भएको मालेका नेताका अनुहार राम्रै थिए। ती सत्तामा गए। तिनले सत्ताको स्वाद चाखे। र, तिनका लागि आदर्श र त्याग अतीतको कथा हुन थाल्यो। तीखा नजर भएको लोकले एमालेका नेताको पतनमुखी रुपको सटीक चित्रण गर्‍यो। भन्यो - चप्पल लाएर सिंहदरबार पसेका थिए, पजेरो चढेर बाहिर निस्के। देख्दादेख्दै, छिटोछिटो, एकदमै छिटो एमाले नेता नया" औतारमा प्रकट भए। हिजोसम्म ती आफ्नो गरिबीको गाथा गाउ"थे, अब ती महल ठड्याउन थाले। ती भुइ"मा हि"ड्न छाडे। भोट माग्नबाहेक ती गाउ"मा पाउकष्ट गर्न छाडे। तस्कर र कमिसनखोर तिनका मीत बने, भोका जनता तिनको स्मृतिबाट अलप हु"दै गए। तिनको शब्द भण्डारबाट आदर्श र त्यागजस्ता शब्द मेटिए। र, खाली ठाउ"मा लुट र भोगजस्ता शब्द लेखिए। आफ्ना आ"सु र रगतले तिनको नाम र छवि बनाइदिने गरिब सहयात्री तिरस्कृत भए, अपमानित भए। र, दिगेन्द्र राजवंशीले बल्खु मुख्यालय परिसरभित्रै आत्महत्या गरे। राजवंशीको आत्मघात एमालेको आदर्शकै आत्महत्या हो। र, त्यो आत्महत्या एमालेका नवधनाढ्य गुरुजीहरूको अनुहार हेर्ने ऐना पनि हो। र, हेर्नैपर्ने अर्को झल्झलाकार ऐना हो चुनावमा बडेबडे हस्तीलाई हातलागी भएको सानदार पराजय।

आयो कुरा माओवादीको। एक समय थियो जब दुईवटा शब्दले राजनीतिका दुई पृथक् प्रवृत्ति चिनिन्थे। धेरै अघिको कुरा होइन यो। यी दुई शब्द हुन्, माओवादी र खाओवादी। यी दुई शब्दको सहाराले दुई प्रवृत्तिको न्वारान गर्ने कल्पनाशील कर्ता सायद दमननाथ ढुङ्गाना हुन्। माओवादी त माओवादी भइहाल्यो। खाओवादी भनेर संसद्वादीलाई इंगित गरिएको थियो। माओवादी आदर्श र उत्सर्ग, सादापन र त्यागको प्रतीक होला भन्ठानिएको यो। अन्यवादी त्यसको उल्टो मानिएका थिए। संक्रमणकाल उकुच पल्टिएको घाउ भएर टन्टनी दुखिरहेछ। तर, खाओवादको रोग भने माओवादीमा भसक्कै संक्रमित भइसकेको छ। यो ...देशी-विदेशी पर्तिक्रियावादीहरू'ले लगाएको फत्तुर होइन। माओवादी नेताले माओवादी नेतैलाई लाएको फत्तुर हो यो। त्यो पनि बकाइदा लेखेर। प्रमाण उद्धरण चिन्हभित्र छापाभरि छ्याप्छ्याप्ती छन्। अवैध धन्दा, तस्करी, मनोमानी चन्दा असुली, घरजग्गा दलाली, पार्टी रकमको हिनामिना, नातावाद-कृपावाद, हरहिसाबको अपारदर्शिता, झुटा वचनको बिगबिगी, माथिकालाई मोजैमोज, तलकालाई दुःखैदुःख, तलकाप्रति माथिकाहरूको उपेक्षा, माथिकाप्रति तलकाको अविश्वास, माथि र तलबीच विकराल खाडल, राजावादीहरू शिरमाथि, समर्पित कार्यकता पैतालामुनि, फत्तुर पनि कति हुन् कति! भनिसक्नु र गनिसक्नु छैन।

राजनीतिमा नायकबाटै जब आदर्शको हत्या हुन्छ, नायकहरू खलपात्रको दर्जामा गिर्छन्। जनताका नजरमा ती अनाकर्षक बन्छन्। अझ ती वितृष्णाका कारक पनि बन्छन्। र, जनजीब्रोमा जुन जोगी आए पनि कानै चिरेको, खाओवादको झोलै भिरेको भन्ने वचन झुन्डिन्छ। आदर्शको यो पतन र यो वितृष्णा फौजीतन्त्रलाई जन्म दिने मलिलो माटो हो। ज्ञानेन्द्रको फौजीशाही त्यसै शून्य आकाशबाट खसेको थिएन। त्यो यस्तै माटोमा उमि्रएको थियो। अहिले माधव नेपालले कार्यकारी अधिकार राष्ट्रपतिका चरणमा सुम्पिदिन्छु भनेर संविधान सभाविरोधी उग्र दक्षिणपन्थी हुंकार गरेको त्यसै होइन।
यही तोरी लाहुरे तालले शान्ति प्रक्रिया टुंगोमा नपुग्ला र संविधान पनि नलेखिएला रे लौ। तैपनि देश त रहन्छ नै। जनताका परिवर्तनका, न्यायका र सुखका चाहना त रहन्छन् नै। नेतृत्वको नालायकीको जगमाथि फौजीतन्त्रको उदय भइहालेछ भने पनि त्योस"ग लड्न उत्सर्ग र त्यागको आदर्श त चाहिन्छ नै। अनिकालमा बीउ जोगाउन सके न फेरि बाली लाउन पाइन्छ। विस्तारित बैठकमा माओवादीले केको विस्तार गर्लान्? आपसी वैमनस्यको? आदर्श त्यागको? राजनीतिक दिग्भ्रमको? कि यथार्थका कठोर सीमालाई बुझेर आदर्शलाई स्मरण गर्दै शान्तिको मौलो गाड्ने र संविधान लेख्ने व्यावहारिक, विनम्र र लचिलो कार्यनीतिको? जनताका करौडौं आ"खा माओवादीतिर फर्केका छन्। र, तिनका हातहातमा नेतालाई तौलिने विचार र नैतिकताका तराजु छन्। आदर्श र त्यागलाई बिर्सेर खाओवादकै झन्डा बोके माओवादीको गति त्यही हुनेछ, जुन गति खाओवादीको भएथ्यो। हिजो माओवादी अनेकथरी कारबाही गर्थ्यो। अहंकार, सत्तालिप्सा र बन्धुद्रोहमा अल्भि्कएर सहिदका सपना र जनजनका आकाङ्क्षालाई बिर्सिए माओवादीमाथि कारबाही गर्ने पालो जनताको हुनेछ। मेरो यो वचनमा धृष्टता ध्वनित होला, तर माओवादीलाई भन्नुपर्ने न्यूनतम कुरो योबाहेक अर्को छैन। यो जनताको कुरो हो।

प्रतिक्रियाहरू (3)Add Comment
0
Chor Khagendra
November 13, 2010
206.170.126.98
भोट: -1
...

Khagendra,
Sabbhanda pahile ta nepali jantale talai jundaunu parcha, you fucking basderd, Maobadi...

your days are numbered

0
HB shahi
November 13, 2010
198.36.39.4
भोट: +3
...

your are right writer G

0
Lal Prasad Adhikari
November 13, 2010
89.211.174.197
भोट: +2
...

Dear Kunsan Kaka,
Dharai ramro lekh Dhnyabad.

प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


From Republica

new-traveld