Error
  • Error loading feed data.

लोटामै गंगा

smaller text tool iconmedium text tool iconlarger text tool icon
नेपालको राजनीतिबारे रूपचन्द्र विष्टले भनेका थिए, 'टाठा, बाठा अपराधी भए, साधारण जनता पशु भए, शासन सत्तामा कुचक्र पस्यो, असीमित हिंसा हुने नै भयो।' अर्को प्रसंगमा उनले भनेका थिए- 'जब ठूलाठालू परजीवी, साधारण परमुखी हुन्छ, स्वावलम्बीको मेरुदण्ड नै भाँचिन्छ, सामाजिक न्याय हुँदैन, अराजकताले गुट गर्छ।" रूपचन्द्रले यसो भन्दा उनलाई बहुला भन्ने बुद्धिजीवी जीवितै छन्। रूपचन्द्र बहुला रहेनछन्, बरु उनलाई बहुला भन्ने नै बहुला रहेछन्।

सरकारी अनगिन्ती आवास भईकन पनि करोडौँ खर्च गरेर उच्चस्तरीय बैठकको नाममा राष्ट्रको ढुकुटी रित्याइँदैछ। यस्तो अवस्थामा बजेट व्यवस्थापन गर्ने उच्च कर्मचारी पनि त्यही शीर्षकमा कमिसन गुम्छ भनेर चुँक्कै बोल्न सकिरहेका छैनन्। गाउँमा गरिब जनताले पाँच हजार खर्च गर्न नसकेर सिस्नुको झाडी र सार्वजनिक बाटोमा शौचालय चलाउनुपरेको छ। यस अवस्थामा कुनै पनि पार्टीका कार्यकर्ता, नागरिक समाज, विद्धत् वर्गले अनावश्यक खर्च गर्नु हुन्न भन्न नसक्नुु विडम्बना हो।

विसं २०३६ मा देशव्यापी विद्यार्थी आन्दोलन भयो। शरणविक्रम मल्ल, बलबहादुर के.सी., कैलाश कार्कीलगायत तत्कालीन थुप्रै विद्यार्थी नेता र पञ्चायती प्रतिनिधिबीच वार्ता भएको थियो। २०३६ सालको वार्ता शिक्षा मन्त्रालयमा भयो। बहुदलवादी प्रतिनिधि र पञ्चायती प्रतिनिधिबीच २०४६ साल चैत २४ देखि २६ सम्मको वार्ता प्रज्ञा प्रतिष्ठान कमलादीमा भएको थियो। २०५० सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले भारतसँग तीन सय क्युसेक पानी र डेढ सय युनिट बिजुली नेपाललाई पाउने गरी प्रधानमन्त्रीको हैसियतले एक्लैले टनकपुर सन्धि गरी अनुमोदनका लागि संसद्मा ल्याए। सन्धि राष्ट्रघाती छ भनेर जनताले आन्दोलन गरे। कुन विधिबाट आन्दोलनलाई विश्राम गर्ने भनेर सिंहदरबारभित्रै वार्ता भयो। यी वार्ता कुनै होटलमा भएका थिएनन्। वार्तामा बस्ने प्रतिनिधिले आफूलाई शीर्ष नेता भनेका पनि थिएनन्। केही कमीकमजोरी भए पनि वार्ता निष्कर्षमा पुगेकै थियो।


यस्ता कयौं उदाहरण हुँदाहुँदै फाइभ स्टार होटल र हात्तीवनमा वार्ता गरेर, हेलिकोप्टरमा सयर गरेर राज्यको ढुकुटी खर्च गर्ने थिति सुरु गरियो। हात्तीवन जाँदैमा राजनीतिक समस्या समाधान हुने होइन। बुद्धले भनेका छन्, "मन शुद्ध भए कर्म निर्दोष हुन्छ।" यसलाई यसरी पनि बु‰न सकिन्छ, मन चंगा भए लोटामै गंगा। कर्म निर्दोष हुन शीर्ष नेताको मन शुद्ध छ कि छैन? नेपालका नेताले यो महान् उक्ति शिरोधार गरून्। शीर्ष नेताहरू महत्वाकांक्षाको कुण्डमा डुबेका छन्। तीनै जनाले आफूबाहेक अरुलाई शीर्ष भन्न सक्ने स्थिति छैन। कसरी वार्ता मिल्छ? बुद्धले भनेजस्तै मन शुद्ध भए वार्ता जहाँ गरे पनि मिल्छ।


नेपालको हालको समस्या सरकार बनाउने र शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन सार्थक संविधान निर्माण गर्ने हो। यी विषयमा पूरा छलफल गर्ने अधिकार संविधानतः निर्वाचित जनप्रतिनिधि ६ सय १ सभासद्लाई हुन्छ। यसो भन्दा अन्तरिम संविधान सतप्रतिशत ठीक भन्न खोजेको होइन। संशोधन गर्नुपर्ने धेरै धारा छन्। तर, संसदीय व्यवस्था मान्ने हो भने सबै विषयमा छलफल गर्ने अधिकार संसद्लाई मात्र हुन्छ, कुनै शीर्षलाई होइन। संसद्को अधिकार चिलले चल्ला टिपेजस्तै हात्तीवन र वृन्दावनमा, होटल र्‍याडिसन, रिसोर्टहरूमा लाँदा हाम्रा सभासद् चुपचाप छन्। आफ्नो अधिकार सदुपयोग गर्न नसक्नेले नयाँ संविधानमा जनताको अधिकार कसरी सुरक्षित गर्न सक्लान्?


सभासद्ले व्यवस्थापिका संसद् र संविधान निर्माणको काम गर्ने अधिकार पाएका छन्। नेपालको राजनीतिको हलो सरकार गठन, नयाँ संविधान निर्माण र लडाकुको व्यवस्थापनमा अड्केको छ। पहिला सरकार गठन, अनि नयाँ संविधान निर्माण र लडाकुको व्यवस्थापन गरौं भन्ने एक थरीको प्रस्ताव छ। अर्को थरी प्रस्ताव लडाकु व्यवस्थापन, सरकार गठन र नयाँ संविधान निर्माण। यी दुई प्रस्तावलाई सोझो आँखाले हेर्दा सरकार नै पहिला निर्माण हुनुपर्छ।

दल असफल भए पूर्वराजा सफल हुन्छन्। यो स्थिति आउन नदिन सबै जना जिम्मेवार बनौँ।

 

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


From Republica

new-traveld