Nepal Republic Media Pvt. Ltd.

Saturday
Sep 19th
Error
  • Error loading feed data.

जनकपुर चुरोटको बाटोमा टेलिकम

smaller text tool iconmedium text tool iconlarger text tool icon
नेपाल टेलिकमको यही हाल रह्यो भने आज एकाधले 'याक' चुरोट खाएजस्तै भोलि एकाधको हातमामात्र टेलिकमको मोबाइल देखिने अवस्था आउनेछ।


व्यावसायिक सफलता सगरमाथा शिखर होइन जहाँ पुग्न र पुगेर झर्न बराबर गाह्रो हुन्छ। यो त स्वयम्भुको उकालोजस्तो हो, जहाँ उक्लँदा त स्वाँस्वाँ सास फुल्छ, झर्दा भने एकै सासमा फेदैमा पुगिन्छ।

नेपाल टेलिकम पनि टुप्पोबाट गुल्टिँदै फेदीमा आइपुग्ने क्रममा छ। वर्षौंको एकाधिकारपूर्ण बजारले गुल्टाइको गति अलि धिमा हुन्थ्यो होला। तर, बुद्धिमा बिर्को लागेर आफ्नै जरा उखेल्न जसरी उद्यत देखिँदैछ, अबको दस वर्षमा ऊ दाँत फुक्लेको बूढो बाघजस्तो ओढारमा बसेर सिकार कुर्ने दसामा पुग्ने देखिन्छ।

टेलिकमलाई तीन प्रकारका गुरुत्वाकर्षणले फेदीतिर तानेको तान्यै छ - एउटा, गुणस्तर सुधार्न पटक्कै ध्यान नदिने अनुत्तरदायी प्रवृत्ति। दोस्रो, आफ्नो सामुन्नेबाटै बलियो प्रतिस्पर्धी हुँकार गरेर हुरहुरिँदै आइरहेको देखिदेखी आँखामा इतिहासको रागमा नदेखेजस्तो गर्ने हेलचेक्य्राहा हरकत। तेस्रो, उपभोक्तालाई सडकका पशु ठान्दै (जसका गोजीमा मोबाइल भिराइदिएर उसले मान्छे बनाउने कृपा गरिदिएको छ!) तिनका गुनासा सुनेको नसुन्यै गर्ने मूढे पारा।

संसारभर यी तीन गुरुत्वाकर्षणले नै हो, मै हुँ भन्ने एकसेएक कम्पनी वा व्यक्तिलाई आकासको उचाइबाट झारेर धर्तीको धुलोमा मिलाइदिएको। त्यसैले, आँखामा आग्रह-पूर्वाग्रहको चस्मा नचढाई हेर्ने हो भने दृश्य सफा छ - नेपाल टेलिकम भोलिको जनकपुर चुरोट कारखाना बन्ने हो। किनभने, जनकपुर चुरोट कारखाना पनि हिजो नेपाल टेलिकमै थियो।

उसका लापरवाही, उर्बौला हरकत र लिँढे पारा अहिले आफ्नो उत्कर्ष शक्तिप्रदर्शनमा छ। यसको पछिल्लो उदाहरण - प्रतिस्पर्धी एनसेलले थि्रजी मोबाइलको महसुल घटाएपछि टेलिकमले कडा आपत्तिमात्र जनाएन, यो क्षेत्रको नियामक संस्था दूरसञ्चार प्राधिकरणलाई हस्तक्षेप गर्न पत्रै पठायो।

खासगरी भिडियो कलमा एनसेलले दिन थालेको सस्तो सेवामा टेलिकमको आपत्ति रहेछ। टेलिकमको प्रिपेडबाट भिडियो कल गर्दा मिनेटको ५ रुपैयाँ लाग्छ। यही सेवा एनसेलले १ रुपैयाँ ९९ पैसामा दिइरहेको छ। एनसेलले कर्पोरेट अफरअन्तर्गत 'क्लोज युजर गु्रप' खडा गरेर मिनेटको ६० पैसामा सेवा दिनुले पनि टेलिकमको टाउको दुखेको छ। यसले विभिन्न व्यावसायिक घराना र दूतावास एनसेलतिर सरिसकेका छन्। ब्ल्याकबेरी सेवा सुरु गरेपछि त उसको आकर्षण झनै बढेको छ।

यसमा टेलिकमको तर्क छ - बजारको अवस्था, ग्राहकको आधार नहेरी एकैचोटि मूल्य घटाउँदा अस्वस्थ प्रतिस्पर्धा भई आफूलगायत साना कम्पनी धराशायी हुनेछन्।
तर, यो तर्क टेलिकमको सोच र सेवाजस्तै परम्परागत हो।

अन्तर्राष्ट्रिय जगत्मा बजार प्रतिस्पर्धाको अवधारणा भर्खर-भर्खर सुरु भएका बेला यस्तो सिद्धान्त आएको थियो। ठूला कम्पनीले आफ्नो एकाधिकार कायम राख्न सस्तो सेवा दिएर साना कम्पनीलाई नाश गर्छन् र एकाधिकारको फाइदा उठाउँछन् भन्ने सिद्धान्त त्यतिखेरै बजारशास्त्रीले दिएका हुन्। तर, बदलिँदो विश्व बजारमा यसको सान्दर्भिकता क्रमशः घट्दै गएको छ। उहिले कम्पनीहरू शक्तिशाली हुन्थे, उपभोक्ता अज्ञानी। कर्पोरेट जगत् आफूलाई बजारका मूल्यमान्यताबाट माथि राखेर साम्राज्यवादी शक्तिको भूमिकामा देख्थे। अहिले स्थिति त्यस्तो छैन। कम्पनीहरू शक्तिशाली छन्, तर उपभोक्ता अज्ञानी छैनन्। कर्पोरेट जगत् बजारका मूल्यमान्यताले थिचिएका छन्। आजको प्रतिस्पर्धाको युगमा उनीहरू साम्राज्यवादी शक्ति होइनन्, सेवामूलक संस्था हुन्। तिनको आधार उपभोक्तालाई रिझाउनुबाहेक अर्को कुनै छैन।

यस सन्दर्भमा एनसेलले आफ्नो क्षमताअनुसार सस्तो सेवा दिनु अस्वस्थ प्रतिस्पर्धा होइन, बरु उसले सस्तो सेवा दिएकोमा आपत्ति जनाउनुचाहिँ टेलिकमको अस्वस्थ प्रतिस्पर्धा हो। पराजित मानसिकताको उपज हो। मानसिक रूपमै हारिसकेको अनुभूत गर्ने कम्पनी कहिल्यै उँभो लाग्न सक्दैन। उसको डरले नै उसको विनाश निम्त्याउँछ।
नेपालको दूरसञ्चार क्षेत्रमा आज पनि सबभन्दा ठूलो कम्पनी टेलिकमै हो। उसको जत्तिको ग्राहक आधार अरू कुनै कम्पनीको छैन। यस्तोमा टेलिकमले सस्तो सेवा दिँदा एनसेलले आपत्ति जनाउनुलाई बरु जायज मान्न सकिन्थ्यो। उसले साना कम्पनीलाई विस्थापित गरेर आफ्नो एकाधिकार लाद्न खोजेको हो कि भन्न मिल्थ्यो। तर, यहाँ त एउटा सानो कम्पनीले ग्राहक आधार बढाउन सस्तो सेवा दिइरहेको छ। प्रतिस्पर्धाले उपभोक्तालाई लाभ हुन्छ भनेकै त्यही भएर हो। अनि यो सब बिर्सेर अहिल्यै बजारमा एकछत्र राज गरिरहेको अजंगको कम्पनीले ओंठमुख सुकाउँदै आफ्नो रोइलो सुनाउनु हास्यास्पद भएन र?
संसारको सबभन्दा ठूलो सफ्टवेयर उत्पादक माइक्रोसफ्टको उदाहरण यहाँनिर सान्दर्भिक हुन्छ।

केही वर्षअघि माइक्रोसफ्टले आफ्नो 'विन्डोज प्याकेज'मा मिडिया प्लेयर सेवा निःशुल्क दिन थाल्यो। साना प्रतिस्पर्धी कम्पनीले यसमा आपत्ति जनाउँदै युरोपेली संघमा मुद्दा हाले। संघले माइक्रोसफ्टलाई गलत ठहर्‍याउँदै उच्च रकम हर्जाना तिरायो। निःशुल्क सेवा पनि प्याकेजबाट हटाउन लगायो।

यहाँ माइक्रोसफ्ट ठूलो कम्पनी हो। उसले सस्तो सेवा दिँदा साना कम्पनीहरू प्रतिस्पर्धामा टिक्न नसकेर विस्थापित होलान् र भोलि माइक्रोसफ्टकै एकछत्र राज सुरु होला भन्नेमा युरोपेली संघ सचेत देखियो। त्यही सहुलियत सानो कम्पनीले दिएको भए न माइक्रोसफ्टले आपत्ति जनाउन पाउँथ्यो, न उसको आपत्तिलाई संघले गम्भीररूपमा लिन्थ्यो। टेलिकमले आपत्ति जनाउनु भनेको पनि यो घटनामा माइक्रोसफ्टले आपत्ति जनाउनुजस्तै हो, जसको कुनै आधारै छैन।

टेलिकमले भनेजस्तै भोलि एनसेलले आफ्नो बजार हिस्सा दुरुपयोग गर्दै भाउ बढाउन खोजे भने के उपभोक्ता चुप लागेर बस्लान्? त्यतिखेर उनीहरू फेरि टेलिकमतिरै नसर्लान्? आज जनकपुर चुरोट आफ्नो अस्तित्व रक्षामा सीमित छ, तर त्यसो भन्दैमा के सूर्य टोबाकोले धमाधम चुरोटको भाउ बढाएको छ र?

टेलिकमले बु‰नैपर्ने कुरा के भने, आज सस्तो सेवा पाएरमात्र उपभोक्ता एनसेलतिर सरेका होइनन् वा, सर्दैनन्। उसको गुणस्तर हेरौँ, के त्यो प्रयोग गर्न लायक सेवा छ? एक कल फोन गर्न दसचोटि डायल गर्नुपर्ने र त्यो पनि कुरा गर्दागर्दै घरिघरि लाइन काटिने भएसम्म कुन उपभोक्ता पुरानो कम्पनी हो भन्दै टेलिकममै टिकेर बसिरहलान्?
मंगलबार बिहान यो लेख लेखिरहँदा मेरो मोबाइलमा तीनवटा कल आए। ती तीनै कल कुरा गर्दागर्दै बीचमै काटिए। कुरो टुंग्याउन प्रत्येकलाई मैले फेरि कल गर्नुपर्‍यो। मेरो समय पनि नष्ट भयो, पैसा पनि खेर गयो।

टेलिकमका हामी सबै उपभोक्ताले दिनहुँ यही समस्या भोगिरहेका छौं।

मेरा एकजना साथी छन्, नयाँ बानेश्वर बस्ने। ह्वाइट हाउस कलेजनिरै। फोन गर्दा घरैमा भए उनले प्रत्येकचोटि हत्तपत्त एनसेलको नम्बर टिपाउँछन्। किनभने, उनको घरमा कुरा गर्दै गएपछि एकछिनमा टेलिकमको लाइन आफैं काटिन्छ। फेरि गर्‍यो, लाग्दै लाग्दैन। हार खाएर उनको घरमा सबैले एउटा एउटा एनसेल लिएका छन्। उनले घरबाहिर छँदा टेलिकम प्रयोग गर्छनर भने घरभित्र एनसेल।

भनेपछि, सफलताको उचाइमा रहेको टेलिकमलाई गुरुत्वाकर्षणले जस्तो फेदीतिर कसले तानिरहेको छ? एनसेलले? कि, उसकै लापरवाही, अनुत्तरदायी व्यहार र लिँढे ढिपीले? र, एनसेललाई उँभो लगाउने उसको सस्तो सेवा हो कि, टेलिकम आफैं?

उहाँ भने वर्षको करोडौं नाफा गर्‍यौँ भनेर टेलिकमका कर्मचारी लाभांश खान्छन्। तर, त्यो नाफा उपभोक्ताले तिरेको शुल्कबाट आएको हो, त्यसको लाभ उपभोक्तालाई फिर्ता गर्नुपर्छ भन्ने चेत चाहिँ तिनमा कहिल्यै आउँदैन।

प्रतिस्पर्धाकै कुरा गर्दा आज पनि टेलिकम धेरै ठाउँमा सरकारद्वारा निर्माण गरिएका पूर्वाधार नै उपभोग गरेर बसिरहेको छ। निजी कम्पनीलाई यो सुविधा उपलब्ध छैन। यो हेर्दा त उसको शुल्क र गुणस्तर त्यसै पनि अरू सबै कम्पनीभन्दा आकर्षक हुनुपर्ने हो। तर, बरु बाँदरले आफ्नो घर आफैं बनाउला, टेलिकमले भने चिरिँदै गएको आफ्नो धरातललाई पुनर्जीवन दिनेतर्फ कहिल्यै ध्यान दिएको पाइन्न।

यही रवैया रह्यो भने टेलिकमले जनकपुर चुरोट कारखानामा आफ्नो भविष्य देखे हुन्छ। कुनैबेला नेपाली बजारमा एकछत्र राज गरेको जनकपुर चुरोट आज थोत्रो गाडीजस्तो जेनतेन घिस्रिरहेको छ। र, त्यसको ठाउँ लिएको छ, सूर्य टोबाको कम्पनीले। ऊ नयाँ नयाँ ब्रान्ड ल्याउँछ, बजार प्रबर्द्धनमा टन्न लगानी गर्छ, त्यही भएर चम्केको छ। जनकपुर चुरोट भने बाहिरबाट हेर्दा पुरानो कम्पनीको रबाफमात्र छ, भित्रभित्रै भ्रष्टाचार र अनियमितताले खोक्रो। पहिले पहिले जनकपुर चुरोटलाई धराशायी बनाउन सूर्य टोबाकोले नै आफ्नो मान्छे घुसाएको छ, त्यहाँको व्यवस्थापनलाई पैसा खुवाएको छ भन्ने सुनिन्थ्यो। टेलिकमले आफ्नो गुणस्तरमा एकरत्ति ध्यान नदिनुको कारण पनि कतै त्यही त होइन?

जे भए पनि टेलिकमले आफूलाई नम्बर एकको स्थानमा सुरक्षित राख्ने हो भने 'उपभोक्ता नै भगवान् हुन्' भन्ने सिद्धान्त अनुसरण गर्दै आजै गुणस्तरमा ध्यान दिनुपर्छ। नभए, आज एकाधले 'याक' चुरोट खाएजस्तै भोलि एकाधको हातमामात्र टेलिकमको मोबाइल देखिने अवस्था आउनेछ।

 

प्रतिक्रियाहरू (22)Add Comment
0
Kul GC
November 17, 2010
124.137.210.75
भोट: +0
...

Real analysis....
I just remember a proverb "we can befool few people for long time, many people for short time, but not all people for all times". Let's hope government protected corporations of Nepal including Nepal Telecom would learn sth. from this article.....
thanks a lot for the columnist...!

0
jagannath je
November 17, 2010
86.96.229.88
भोट: +0
...

dhari ramro , ho ma pani sahamat 6 yo article ma

0
kale
November 17, 2010
116.68.209.30
भोट: +0
...

lekh bado sandarvik ra yetartha laagyo! Keep it up!

0
Dr. Ranjan Kumar Dahal
November 17, 2010
133.92.148.169
भोट: +11
...

Excellent. I use use Ncell in home, because there is no signal of NTC. NTC sucks.
Many thanks for timely writeup.
Ranjan K Dahal

0
BIJAYA
November 17, 2010
192.18.1.36
भोट: +5
...

NTC always sucking its customers before and customers didn't have choice that time, but now NTC is afraid that they cannot do whatever they like to do thats why NTC have strong objections for its competitors. Everybody knows that competition is always good for customers.

0
Pradeep Dahal
November 17, 2010
124.41.252.2
भोट: +1
...

the writer's view is % correct.....................be care ful NTC...............and take action fastly

0
ak
November 17, 2010
78.149.253.154
भोट: +1
...

yes 100% i agree with columnist had perfectly and without biased analyse current situation of telecommunication market of Nepal, though NTC has get and utilised the government resources they cannot improved the quality instead of that NTC management is seems to be happy and think success by showing their revenue and profit.'' As columnist said one day NTC will be like Janakpur churot karkhana if the NTC management doesn't give attention and concentrate about the Quality service''........... So the NTC management has to ready to play fair game of competition instead of blaming other rival

0
veer
November 18, 2010
202.70.69.213
भोट: +0
...

This article is intentionally financed from antinational forces. Nepal telecom is state run telecom company. Ncell is not. It is true that decision making process in NT is slow compare to Ncell. Still there are strong pool of expereinced technological expertises. NT networks is big. NT customers are big. But Ncell is not like that.
Since more users, so compalining may be heard more but the problems are solved as soon as possible. NT will be always number one.

0
Gopal
November 18, 2010
116.68.209.30
भोट: +2
...

Ncell is the best friend of Mobile users, Various services, lowest price, quality assurance. Keep it up Ncell. Continue NTC with your old train we are on supersonic train that's Ncell.

0
Kishore
November 18, 2010
116.68.209.30
भोट: +1
...

NTC thinks that he has the greater users and he is the number one tax payer on this nation. NTC hasn't shown any resposibility towards it's subscribers. Till the date i found it has good image on its subscribers its only because of its fixed telephone lines, which is in most of the user's houses, offices. When we talk about GSM mobile, NCELL holds number 1 position for this. There is no comparison in quality service, low price, coverage etc. It is also observed that the NCELL customers are fully satisfied from its service. NCELL has made some soft corner in its user's heart .

0
Krishna444
November 18, 2010
83.255.48.115
भोट: +0
...

good analysis!!! I appreciate this. A nation representing large company cant do such nonsense things opposite to people demand.

0
kaalu
November 18, 2010
137.224.233.101
भोट: +0
...

Thank you very much for realistic article. Its true that NTC has only option to objection regarding the diminishing call tariff by other companies because they still want to suck up consumers rather than service. Initially we have no other option so that we have to use NTC at any cost. Now we have many options even better service and facility than NTC though they are not quite spread all around country.

0
Som Bhattarai
November 18, 2010
66.234.130.201
भोट: +0
...

Then why you are still using NT mobile?
Simple answer: it is better.

0
shakti
November 18, 2010
202.79.45.214
भोट: +2
...

Aba jati moj garne garisake NTC ka staff le, hamro paisa le bonus khalas aba!

0
Murari
November 18, 2010
202.70.77.57
भोट: +3
...

Badhai chha sathi .paisa ta ncell le ramrai diya jasto chha.mano ko sojho garechhau.timile pani aafno gurutwakarsan dherai naghatau.aasa chha ncell ko kanuni sallahakarma niukta hunchhau hola. Best of luck for Your life.

0
ghanshayam
November 18, 2010
202.70.77.57
भोट: +0
...

Upabhoktabadi hau ki ncell ko marketing Agent ?
Yetro barsha upabhoktako pachha ma lekhyau tara Dam khasai kamai bhayena kyara , aaehile ncell ko pachhyama lekhera lohar ko yekai chot garyau hoina.Well don keep it up.

0
sagar
November 18, 2010
124.41.222.208
भोट: +0
...

NTC Sucks, ADSL ko service pani khattam cha. ADSL bigriyo bhane customer le paoonu sasti paoocha. sasto bhayera pani ma adsl chaloona kasailai refer gardina.
subidha ko lagi aru company rojnus, awasyakta ko lagi ntc (where there is no other company presence)

0
Prem Bahadur Rai
November 18, 2010
113.199.136.94
भोट: +0
...

atyanta damdar chha yo lekh.

0
shyam neupane
November 18, 2010
113.199.174.254
भोट: +0
...

very nice . i like very much. keep it up.

0
KBL
November 18, 2010
202.79.37.23
भोट: +0
...

Very well written article, very informatic, especially for NTC (shareholders)...be aware might need some public pressures!!!!!!!

0
rama
November 18, 2010
114.78.226.251
भोट: +0
...

NTC will be a "Sajha Bus" in future. This parasite must go down.

0
binod
November 18, 2010
202.70.66.227
भोट: +6
...

Sudip ji, ur comparing Ncell and NTC but compare once with other operaotrs like UTL, Smart Tel, Nepal Satellite.. what will happens their future ..Analysis basis on that as well. NTC is not saying it causess the porblems to NTC only its talking about train ur following and causing the problems for other operators.. u know NCELL is operated from Dollers from aborad but other operators Smart Tel , Nepal Satellite operates from Nepali currency... what happens to them when Ncell does this.....its not only the problems of NTC its the problems of whole telecom operators operating in nepal..U've no attachment with other nepali operators which are surving for remote places of nepal....U know one thing NCELL always pays penalties for Nepal Tecom Authority for not operating service in remote part of the country. It only sees the profit and transfer whole profit back to abroad... Keep in mind this as well.

प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


From Republica

new-traveld