Error
  • Error loading feed data.

फोटो राख्ने भएपछि आधा मतदाता घटे

पोखरा, २४ मंसिर- कास्कीमा मतदाताको सङ्ख्या अनपेक्षितरुपमा घटेको छ। तस्बिरसहितको मतदाता नामावली सङ्कलनका क्रममा जिल्लामा मतदाता घटेको रहस्य खुलेको हो। संविधानसभाको निर्वाचनमा पोखरा उपमहानगरपालिकामा एक लाख ६ हजार पाँच सय ३८ मतदाता रहेकामा फोटोसहितको मतदाता नामावलीमा ५५ हजार सात सय ८६ ले नामाङ्कित गराएका छन्।
विस्तृतमा

कुटाकुटबारे असन्तुष्ट समूहले पार्टी अध्यक्षलाई उजुरी बुझाउने

काठमाडौं, मंसिर २४ (नागरिक) कार्यविभाजनमा एकलौटी गरेको र आफूहरुमाथि कुटपीट गरेको भन्दै अनेरास्ववियुको असन्तुष्ट समुहले संगठनका अध्यक्ष माधव ढुंगेल र उनको समुहका विरुद्ध पार्टी अध्यक्ष झलनाथ खनालसमक्ष उजुरी गर्ने भएका छन्।
विस्तृतमा

'माओवादी नेताले छोराछोरी निजी विद्यालयबाट निकाल्नुपर्छ'

काठमाडौं, मंसिर २४ (नागरिक) - माओवादी भातृ संगठन अखिल (क्रान्तिकारी)को शुक्रबारदेखि सुरु हुने १८ औं राष्ट्रिय सम्मेलनले निजी शिक्षा विरुद्ध अभियान थाल्न आफ्ना नेताका छोराछोरीलाई निजी विद्यालयबाट निकाल्नुपर्ने नीति प्रस्ताव गर्ने तयारी गरेको छ।
विस्तृतमा

कागजबिहिन अदालत बनाउन तालिम

काठमाडौं, मंसिर २४ (नागरिक) - 'पेपरलेस कोर्ट' को अवधारणा अनुसार काठमाडौं जिल्ला अदालतका न्यायाधीशलाई कम्प्युटर आधारभुत तालिम तथा युनिकोड टाइपिङ्ग सिकाउन सुरु गरिएको छ।
विस्तृतमा

देउवापक्षीय जिल्ला सभापति भेला आज

काठमाडौं, मंसिर २४ (नागरिक)- पदाधिकारी मनोनयन विषयमा विवाद चर्किरहेका बेला कांग्रेस नेता शेरबहादुर देउवाले शुक्रबार आफू निकट जिल्ला सभापतिहरुको भेला बोलाएका छन्। देउवा निवास बुढानिलकण्ठमा दिउँसो २ वजे बोलाइएको भेलामा राजधानीमा उपलव्ध तीन दर्जन जिल्ला सभापतिलाई निम्ता गरिएको छ।
विस्तृतमा

वंगलादेशी र नेपाली मूलका भारतीय नक्कली राहदानीका ग्राहक

सुरेन्द्र पौडेल, काठमाडौं, मंसिर २४ - हस्तलिखित राहदानीको खरिदबिक्री परराष्ट्र मन्त्रालय परिसरमै भइरहेको छ। सुरक्षा दृष्टिले कमजोर मानिएको हस्तलिखित राहदानी वितरण पुष २१ गतेबाट बन्द हुने भएपछि राहदानी खरिद बिक्री गिरोह नै पासपोर्ट संकलन कार्यमा लागेको प्रहरीको प्रारम्भीक अनुसन्धानले देखाएको छ।
विस्तृतमा

नोवेल पुरस्कार समारोहमा नजान निर्देशन नआएको दूताबासको भनाइ

काठमाडौं, मंसिर २३ (नागरिक)- लन्डनस्थित नेपाली दूताबासले नोवेल पुरस्कार समारोहमा नजान सरकारले निर्देशन नदिएको दाबी गरेको छ। नागरिकन्युजमा बुधबार प्रकाशित समाचारलाई लिएर विज्ञप्ति जारी गर्दै ओहोदाको प्रमाणपत्र नबुझाउन्जेल राजदूतले सम्बन्धित देशको औपचारिक समारोहमा सामेल हुन नमिल्ने कुटनीतिक मान्यता रहेको प्रस्टिकरण दिएको छ।
विस्तृतमा

हामीले मात्र सक्दैनौँ, जनताले नै भ्रष्टाचार रोक्नुपर्छः कानुनमन्त्री

बद्रीकुमार न्यौपाने, काठमाडौं, मंसिर २३- कानुन तथा न्याय मन्त्री प्रेमबहादुर सिंहले दह्रो राजनीतिक इच्छा शक्ति बिना भ्रष्टाचार निर्मुल हुन नसक्ने बताएका छन्। 'जनस्तरबाटै यसलाई रोक्न चासो दिनुपर्छ,' उनले अगाडि भने, 'संवैधानिक निकायले मात्र यसलाई रोक्न संभव छैन।'
विस्तृतमा

मूल्य वृद्धि फिर्ता नभए माओवादीले जनतालाई सडकमा आउन आह्वान गर्ने

भ्रष्टाचार छानबिन गर्न समिति बनाउ-
काठमाडौं, मङ्सिर २३ (नागरिक)- पेट्रोल, डिजेल, मट्टितेल र ग्यास सिलिण्डरमा भएको मूल्य वृद्धिलाई असामयिक र अपारदर्शी भन्दै माओवादीले त्यसको विरोध गरेको छ। उसले मूल्य वृद्धि फिर्ता नभए जनतालाई सडकमा आउन आह्वान गर्ने पनि जनाएको छ।
विस्तृतमा

योग गुरु रामदेवको स्वागत गर्न कार्यवाहक प्रधानमन्त्री विराटनगरमा

अजित तिवारी, विराटनगर, मंसिर २३- योग गुरु रामदेव विभिन्न कार्यक्रममा सहभागी हुन बिहीबार दिउँसो विराटनगर आइपुगेका छन्। बाबा रामदेवको स्वागत गर्न कार्यवाहक प्रधानमन्त्री विजयकुमार गच्छदार र आपूर्ति मन्त्री राजेन्द्र महतो विराटनगर पुगेका छन्।
विस्तृतमा

माओवादी विद्यार्थीको चहलपहल तीब्र

कीर्तिपुर, मङ्सिर २३ (नागरिक)- माओवादीको विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीको शुक्रबार सुरु हुने राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधि, पर्यवेक्षक आउने क्रम तीब्र भएको छ। सम्मेलनका कारण कीर्तिपुर क्षेत्रमा चहलपहल निकै तीब्र भएको छ। सम्मेलनमा १ हजार ८ सय १८ जना प्रतिनिधि जम्मा हुने जानकारी दिइएको छ।
विस्तृतमा

माओवादी शिक्षकद्वारा प्राचार्यमाथि हातपात

सुरक्षाको माग गर्दै अनिश्चितकालिन विद्यालय बन्द
कमल थापा, रुकुम,मंसीर २३- एकिकृत नेकपा माओवादी निकट शिक्षकले प्राचार्यमाथि हातपात गरेका छन्। माओवादी निकट अखिल नेपाल शिक्षक संगठनमा आवद्ध शिक्षक डिल्लीबहादुर डाँगीले त्रिभुवन जनता उच्च माद्यमिक विद्यालय खलंगाका प्राचार्य मीनवहादुर पुनमाथि हातपात गरेका हुन्।
विस्तृतमा

'जनताको' शब्द राख्नैपर्ने माओवादी अडान

काठमाडौं, मंसिर २३ (नागरिक)- एकीकृत माओवादीले नयाँ संविधानको प्रस्तावनामा 'लोकतान्त्रिक गणतन्त्र' राख्न सहमति जनाए पनि त्यसको अगाडि 'जनताको' शब्दावली थप्नैपर्ने अडान लिएको छ। यसअघि 'जनताको संघीय गणतन्त्र' उल्लेख गर्नुपर्ने अडानमा रहेको माओवादी बुधबार कार्यदल बैठकमा 'जनताको संघीय लोकतान्त्रिक गणतन्त्र' राख्न भने सहमत भएको छ।
विस्तृतमा

एमाले अखिलमा ओली-खनाल पक्षबीच कुटाकुट, कम्तिमा १३ घाइते

किरण पुन, काठमाडौं, मंसिर २३- दुई महिनाको विवादपछि बसेको एमाले अखिलको पहिलो बैठकमै अध्यक्ष झलनाथ खनाल र स्थायी समिति सदस्य केपी ओली पक्षबीच कुटाकुट भएको छ। दुई पक्षबीच पद बाँडफाँट लगायत प्रस्तावमा विवाद भएपछि हात हालाहाल हुँदा कम्तीमा दर्जन विद्यार्थी नेता घाइते भएका छन्।
विस्तृतमा

अध्यक्षका लागि क्रान्तिकारीमा तीव्र लविङ

काठमाडौं, मंसिर २२ (नागरिक)-एकीकृत माओवादीको भातृ संगठन अखिल क्रान्तिकारीको १८ औं सम्मेलनबाट नेतृत्व कसले लिने भन्ने विषयमा तीन विद्यार्थी नेताबीच सहममति जुटन सकेको छैन। शुक्रबारदेखि सुरु हुने राष्ट्रिय सम्मेलनको पूर्व सन्ध्यामा उनीहरुबीच आ-आफ्नो लबिङ्ग सुरु गरेका छन्।
विस्तृतमा

माओवादी सभासद सर्वोच्चमा

विनिता दाहाल काठमाडौं, मंसिर २२- माओवादी पार्टीका सभासद् केशब राईले आफूलाई ओखलढुंगा जिल्ला अदालतले ज्यान मुद्दामा अभियुक्त फरार भएको भन्दै पक्राउ गर्न प्रहरीलाई दिएको आदेशविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। ओखलढुंगा क्षेत्र नम्बर १ बाट निर्वाचित राईलाई जिल्ला अदालतले कांग्रेस कार्यकर्ता पदमबहादुर तामाङ्गलाई ०६२ साउन १९ गते अपहरणगरी हत्या गरेको अभियोग लगाएको थियो।
विस्तृतमा

तीन दलको सहमतिबिना अधिवेशन बोलाउन हुन्न : बिजुक्छे

संविधानमा 'जनयुद्ध' शब्द राख्‍नुहुन्न-
भक्तपुर, मङ्सिर २२- नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सरकारले विशेष अधिवेशन वा नियमित अधिवेशन जुन बोलाए पनि तीन दलको सहमतिविना बोलाइए त्यो औचित्यहीन हुने बताएका छन्।
विस्तृतमा

कङ्ग्रेसमा विवाद चर्कदो, देउवाले आफ्नो गुटको छुट्टै भेला गर्दै

गोविन्द परियार, काठमाडौं, मंसिर २२ - कांग्रेसमा पदाधिकारी मनोनयनका बारेमा विवाद देखिएका बेला वरिष्ठ नेता शेरबहादुर देउवाले आफु पक्षीय नेताहरुको छुट्टै भेला बोलाएका छन्। आगामी शुक्रबार देउवा निवासमा बोलाइएको भेलामा उनी निकट केन्द्रीय सदस्य, पदाधिकारी मनोनयन प्रस्तावको विपक्षमा रहेका सदस्यहरु, पुर्व केन्द्रीय सदस्य र सभासद्लाई बोलाइएको छ।

विस्तृतमा

'जनयुद्ध' विवादमा माओवादी नरम

माधव ढुङ्गेल, काठमाडौं, मंसिर २२ - एकीकृत माओवादीले नयाँ संविधानको प्रस्तावनामा 'जनयुद्ध' भन्ने शब्द नलेखी यसलाई व्याख्यात्मक टिप्पणीमा मात्र राखे पनि चित्त बुझाउने भएको छ। यसअघि प्रस्तावनामा 'ऐतिहासिक जनयुद्ध' लेख्नुपर्ने अडानमा रहेको माओवादी व्याख्यात्मक टिप्पणीमा मात्र 'माओवादी जनयुद्ध' लेख्न सहमत भएको हो।
विस्तृतमा
  • «
  •  Start 
  •  Prev 
  •  1 
  •  2 
  •  3 
  •  4 
  •  5 
  •  6 
  •  7 
  •  8 
  •  9 
  •  10 
  •  Next 
  •  End 
  • »
Page 1 of 18
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


राजनीति

From Republica

new-traveld