Error
  • Error loading feed data.

संसद पंगु भइसक्यो, यहाँबाट निकास आउन्न : ओली

smaller text tool iconmedium text tool iconlarger text tool icon
अप्रिय बाटो रोज्न माओवादीले बाध्य बनायो- 
टेकनारायण भट्टराई, पाल्पा, कात्तिक २७ - नेकपा एमालेका बरिष्ठ नेता तथा स्थायी कमिटी सदस्य केपी शर्मा ओलीले माओवादी बजेट ल्याउन सहमत नभए अध्यादेशबाट बजेट घोषण हुने बताएका छन्। उनले संसदको बाटो भएर बजेट ल्याउने विकल्प कम्जोर बनेको भन्दै अध्यादेशबाट बजेट ल्याउने ठोकुवा गरे।
लोकतान्त्रिक विधिबाट बजेट ल्याउने चाहनामा माओवादीले कुठाराघात गरेकोले अप्रिय बाटो रोज्नु परेको उनले बताए।

शनिबार अर्घाखाँचीको अर्घातोषमा शहिद हुमानन्द बन्जाडेको शालिक अनावरण गर्दै नेता ओलीले मंसिरको पहिलो सातामै बजेट जारि हुने बताए। उनले बजेट घोषणा गर्न सबै तयारि भैसकेको मात्रै माओवादीले मान्ला कि भनि कुरेको बताए।

'माओवादीले कतिसम्म धकेल्दोरैछ हामी हेर्दैछौं,' उनले भने, 'ढिकमै पुर्‍याओस् अनि हामि कसरि छक्यार बजेट ल्याईदिन्छौ देखिन्छ।' उनले अन्तिमसम्म माओवादीलाई सहमतिमा ल्याउन कोसिस गर्ने बताए। 'सहमति हुन्न भने बाटा अरुपनि छन्,' उनले भने।

ओलीले संसदलाई लाई माओवादीले पंगु बनाएको आरोप लागाए। 'संसदबाट सबै समस्याको समाधान हुँदैन। यो पंगु भैसक्यो। त्यसैले यहिँबाट निकास निकाल्छ भनेर बस्नु बेकार छ।' माओवादीले संसद चल्न नदिएको र बखेडा झिकेर पंगु बनाएको बताए। राष्ट्रपति शासनको संभावनाका बारे सोधिएको प्रश्नमा उनले 'पर्खेर हेर्न' भने।

माओवादी र एमाले नदीका दुई किनारा भएकाले दुई शक्तिबीच कहिल्यै एकता नहुने ओलीले प्रष्ट पारे। 'माओवादी कम्युनिष्ट नै हैन, अनि कसरी सहकार्य र एकता हुन्छ?' हत्या, हिंसा, लुट र अपहरणमा माओवादीको बानि भैसकेको भन्दै ठूलो अपराधिक गिरोह माओवादी भएको उनले आरोप लगाए। संविधानसभा समाप्त पार्ने र सर्वसत्तावाद लाद्ने मनसायमा माओवादी रहेको बताए। हिंसा त्यागेर सेना विघटन भए मात्रै माओवादीले सत्ताको बागडोर सम्हाल्न पाउने नत्र नपाउने उनको भनाई थियो।

ओलीले आगामी केन्द्रीय समिति बैठकले नयाँ निर्णय गर्ने र वर्तमान राजनीतिक गतिरोधको अन्त्य हुने बताए। तर कस्तो निर्णय हुने भन्ने केही खुलाएनन्।

एमाले पोलिटब्युरो सदस्य प्रदिप ज्ञवालीले माओवादीलाई हतियार र सेना छाड्न आग्रह गरे। 'यहि अवस्थामा माओवादीलाई सत्ता सुम्पनु मुर्खता हुन्छ।' उनले भने, 'माओवादीको मनसाय सबै दललाई समाप्त पारेर एकछत्र राज गर्ने रहेको छ, त्यो मनसाय कदापि पुरा हुनेछैन।'
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


राजनीति

From Republica

new-traveld