Error
  • Error loading feed data.

'फैसलाका आधारमा राजनीतिक स्तरमा छलफल गर'

smaller text tool iconmedium text tool iconlarger text tool icon

काठमाडौं, कात्तिक २८ (नागरिक) - कांग्रेस निकट कानुन व्यवसायीहरुले राजनीतिक स्तरमा छलफल चलाएर प्रधानमन्त्रीमा निर्विरोध निर्वार्चित हुन कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेललाई सुझाव दिएका छन्। शनिबार बिहान कांग्रेस निटक आधा दर्जन कानुन व्यवसायीसँगको परामर्शमा राजनीतिक स्तरमा छलफल गर्न पौडेललाई सुझाव दिएका हुन। 'सर्वोच्चको फैसलाको आसय सभामुखलाई एक्ला प्रधानमन्त्रीका उम्मेदबारलाई पटक पटक चुनाव नगराई निर्विरोध निर्वार्चित गराउनु हो भन्ने हाम्रो ठहर हो' नेपाल बार एसोसियसनका अध्यक्ष तथा पौडलसँगको परामर्शमा सहभागि कानुन व्यवशायी प्रेमबहादुर खड्काले नागरिकसँग भने, 'सर्वोच्चको फैसलालाई टेकेर राजनीतिक स्तरमा छलफल चलाउन हामीले सुझाव दिएका छौ।'

शुक्रबार केही कानुन व्यवशायीहरुले पौडेललाई निर्विरोध प्रधानमन्त्री चयन गर्ने पक्षमा सर्वोच्चको फैसला रहेको जिकिर गरेकै भोलिपल्ट पौडेलले कानुन व्यवसायीसँग छुट्टै परामर्श गरेका हुन। कानुन व्यवशायीसँगको छलफलपछि पौडेलले आफुलाई निर्विरोध प्रधानमन्त्री घोषणा गर्नुपर्ने जिकिर समेत गरेका छन्। प्रधानमन्त्री माधवकुमार नेपालले आवह्रान गरेको सत्तासाझेदार दलहरुको सयुक्त बैठकपछि संचारकर्मीहरुसँग पौडेलले सर्वोच्चको फैसलाका आधारमा आफु निर्विरोध प्रधानमन्त्री निर्वार्चित हुनुपर्ने तर्क गरेका छन्।

सार्वेच्चको फैसलामा व्यवस्थापिका संसदको नियमावलीको नियम ७ को ५ अनुसार पौडेललाई निर्विरोध निर्वार्चित गराउन सभामुखलाई सुझाव दिएको तर्क कानुन व्यवशायीहरुले गरेका थिए।

परामर्शमा सहभागि कांग्रेस सभासद् रमेश लेखकले सर्वोच्चको फैसला अनुरुप राजनीतिक स्तरमा लविङ गरी निर्विरोध निर्वार्चित घोषणा गर्न कानुन व्यवशायीहरुले सुझाव दिएको बताए। 'सर्वोच्चको फैसलाले अन्तहिन प्रधानमन्त्रीको निर्वाचनको अन्त्यगरी एक्ला उम्मेदबार रामचन्द्र पौडेललाई निर्विरोध निर्वाचन गराउन सुझाव दिएको भन्ने धारणा कानुन व्यवशायीहरुको थियो' लेखकले भने, 'सर्वोच्चको न्यायिक घोषणा भएकोले यसलाई सुझावको रुपमा लिनुपर्ने उनीहरुको तर्क थियो।'

कानुन व्यवशायीहरुले फैसलामा संसदको नियम ७ को उपनियम ५ मा पुनर्विचार गर भन्नु प्रधानमन्त्रीमो निर्विरोध निर्वाचित गर भन्नु हो भन्ने तर्क गरेका थिए।

पौडेलको कानुनी परामर्शमा वरिष्ठ अधिवक्ता वद्रीबहादुर कार्की, वसन्तराम भण्डारी र बार अध्यक्ष खड्का र अधिवक्ताहरु पूर्णमान शाक्य, महादेव यादव, कुमार रेग्मी सहभागि थिए।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


राजनीति

From Republica

new-traveld