Error
  • Error loading feed data.

प्रधानमन्त्री चुनाव स्थगित, बजेट ल्याउने सहमति

smaller text tool iconmedium text tool iconlarger text tool icon
काठमाडौं, कात्तिक २९ (नागरिक)- मुख्य दलको निर्णयपछि सोमबार हुने भनिएको प्रधानमन्त्रीको १७ औं पटकको चुनाव स्थगित हुने भएको छ। गोकर्ण गल्फ रेसोर्टमा भएको तीन दलका शीर्ष नेताको बैठकले यस्तो निर्णय गरेको हो। बैठकले बजेट ल्याउने सहमति पनि गरेको छ। माओवादी, कांग्रेस र एमालेका नेताको परामर्शमा बजेट ल्याउने सहमति भएको हो।

बैठकले बजेटबारे सरकारसँग परामर्श गर्न माओवादीका बाबुराम भट्टराई, कांग्रेसका रामशरण महत तथा एमालेका भरतमोहन अधिकारीलाई सरकारसँग परामर्श गर्ने जिम्मा दिएको छ।

गोकर्ण गल्फ रिसोर्टमा भएको बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेसका सभापति सुशील कोइराला र एमालेका अध्यक्ष झलनाथ खनाल उपस्थित थिए।

तीन दलका शीर्ष नेताको बैठकको निर्णय आए लगत्तै बसेको संसदको कार्यव्यवस्था परामर्श समितिको बैठकले मंसिर ३ गतेसम्मका लागि प्रधानमन्त्री चुनाव स्थगन गर्ने निर्णय गरेको छ। मंसिर ३ गते नै संसदमा बजेट पेश गर्ने र प्रधानमन्त्रीको निर्वाचन गर्ने दुई कार्यसूचि रहेको कानुनमन्त्री प्रेमबहादुर सिंहले मिडियाकर्मीलाई बताए।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


राजनीति

From Republica

new-traveld