Error
  • Error loading feed data.

'माओवादी सत्ता कब्जाको उपयुक्त मौका खोजीमा'

smaller text tool iconmedium text tool iconlarger text tool icon
काठमाडौं, मङ्सिर १ (नागरिक)- मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले लडाकु समायोजन गरेर शान्तिपूर्ण राजनीतिमा आउने माओवादीको योजना नै नभएको दाबी गरेका छन्। उनीहरु राज्यको सुविधामा शिविरमा तालिम दिएर उपयुक्त मौकामा सत्ता कब्जा गर्ने रणनीतिमा भएको उनले बताए।

यादवले माओवादीले संसदीय व्यवस्थालाई प्रयोग गरेर सत्ता कब्जा गर्ने रणनीतिलाई नै केन्द्र बनाएकाले समयस्या आएको दावीसमेत गरे। रिपोर्टस क्लबमा आयोजित कार्यक्रममा उनले भने- राज्य कोषबाट भत्ता खाएर शिविरमा बस्ने लडाकुहरु कुनै पार्टी विशेषको हुनै सक्दैन। लडाकुहरु माओवादीको विस्तारित बैठकमा सहभागी भए त्यो शान्ति सम्झौताविरुद्ध हुने ठोकुवा पनि उनले गरे।

दानापानी राज्यको खाने अनि कामचाहिँ पार्टीको गर्ने ? त्यस्तो हुन सक्दैन, पार्टीको काम गर्ने हो भने राज्यको दानापानी छाडेर पार्टीको काम गर्न जानुपर्‍यो, उनले भने- त्यस्ताको समायोजनको पनि कुनै औचित्य छैन। शिविर छाडेर बाहिर जाने लडाकु वास्तविक लडाकु नभएर कार्यकर्ता मात्र हुने ठोकुवा गर्दै उनले त्यस्तो भएको अवस्थामा सेना समायोजन हुँदैन।

यादवले राज्य पनि अकर्मण्यताको अवस्थाबाट बाहिर आउनुपर्ने आवश्यकता औल्याउँदै शिविर छाडेर जाने लडाकुलाई अब पार्टीमा जाओ भनेर राज्यले भन्न
सक्नुपर्ने बताए।  ठूला राजनीतिक दलहरुले संविधान निर्माण र शान्ति प्रक्रियालाई भन्दा सत्तालाई प्राथमिकतामा राखेका कारण अहिलेको अवस्था आएको दावी गर्दै यादवले संविधानमा रहेको मतभेद अन्त्य गर्न गठित कार्यदलले पनि सोही कारण केही गर्न नसकेको बताए।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


राजनीति

From Republica

new-traveld