Error
  • Error loading feed data.

राजावादी-माओवादी एक हौं : थापा

smaller text tool iconmedium text tool iconlarger text tool icon
शत्रु खुट्याउन राजावादीको माओवादीलाई सुझाव-
टेकनारायण भट्टराई, पाल्पा, मङ्सिर ७- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले पालुङ्टार बैठकबाट मुख्य शत्रु पहिल्याउन माओवादीलाई सुझाव दिएका छन्। उनले माओवादीका मुख्य शत्रु अहिलेका सरकारवादी दल र भारत भएको किटान पनि गरे।
उनीहरुबाट होसियार रहन माओवादीलाई सुझाव पनि दिए। राजावादीदेखि माओवादीसम्मलाई समेट्ने राजनीतिक व्यवस्था सम्भव भएकाले त्यसै प्रकारको राजनीतिक दिशा पक्रन आग्रह गर्दै पालुङटार बैठकले राजावादी–माओवादी एकता मजबुत हुने आशा व्यक्त गरे।

'भोलि चुनावबाट ६० प्रतिशत मत पाए पनि माओवादीलाई सरकार चलाउन दिँदैनन्’, मङ्गलबार पाल्पामा आयोजित पत्रकार सम्मेलनमा थापाले भने- बन्नै लागेको माओवादी सरकार भारतीय दूत आएर भताभुङ्ग पारेको सबैलाई थाहै छ। माओवादी सरकार बन्न राजावादी बाधक छैनौं, माओवादीलाई देखि नसहने त उनै हुन्।’

थापाले माओवादी र राजा दुवैलाई भारतले धोका दिएको भन्दै भारतप्रति निकै तिक्तता पोखे। उनले नेपाली सेनाको अभिभावक अहिले पनि राजसंस्था नै रहेको भन्दै राजाबाट खोसेर सेनालाई भारतले हात लिन खोजेको दाबी गरे। 'नेपाली सेनाको निर्णायकत्व हत्याउन भारत उद्दत छ। यसो भयो भने यो देश रहने छैन।’ उनले 'नेपाल अधिराज्य’ स्थापित हुनुभन्दा पहिले नै शाह राजाहरुले 'शाही सेना’ निर्माण गरेको हुनाले राजा र सेनाको सम्बन्ध असामान्य रहेको बताए। 'राजाबाट सेनाको अभिभावकत्व खोस्ने दु:साहस कसैले नगरे हुन्छ। सेना र राजाको नाता असामान्य छ।’

१२ बुँदे सम्झौता हुनुअगाडि माओवादीले राजासँग सहकार्य गर्ने नीतिलाई प्राथमिकतामा राखेको तर परिस्थिति फेरिएपछि तत्कालीन सात दलसँग सहकार्य गर्ने दोस्रो विकल्प माओवादीले अङ्गालेको उनले बताए। 'राजसंस्थासँग सहकार्य गर्ने माओवादीकै लाइन हो तर त्यो लाइन राजाले मानेनन्।’ उनले थपे- अध्यक्ष दाहालजीले राजासँग र बाबुरामजीले भारतको सहयोगमा नेपालका दलहरुसँग मिल्नुपर्छ भन्ने टकराव हुँदा बाबुरामजीलाई पार्टीले नै थुनेर राखेको थियो। राजाले नै माओवादी प्रस्ताव अस्वीकार गरेका हुनाले पछि बाबुरामलाई राहत मिल्यो, उनी रिहा भए र उनकै लाइनमा माओवादी चल्यो।’

थापाले संविधानसभा निर्वाचनको मत परिणामतर्फ सङ्केत गर्दै माओवादी यति धेरै जनप्रिय पार्टी होला भन्ने राजा, भारत र संसदवादी दलले नसोचेका बताए। माओवादी प्रस्ताव अस्वीकार गर्नु राजाको भुल भएको आज आएर महसुस भएको उनले घुमाउरो गरी स्वीकारे र माओवादी शक्तिलाई कम आँक्न नहुने पनि बताए।

'नेपालको माहोल गणतन्त्रवादी छ, माओवादीको गणतन्त्रको नाराले मत पाएकै हो। काठमाडौंको चुनाव मैले नै हेरेको छु, बन्दुक देखाएर माओवादीले मत पाएका हैनन्।’ उनले माओवादीलाई सम्हालिएर अघि बढ्न नसकेको भन्दै माओवादी शक्तिले बाटो बिराए देश झनै तहस नहस हुने चिन्ता व्यक्त गरे।

थापाले भारत र सरकारवादी दलको मोर्चाबन्दीलाई परास्त गर्न 'राजासहितको शासन व्यवस्था’ अङ्गाल्न माओवादीलाई सुझाव दिए। माओवादीको क्रान्तिकारी छविलाई 'हेक्का राख्दै’ उनले भने– नाममा  समस्या भए सांस्कृतिक राजा या जनवादी राजा भनौं।

उनले नेपालको राजनीतिमा परस्पर विरोधी दल माओवादी र आफ्नो दल राप्रपा नेपाल भएको भन्दै बाँकी सबै दल पेण्डुलम भएका बताए। 'दुवै दलले बोकेका राजनीतिक लाइनको मझधार खोज्न सके नेपालको राजनीतिक गतिरोध दीर्घकालसम्मका लागि समाप्त हुन्छ र शान्ति र स्थायित्व कायम हुन्छ’- उनले भने।
प्रतिक्रियाहरू (12)Add Comment
... कम लोकप्रिय प्रतिक्रिया [हेर्नुस्]
0
skroka
November 23, 2010
195.229.241.178
भोट: -3
...

कमलजी तपाइँ र प्रचण्डको अभिव्यक्तिमा कुनै फरक रहेन । त्यसैले के बोलिरहेको छु भनेर विचार पुर्याउनु जरूरी छ ।

0
gopal
November 23, 2010
86.62.194.46
भोट: +20
...

सतप्रतिशत ठीक हो। म थापासँग सहमत छु ।

0
Saroj
November 23, 2010
113.199.209.50
भोट: +3
...

कमल थापा राजावादी हो कि मओवादी ? म दोधारमा परे । कतै थापाको नेता पुषपकमल दाहाल त होइन ?

0
Luna
November 23, 2010
85.10.70.206
भोट: +31
...

हाम्रा नेताहरु बिदेशी शक्तिको दास भएका छन् । नेता राजनीतिक रुपमा दास हुनु भनेको तिनले आफूमार्फत् मुलुकलाई दास बनाउनु हो। मुलुक दास हुनु भनेको त्यस मुलुकभित्रका जनता पनि दास हुनु हो भलै २१औं शताब्दीमा यो प्रत्यक्ष्य देखिँदैन। तर, अप्रत्यक्ष्य रुपमा यसले असर गरिरहेको हुन्छ । ज्वलन्त उदाहरण अहिलेको राजनीतिक स्थितिलाई लिन सकिन्छ। जनताबाट अधिक मत पाएका नेताहरुले मुलुक हाक्न पाएनन्
(नसकेका होइनन ! तर नदिएको हो वैदेशिक हस्तछेपकै कारण) यो क्रम रहिरहे मुलुकमा सधै अराजकता छाइरहन्छ। अराजक मुलुकले विकासको गति पूर्णरुपले लिन सक्तैन । यसको प्रतक्ष्य असर मुलुकबासीलाई पर्छ। यस्तो स्थिति कहिलेसम्म कायम राख्ने? किन राख्ने ?
बरु बेलैमा यी दुई माओवादी शक्ति (जनतावादी शक्ति) र राजावादी शक्ति ्(राष्ट्रवादी शक्ति)मा एकता हुनसके सार्वभौमसत्ता नेपाल अग्रगामी मार्गमा लम्किने थियो । अहिलेको नेपालको जटिल राजनीतिक दृश्य हेर्दा भोलिको नेपालको सुखद कल्पना गर्न सकिने ठाउँ देखिन्छ? मुटुमा हात राखेर सोचौ सबैले! कमल थापाले भनेका कुराहलाई पूर्वग्रही दृष्‍टिकोणले हेर्नुभन्दा बरु दूरदृष्‍टिकोणले सोच्नु मुलुकको भलो होला ।

0
bhojraj dahal
November 23, 2010
202.166.198.186
भोट: +12
...

म कमल थापासित सहमत छु । राजावादी-माओवादी एक भएमात्र राजनीतिक निकास निस्किन्छ ।

... कम लोकप्रिय प्रतिक्रिया [हेर्नुस्]
0
adarsha
November 23, 2010
113.199.244.176
भोट: -5
...

यस्तो कार्य हुनु भनेको सहिदको योगदानलाई अपहेलना गर्नु हो । कमल थापालाई पनि सत्ताको लोभ नभएको होइन । त्यसैले त राजावादीसँग मिलेर जाने कुरा गर्दैछन् । अबदेखि यिनका कुरालाई समाचार नबनाएकै बेस हुन्छ ।

0
krishna prasad poudel
November 23, 2010
82.27.206.242
भोट: +0
...

कमल थापा र पुषपकमल दाहालजस्ता नेता नै यो देशको लागि चाहिएको छ। थापाजी तपाइँको पहलमा माओवादी आउँछन् र आउनै पर्छ पनि । अब राष्ट्रवादी शक्तिहरू एक हुनैपर्छ।

0
kul adhikari
November 24, 2010
113.199.200.250
भोट: +1
...

राम्रो विचार ।

0
rajan
November 24, 2010
83.110.106.224
भोट: +0
...

जो-जो सँग मिले पनि भैगयो नि। आफन्त नातेदारहरुलाई माथl लानु, राष्ट्रको ढुकुटी रित्याउनु । गुन्डाहरु पाल्नु र गरिब दुःखीमाथि लात्तले हान्नु । यही त हो नि, हैन र प्यारो कमलजी ।

0
rajan
November 24, 2010
121.154.164.87
भोट: +2
...

जे गर, जसो गर तर हामीलाई हाम्रो नेपाल देउ।

प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


राजनीति

From Republica

new-traveld