Error
  • Error loading feed data.

बैठकमा सहभागी लडाकुको तलव-भत्ता रोकिन्छ : गच्छदार

smaller text tool iconmedium text tool iconlarger text tool icon
अजित तिवारी, विराटनगर, मङ्सिर ११-  उपप्रधान मन्त्री विजयकुमार गच्छदारले विस्तारित बैठकमा सहभागी माओवादी लडाकुलाई सरकारले तलव-भत्ता र रासनपानीमा रोक लगाउने बताएका छन्। त्यसरी सहभागी लडाकुको सङ्ख्या समायोजन र पुनर्स्थापना गर्ने सूचीबाटै हटाउने तयारीसमेत भइरहेको उनले बताए।

‘माओवादी बैठकमा सहभागी लडाकुलाई क्यान्टोमेन्टमा फेरि नफर्काउन माओवादीलाई सरकारले भनिसकेको छ’, विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसित कुरा गर्दै गच्छदारले भने- ‘बैठकमा सहभागी लडाकुको तलव-भत्ता र रासनपानी रोक्छौं भनेर पनि भनिसकेका छौ।’

सबै राजनीतिक दल र अनमिनसमेतले भन्दाभन्दै माओवादीले विस्तारित बैठकमा लडाकु सहभागी गराएर शान्ति सम्झौता उल्लङ्घन गरेको उनको आरोप छ। ‘विस्तारित बैठकमा सहभागी माओवादी लडाकुलाई नैतिकरुपमा पनि समायोजन र पुनर्स्थापनामा हाल्न मिल्दैन’, गच्छदारले भने- बैठकमा सहभागी लडाकु माओवादी कार्यकर्तामा परिणत भइसके, उनीहरुलाई लडाकुको दर्जामा राख्‍न मिल्दैन।

पूर्वी पडाडी जिल्ला भोजपुर र सङ्खुवासभालाई जोड्ने झोलुङ्गे पुल शिलान्यास गर्न शनिबार विराटनगर आएका मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्षसमेत रहेका गच्छदारले सुनसरीका कार्यकर्तासँग आज भेटदै छन्।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


राजनीति

From Republica

new-traveld