Error
  • Error loading feed data.

क्यान्टोनमेन्ट खाली नभएसम्म शान्ति मुस्किल : शान्ति मन्त्री

smaller text tool iconmedium text tool iconlarger text tool icon
अर्घाखाँची, मङ्सिर १८- शान्ति तथा पुनःनिर्माण मन्त्री रकम चेम्जोङले जबसम्म माओवादी लडाकु क्यानटोन्मेन्टबाट खाली हुँदैनन्, तबसम्म शान्ति प्रक्रिया निष्कर्षमा पुग्न मुश्किल पर्ने बताएका छन्। माओवादीले प्रतिबद्धता जनाएर सहमति र सहकार्य गरिदिए देशले निकास पाउने उनको भनाइ थियो।

अर्घाखाँचीको सन्धिखर्कमा स्थानीय शान्ति समितिले निर्माण गर्न लागेको सहिद स्तम्भ पार्क शिलान्यास गर्दै मन्त्री चेम्जोङले संविधान निर्माण र शान्ति प्रक्रियामा सबै राजनीतिक दल प्रतिबद्ध भएर लाग्नुपर्ने पनि बताए। उनले सबै नेपाली मिलेर देशको शान्ति प्रक्रिया निष्कर्षमा पुर्‍याउनुपर्ने बताएका थिए।

मुलुकको पुनःनिर्माणमा आफूले सक्दो प्रयास गरेको बताउँदै उनले आर्थिक क्रान्तिमार्फत् मुलुकलाई समृद्ध पार्न शान्ति बहाली अपरिहार्य रहेको धारणा प्रकट गरेका थिए। गर्नुभयो। 

कार्यक्रममा शान्ति मन्त्रालयका सहसचिव केदार कोइराला, प्रमुख जिल्ला अधिकारी बलभद्र गिरीलगायतले मन्तव्य राखेका थिए।
- रासस
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


राजनीति

From Republica

new-traveld