Error
  • Error loading feed data.

भारतले नेपालमा हस्तक्षेप गर्न खोज्नु स्वाभाविक भएको उपराष्ट्रपतिको भनाइ

smaller text tool iconmedium text tool iconlarger text tool icon
मधेसी दलमा नेतृत्व लिने हैसियत छैन-
मङ्गलबारे (इलाम), मङ्सिर २०- उपराष्ट्रपति परमानन्द झाले नेपाल आत्मनिर्भर हुन नसकेकाले अरुले हस्तक्षेप गर्न खोज्नु स्वाभाविक भएको बताएका छन्। भारतीय हस्तक्षेपका कारण नेपालमा परिरहेको असरबारे सोधिएको प्रश्‍नमा उनले यस्तो धारणा व्यक्त गरेका हुन।
दलहरुबीच वैमनस्यता रहिरहे आगामी जेठ १४ गते नयाँ संविधान जारी हुनेमा आफू ढुक्क हुन नसकेको पनि उनले बताए।

इलाम भ्रमणमा रहेका उपराष्ट्रपति झाले सोमबार इलाममा सञ्चारकर्मीसँग उक्त कुरा बताएका हुन।

उनले मधेसी दलहरुमा अब बन्ने सरकारको नेतृत्व लिने हैसियत बनिनसकेको पनि बताए।

उनले अन्य तीन ठूला दल हुँदाहुँदै मधेसी दलले प्रधान मन्त्री आफूलाई चाहियो भन्नु तर्कसङ्गत नभएको पनि बताए। 

दलहरु मिल्नुको कुनै विकल्प नभएको बताउँदै उपराष्ट्रपति झाले समयमै नयाँ संविधान निर्माण गरी मुलुकलाई शान्तिको बाटोमा लैजान एकीकृत नेकपा (माओवादी), नेपाली कङ्ग्रेस र नेकपा (एमाले) ले सहमति जुटाउनुपर्ने बताएका थिए।

इलामको पर्यटकीयस्थलको भ्रमणमा रहेका उपराष्ट्रपति झाले इलामको धार्मिक तथा पर्यटकीय स्थल माईपोखरीको भ्रमण गर्ने बताइएको छ।
- रासस
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


राजनीति

From Republica

new-traveld