Error
  • Error loading feed data.

सर्वोच्चको निर्णयको आधारमा सरकार गठन : देउवा

smaller text tool iconmedium text tool iconlarger text tool icon
रमेशकुमार पौडेल, चितवन, मंसिर २०- नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले सरकार गठनका लागि सर्वोच्चले गरेको निर्णयलाई आधार मान्नु पर्ने बताएका छन्। नवलपरासीको गैंडाकोटमा आयोजित सूर्यभक्त पतनादेवि मेमोरियल कलेजको सातौ वार्षिकोत्सव तथा पत्रकारिता पुरस्कार वितरण समारोहमा उनले उक्त कुरा बताएका हुन्।
 
असारमा प्रधानमन्त्री माधवकुमार नेपालले राजिनामा दिएपछि नयाँ प्रधानमन्त्री चयन हुन सकेको छैन। १७ औं चरणको निर्वाचनबाट पनि प्रधानमन्त्रीका लागि चाहिने आवश्य बहुमत संख्या कसैले पुगाउन नसक्दै संसदको अन्त्य भएको छ। सातौ चरणबाट माओवादी अध्यक्ष बाहिरिएपछि नेपाली काँग्रेसका रामचन्द्र पौडेल मात्रै चुनावमा सामेल हुँदै आएका थिए।

निरन्‍तर निर्वाचन भए पनि प्रधानमन्त्री चयन हुन नसकेपछि त्यो प्रकृयाका विरुद्ध सर्वोच्चमा रिट परेको थियो। सार्वोच्चले प्रष्ट आदेश नदिए पनि नेपाली काँग्रेसले प्रधानमन्त्रीमा पौडेललाई निर्विरोध गराउनु पर्छ भन्ने संकेत गरेको भन्दै नेपाली काँग्रेसले सोही अनुसार हुनु पर्ने भनाइ राख्दै आएको छ।
गैंडाकोटको कार्यक्रममा देउवाले भने 'सरकार गठनमा जे अवरोध देखिएका छ त्यसको गाँठो फुकाउन सर्वोच्चले जे निर्णय गर्‍यो त्यसैलाई आधार मानेर चल्नु पर्छ। सर्वदलीय बैठकमा अब यो विषयमा नै छलफल हुन्छ।' संविधान निर्माण र शान्ति प्रकृया जटिल काम भएकाले सवै दल नमिलेसम्म यो पुरा नहुने देउवाको भनाइ थियो।

उनले भने, 'जिम्मेवारी जटिल छ। सवै नमिलेसम्म काम सम्पन्न हुन सक्दैन। अनमिन जाने पक्का भयो। उ गएपछि झनै जटिल्ता नबढोस भन्नका लागि अव मिलेर जानु पर्छ।' माओवादी शान्ति प्रकृयामा आएकाले उसले बहुलबाद त्याग्न नहुने देउवाले बताए।

उनको तर्क थियो 'शान्ति प्रकृयामा आउनु भनेको प्रजातन्त्रलाई आत्मसात गर्नु हो। बहुलवाद प्रजातन्त्रको आत्मा हो। पालुङटार बैठकबाट माओवादी बहुलबाद प्रति नकारात्मक भए पनि अन्तिममा यसलाई नअपनाइ सुखै छैन।'

सूर्यभक्त अधिकारी नेपाली काँग्रेसका नेता थिए। उनको निधनपछि अधिकारीका छोराहरुले आमा पतनादेविको समेत नाम राखेर खडा गरेको कोषबाट नेपाल प्रेस युनियन नवलपरासी शाखाले पुरस्कार स्थपान गरेको छ। तीस हजार रुपैयाँको सो पुरस्कार यस पटक हरिबहादुर थापाले पाए।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


राजनीति

From Republica

new-traveld