Error
  • Error loading feed data.

माओवादी विद्यार्थीको चहलपहल तीब्र

smaller text tool iconmedium text tool iconlarger text tool icon
कीर्तिपुर, मङ्सिर २३ (नागरिक)- माओवादीको विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीको शुक्रबार सुरु हुने राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधि, पर्यवेक्षक आउने क्रम तीब्र भएको छ। सम्मेलनका कारण कीर्तिपुर क्षेत्रमा चहलपहल निकै तीब्र भएको छ। सम्मेलनमा १ हजार ८ सय १८ जना प्रतिनिधि जम्मा हुने जानकारी दिइएको छ।
सम्मेलनमा आउनेमध्ये छात्रालाई त्रिवि परिसरकै नयाँ कन्न्या छात्रावासमा बसोबासको व्यवस्था मिलाइएको छ भने छात्रलाई आयुर्वेद क्याम्पस, प्राध्यापक र कर्मचारीको गेष्ट हाउस तथा त्रिवि विद्यार्थी क्लबमा बस्ने व्यवस्था मिलाइएको छ।

सम्मेलनमा भाग लिन प्रतिनिधि र पर्यवेक्षक देशभरबाट आउने क्रम जारी छ। साँझसम्म सबै आइपुग्ने जानकारी व्यवस्थापन समिति सदस्य तथा त्रिवि स्ववियुकी सचिव मानुषी यमी भट्टराईले दिइन्।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


राजनीति

From Republica

new-traveld