Nepal Republic Media Pvt. Ltd.

Saturday
Apr 04th
Error
  • Error loading feed data.

योग गुरु रामदेवको स्वागत गर्न कार्यवाहक प्रधानमन्त्री विराटनगरमा

smaller text tool iconmedium text tool iconlarger text tool icon
अजित तिवारी, विराटनगर, मंसिर २३- योग गुरु रामदेव विभिन्न कार्यक्रममा सहभागी हुन बिहीबार दिउँसो विराटनगर आइपुगेका छन्। बाबा रामदेवको स्वागत गर्न कार्यवाहक प्रधानमन्त्री विजयकुमार गच्छदार र आपूर्ति मन्त्री राजेन्द्र महतो विराटनगर पुगेका छन्।
  रानीस्थित जुद्ध मैच फैक्ट्रीको किनिएको जग्गामा पतञ्जली योग पिठ आश्रम निर्माणका लागि उनी अहिले भूमि पुजन गर्दैछन्।

सीमावर्ती शहर अररियाबाट स्थलमार्ग हुँदै विराटनगर आएका बाबा रामदेवलाई स्वागत गर्न सयौंको संख्यामा विराटनगरवासी सीमावर्ती जोगबनी नाका पुगेका थिए।
स्थानीय दाताहरुले जुटाइदिएको जग्गा अस्वीकार गर्दै रामदेवका नेपाल संयोजक शालीग्राम सिंहले बुधवार मात्रै खरिद गरेको जुद्ध मैच फैक्ट्रीको जग्गामा भूमि पुजन गरिएको हो। केसलिया नदी किनारमा स्थानीय दाताहरुले दान गरेको जग्गामा भूमिपुजन हुने तयारी रहेपनि अन्तिम समयमा आश्रमका लागि पिठले अन्तै जग्गा खरिद गरेको हो।

बिहीबार साढे दुई घण्टा विराटनगरमा बिताउने बाबा रामदेवले जग्गा विवादकै कारण ‘भूमि पुजन' गर्ने कार्यक्रम अन्यौलमा परेको थियो। उनका सहयोगी सिंहका अनुसार बाबा रामदेव विराटनगरमा शहिद रंगशालाको योग शिविरको उदघाटन गरेपछि उद्योगी, व्यापारीसँग भेट्ने कार्यक्रम छ। सभासद एवं उद्योगपति मोति दुगडको निवासमा खाना खाएर बाबा रामदेव अढाई बजे फेरि फारबिसगञ्ज फर्किनेछन्।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


राजनीति

From Republica

new-traveld