Nepal Republic Media Pvt. Ltd.

Saturday
Apr 04th
Error
  • Error loading feed data.

मूल्य वृद्धि फिर्ता नभए माओवादीले जनतालाई सडकमा आउन आह्वान गर्ने

smaller text tool iconmedium text tool iconlarger text tool icon
भ्रष्टाचार छानबिन गर्न समिति बनाउ-
काठमाडौं, मङ्सिर २३ (नागरिक)- पेट्रोल, डिजेल, मट्टितेल र ग्यास सिलिण्डरमा भएको मूल्य वृद्धिलाई असामयिक र अपारदर्शी भन्दै माओवादीले त्यसको विरोध गरेको छ। उसले मूल्य वृद्धि फिर्ता नभए जनतालाई सडकमा आउन आह्वान गर्ने पनि जनाएको छ।

माओवादीद्वारा जारी विज्ञप्तिमा 'कामचलाउ सरकारको निर्देशनमा नेपाल आयल निगमले यही सोमबारदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र ग्यास सिलिण्डरको मूल्यमा गरेको असामयिक र अपारदर्शी मूल्य वृद्धिको हाम्रो पार्टी एकीकृत ने.क.पा.(माओवादी) घोर विरोध एवम् भर्त्सना गर्दछ' भनिएको छ।

यसरी इन्धनको मूल्यमा वृद्धि गरिँदा त्यसले पारबहन भाडा र दाल, चामल, नूनलगायतका उपभोग्यवस्तुको मूल्यसमेत बढ्न गई समग्र दैनिक जनजीवन नै अस्तव्यस्त हुन जाने हुन्छ। त्यसकारण, हाम्रो पार्टी उक्त मूल्यवृद्धि अबिलम्ब फिर्ता गरी पेट्रोल, डिजेल, मट्टितेल र ग्यास सिलिण्डरको यसअघिकै मूल्य कायम गर्न सरकारसित जोडदार माग गर्दछ- पार्टी प्रवक्ता दीनानाथ शर्माद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।

यदि उक्त मूल्यवृद्धि फिर्ता नगरिए हाम्रो पार्टी महङ्गीविरुद्धको आन्दोलनमा सडकमा आउन जनसमुदायलाई आह्वान गर्न बाध्य हुने र  त्यसबाट उत्पन्न हुने असहज परिस्थितिको जिम्मेवार सरकार स्वम् हुने कुरा पनि हाम्रो पार्टी स्पष्ट गर्न चाहन्छ।

खासगरी आयल निगमभित्रको भ्रस्टाचार र चुहावटका कारण बेला–बेलामा जनतामाथि मूल्यवृद्धिको भार थोपरिएको छ। हाम्रो पार्टी निगमभित्रको भ्रस्टाचार र चुहावटको छानविन गरी अपराधीहरूलाई कारबाही र न्यायोचित मूल्य निर्धारणका लागि शक्ति सम्पन्न संसदीय समिति अबिलम्ब गठन गर्न पनि सम्बन्धित निकायसँग माग गर्दछ- विज्ञप्तिमा भनिएको छ।
प्रतिक्रियाहरू (1)Add Comment
... कम लोकप्रिय प्रतिक्रिया [हेर्नुस्]
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


राजनीति

From Republica

new-traveld