Nepal Republic Media Pvt. Ltd.

Saturday
Apr 04th
Error
  • Error loading feed data.

हामीले मात्र सक्दैनौँ, जनताले नै भ्रष्टाचार रोक्नुपर्छः कानुनमन्त्री

smaller text tool iconmedium text tool iconlarger text tool icon
बद्रीकुमार न्यौपाने, काठमाडौं, मंसिर २३- कानुन तथा न्याय मन्त्री प्रेमबहादुर सिंहले दह्रो राजनीतिक इच्छा शक्ति बिना भ्रष्टाचार निर्मुल हुन नसक्ने बताएका छन्। 'जनस्तरबाटै यसलाई रोक्न चासो दिनुपर्छ,' उनले अगाडि भने, 'संवैधानिक निकायले मात्र यसलाई रोक्न संभव छैन।'

  संयुक्त राष्ट्रसंघबाट भ्रष्टाचार महासन्धि पारित भएको दिन आज भ्रष्टाचारविरुद्ध अन्तर्राष्ट्रिय दिवस मनाइँदैछ। यसै क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि रहेका मन्त्री सिंहले संसदका कारण राष्ट्रसंघको महासन्धी नेपालमा पारित गर्न कठिनाई भएको बताए।

'नयाँ संविधान बन्ने क्रममा अख्तियारलाई थप प्रभावकारी बनाइनु पर्छ,' मन्त्री सिहंले भने, 'र भ्रष्टाचारविरुद्ध अभियानलाई अझ सशक्त रुपमा अगाडि बढाउनु पर्छ।'

ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालको तथ्याङ्क अनुसार नेपाल हाल १ सय ४६ औं स्थानमा छ।

लामो समयसम्म आयोग आयुक्तविहीन भएको प्रसङ्ग उठाउँदै मन्त्री सिंहले त्यसलाई 'विडम्बना' भनेका छन्। कार्यक्रममा सहभागीहरुले आयोगको विकेन्द्रिकरण तथा पूर्णता हुनुपर्ने माग राखेका थिए।

आयोगका निमित्त सचिव रमेश कुमार पौडेलले आयुक्तविहीन अवस्थामा कर्मचारीले धान्नु परेको र छिट्टै आयुक्त नियुक्त हुने आशा व्यक्त गरे। आयोगमा गत वर्षदेखि प्रमुख आयुक्त र एक आयुक्त रिक्त छ।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


राजनीति

From Republica

new-traveld