Nepal Republic Media Pvt. Ltd.

Saturday
Apr 04th
Error
  • Error loading feed data.

नोवेल पुरस्कार समारोहमा नजान निर्देशन नआएको दूताबासको भनाइ

smaller text tool iconmedium text tool iconlarger text tool icon
काठमाडौं, मंसिर २३ (नागरिक)- लन्डनस्थित नेपाली दूताबासले नोवेल पुरस्कार समारोहमा नजान सरकारले निर्देशन नदिएको दाबी गरेको छ। नागरिकन्युजमा बुधबार प्रकाशित समाचारलाई लिएर विज्ञप्ति जारी गर्दै ओहोदाको प्रमाणपत्र नबुझाउन्जेल राजदूतले सम्बन्धित देशको औपचारिक समारोहमा सामेल हुन नमिल्ने कुटनीतिक मान्यता रहेको प्रस्टिकरण दिएको छ।

'प्रचलनअनुसार सह प्रमाणिकरण भएको मुलुकमा राजदूतले ओहोदाको प्रमाणपत्र नबुझाउन्जेलसम्म कुनै पनि औपचारिक कार्यक्रममा भाग लिन मनासिब हुँदैन', नर्वे समेत हेर्नेगरी वेलायतको राजदूत रहेका सुरेशचन्द्र चालिसे नर्वे समक्ष ओहोदाको प्रमाणपत्र पेश गरिनसकेको दूताबासले उल्लेख गरेको छ।

चालिसे प्रमाणपत्र पेश गर्ने प्रक्रियामा रहेको दूताबासले जनाएको छ।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


राजनीति

From Republica

new-traveld