Error
  • Error loading feed data.

वंगलादेशी र नेपाली मूलका भारतीय नक्कली राहदानीका ग्राहक

smaller text tool iconmedium text tool iconlarger text tool icon
सुरेन्द्र पौडेल, काठमाडौं, मंसिर २४ - हस्तलिखित राहदानीको खरिदबिक्री परराष्ट्र मन्त्रालय परिसरमै भइरहेको छ। सुरक्षा दृष्टिले कमजोर मानिएको हस्तलिखित राहदानी वितरण पुष २१ गतेबाट बन्द हुने भएपछि राहदानी खरिद बिक्री गिरोह नै पासपोर्ट संकलन कार्यमा लागेको प्रहरीको प्रारम्भीक अनुसन्धानले देखाएको छ।

परराष्ट्र र प्रहरीका अनुसार यन्त्रले पढ्ने राहदानी (एमआरपी) फेरवदल तथा दुरुपयोग असम्भव भएकाले हस्तलिखित संकलन गरि आफ्नो धन्दा थप केहि बर्ष जारी राख्न गिरोह सक्रिय भएको छ। एमआरपि लागू भएपछि पनि आगामी तीन वर्ष पुरानो राहदानी मान्य हुने भएकाले गिरोहले संकलन गरिरहेको हो। अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले सन् २०१० सम्म जारी भएका हस्तलिखित राहदानीलाई २०१४ सम्म मान्यता दिने नियम छ।
परराष्ट्र परिसरमा पासपोर्ट लिन आउनेको भिडमा केहि अनुहार सधै देखिएपछि थालिएको अनुसन्धानले खरिदविक्रिको तथ्य फेला परेको हो। 'केहि मानिस सधै देखिएपछि शंका लागेर हामीले प्रहरीलाई सूचना दियैं,' परराष्ट्रका सहायक प्रवक्ता हरिसचन्द्र घिमिरेले भने, ‘पुरानो राहदानी संग्रह गर्ने गिरोह सक्रिय भएको रहेछ।'
परराष्ट्रले मंसिर ८ गते राहदानी बनाउनेको भिडबाछ १० जना शंकास्पद व्यक्तिविरुद्व महनगरिय प्रहरी परिसरमा किटानी जाहेरी दिएपछि अनुसन्धान सुरु भएको हो। प्रहरीले परराष्ट्रले शंकास्पद भनेका ती १० जनालाई पक्राउ गरेपछि प्रारम्भिक अनुसन्धानमा नै पासपोर्ट खरिदबिक्री परराष्ट्र परिसरमै हुनेगरेको खुलेको थियो।
त्यसपछि प्रहरीले परराष्ट्र परिसरमा सादा पोशाकका प्रहरी खटाएर थप शंकास्पद व्यक्ति पक्राउ गरेको छ। मंसिर महिनामा मात्र पासपोर्ट खरिदविक्रिमा लागेको अभियोगमा प्रहरीले १० जाना विरुद्व मुद्दा दायर गरेको छ।
‘एउटाको नामको नागरिकता अर्काले प्रयोग गर्ने ध्येयले हस्तलिखित राहदानी खरिद बिक्रिमा गिरोह नै सक्रिय भएको भेटियो,' महानगरिय प्रहरी परिसर,काठमाडौंका एसपी रमेश खरेलले भने, ‘राहदानी खरिदबिक्रीमा लाग्ने २५ जनालाई पक्राउ गरी १० जानालाई मुद्दा नै चलाइसकेका छौं।'

खरेलका अनुसार अहिलेसम्म पक्राउ परेका गिरोहका कामदार हुन्। यीनीहरुको पछाडि कसको हात छ भन्नेमा थप अनुसन्धान गरिरहेका छौ। 'हामी छिट्टै निश्कर्षमा पुग्छौ,' उनले भने, 'अनुसन्धान चलिरहेकाले अहिले यत्ति भनौ।'
हस्तलिखित राहदानी बटुलेर गिरोहले वैदेशिक रोजगारीमा पठाउने दलाल र म्यानपावर कम्पनीलाई बेच्छन्। उनीहरुले यसमा फोटो परिवर्तन गरि प्रायजसो गैरनेपालीलाई विदेश उडाउने गरेका छन्। त्यसरि जानेको नाम, थर, ठेगाना सबै राहदानी बिक्रेताको नै हुन्छ।
परराष्ट्र स्रोतका अनुसार यसरि विदेश जानेमा बंगलादेशी नागरिक र नेपाली मूलका भारतीयको संख्या ठूलो छ। 'अहिले जतिसक्लो बढि राहदानी बटुलेर तीन बर्ष भएपनि धन्दा चलाऊ भन्ने होडबाजी चलेको हामीले पनि भर्खरै थाहा" पायौ,' स्रोतले भन्यो, 'प्रहरीले गिरोहलाई कारबाही गरेमात्र यो अपराध रोकिन्छ, हामीले केहि गर्न सक्दैनौ।'
साउदी अरबमा दुई बर्षदेखि बंगलादेशी कामदार प्रतिवन्धित रहेको र भारतले गल्फ राष्ट्रमा ३५ वर्ष भन्दा कम उमेरका महिला घरेलु काममा जान बन्देज लगाएकाले उनीहरु नेपाली बनेर विदेश जान थालेका हुन्। साउदी स्थित नेपाली दुतावासमा कार्यरत एक कर्मचारीका अनुसार वंगालदेशीहरुले तीन लाख रुपैयाँसम्म तिरेर नेपाली राहदानी किनेको फेला परेको छ। केही साता अघि मात्र बंगलादेशस्थित साउदी दूतावासले तीन सय नेपाली राहदानी संकास्पद भएको जनाउँदै जाँचुबझका लागि परराष्ट्र मन्त्रालय अनुरोध पठाएको थियो।
परराष्ट्रले दिएको सुचनाका आधारमा पक्राउ गरी सार्वजनिक मुद्धा चलाइएकामा रामेछापका रञ्जित नेपाल, मोरङ उर्लाबारी-४ का खगेन्द्र श्रेष्ठ, बर्दिया लेम्लापुर-३ का गोविन्द सिंह महरा, संखुवासभा धुपु-५ का उमेश तामाङ, उदयपुर गाईघाटका राजेन्द्र दनुवार, झापा गौरादह-१ का नारायण अधिकारी, धादिङ्ग कटुञ्जे-२ का अशोक श्रेष्ठ, झापा गौरादह-१ का दिनानाथ कटुवाल, सिन्धुपाल्चोक धुम्पाखाका भुपेन्द्र बस्नेत र शंकर बस्नेत छन्।
बयानका क्रममा उनीहरुले २५ देखि ३० हजार रुपैया"सम्ममा राहदानी किनेको फेला परेको छ। यसरि किनिएको राहदानी गिरोह नाइके, दलाल, म्यनपावर हु"दै नक्कली किन्न खोज्नेको हातमा पुग्ने भएकाले मूल्य बढ्दै जाने जानकारी प्रहरीले दिएको छ।

 

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


राजनीति

From Republica

new-traveld