Nepal Republic Media Pvt. Ltd.

Saturday
Apr 04th
Error
  • Error loading feed data.

देउवापक्षीय जिल्ला सभापति भेला आज

smaller text tool iconmedium text tool iconlarger text tool icon
काठमाडौं, मंसिर २४ (नागरिक)- पदाधिकारी मनोनयन विषयमा विवाद चर्किरहेका बेला कांग्रेस नेता शेरबहादुर देउवाले शुक्रबार आफू निकट जिल्ला सभापतिहरुको भेला बोलाएका छन्। देउवा निवास बुढानिलकण्ठमा दिउँसो २ वजे बोलाइएको भेलामा राजधानीमा उपलव्ध तीन दर्जन जिल्ला सभापतिलाई निम्ता गरिएको छ।
पदाधिकारी मनोनयनमा अल्पमत परेका पार्टी सभापति सुशील कोइरालालाई दवाव दिने उदेश्यले जिल्ला सभापतिहरुसँग परामर्श गर्ने भन्दै भेला बोलाइएको हो। उनले शनीवार आफू पक्षिय केन्द्रीय सदस्य, सभासद् र पुर्व केन्द्रीय सदस्यको पनि भेला बोलाएका छन्।

देउवा निकट एक नेताका अनुसार पार्टीको आन्तरिक विवाद लगायत राष्ट्रिय राजनीतिमा पार्टीले खेल्नु पर्ने भूमिकाबारे भेलामा छलफल हुनेछ। सभापतिको पदाधिकारी मनोनयन प्रस्ताव पारित हुन नदिएपछि उत्साहित देउवाले नेताहरुसँगको भेटघाट तिव्र बनाएका छन्। कोइरालाले उपसभापितमा संसदीय दलका नेता समेत रहेका रामचन्द्र पौडेल र महामन्त्रीमा कृष्णप्रसाद सिटौलालाई मनोनय गर्ने प्रस्ताव केन्द्रीय समितिमा पेश गरेका छन्। प्रस्तावको बुहमत सदस्यले विरोध जनाएपछि एक साता अघि परामर्श गर्ने भन्दै बैठक स्थगित गरिएको थियो। देउवा पक्षिय नेताले सभापतिले सबै नेतासँग एक्ला-एक्लै भेट गरिसकेकाले तत्काल केन्द्रीय समिति बैठक बोलाई प्रस्तावको टुंगो लगाउन दवाव दिने भएका छन्।

देउवाले आफुले महाधिवेशनमा पाएको मतको सम्मान गर्दै पार्टीमा हुने मनोनयन र नियुत्ती सन्तुलन मिलाउन सभापतिलाई आग्रह गर्दै आएका छन्।
शुक्रबार हुने जिल्ला सभापतिको भेलामा पार्टीको आन्तरिक राजिनीति, पदाधिकारी मनोनय लगायत विषयमा छलफल गरिनेछ। जिल्ला सभापति र केन्द्रीय सदस्य तथा सभासद्सँग छलफल गरी पदाधिकारी मनोनयन लगायतका पार्टीको आन्तरिक विवादबारे राणनीति तय गर्ने देउवा निकट नेताले जनकारी दिएका छन्।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


राजनीति

From Republica

new-traveld