फोटो राख्ने भएपछि आधा मतदाता घटे

Friday, 10 December 2010 10:27 नागरिक
Print
पोखरा, २४ मंसिर- कास्कीमा मतदाताको सङ्ख्या अनपेक्षितरुपमा घटेको छ। तस्बिरसहितको मतदाता नामावली सङ्कलनका क्रममा जिल्लामा मतदाता घटेको रहस्य खुलेको हो। संविधानसभाको निर्वाचनमा पोखरा उपमहानगरपालिकामा एक लाख ६ हजार पाँच सय ३८ मतदाता रहेकामा फोटोसहितको मतदाता नामावलीमा ५५ हजार सात सय ८६ ले नामाङ्कित गराएका छन्।

निर्वाचन अधिकृत कमलप्रसाद पुनका अनुसार लेखनाथ नगरपालिकामा पनि मतदाता घटेका छन्।

लेखनाथमा २४ हजार ६ सय २५ जना नयाँ मतदाता नामावलीमा समेटिएका छन्। अघिल्लो निर्वाचनमा उक्त नगरपालिकाबाट ३९ हजार पाँच सय ११ जनाले मतदान गरेका थिए। रासस