तनहुँ, मंसिर २३, (नागरिक) - लमजुङको सुन्दरबजारमा बिहीबार मोटरसाइकल र ट्रक ठोक्किदाँ दुईको मृत्यु भएको छ। मृत्यु हुनेहरुमा मोटर साइकलमा सवार सुन्दरबजार-४ घर भई हाल बेसीशहरमा ब्यवसाय गर्दै आएका ३५ बर्षिय सुरेन्द्र मिश्र र तनहूँ रुपाकोट राम्चेका २७ वर्षीय दयानिधि पौडेल रहेको लमजुङ प्रहरीले जनाएको छ।