Error
  • Error loading feed data.

तपाईंको भान्सा कति चिल्लो?

smaller text tool iconmedium text tool iconlarger text tool icon
पवित्रा सुनार, काठमाडौं, मंसिर २- भुटुन (घ्यूतेल) झ्वाँइय्य नपारी तरकारी नपाक्ने हाम्रो अनुभव भए पनि भारतीय मुटुरोग विशेषज्ञ डा. विमल छाजेडले काठमाडौंमा यही साता आयोजित कार्यक्रममा तेल खाँदै नखान सुझाव दिएका छन्। नेपाली चिकित्सक पनि भन्छन्- घ्यूतेलको चिल्लोचाप्लोले रगतमा बोसोको मात्रा बढाउँछ।

काठमाडौंका दुई प्रमुख ल्याबका अनुसार पछिल्लो समय सहरियाहरूको रगतमा बोसोको मात्रा वृद्धि हुँदै गएको छ। बानेश्वरस्थित नेसनल रिफरल ल्याबोरेटोरीका अनुसार यहाँ मासिक रगत परीक्षण गर्न आउने १५ सयमध्ये ९ सयमा कोलेस्ट्रोल र हजारमा ट्राइग्लिसेराइड्स (बोसो) को मात्रा बढी हुन्छ।

  डिल्लीबजारस्थित सिद्धि पोलिक्लिनिकका प्याथालोजी विशेषज्ञ डा. ईश्वरलाल श्रेष्ठको अनुभवमा दसकयता रगतमा बोसोको मात्रा तीव्र रूपमा बढेको छ।

रगतमा बोसोका मात्रा बढ्दा मानिसमा मुटुरोग, मधुमेह र श्वासप्रश्वाससम्बन्धी रोग देखिने चिकित्सक बताउँछन्। उनीहरूका अनुसार मुटु सुन्निने, मुटु फेल हुने, पाचनक्रियामा समस्या आउने, मोटोपन बढ्ने, दम हुने, मिर्गौलामा समस्या र मस्तिष्क पक्षाघातजस्ता समस्या पनि आउनसक्छन्।

गंगालाल हृदयकेन्द्रका निर्देशक डा. अरुण मास्केका अनुसार चिल्लोचाप्लो खाएपछि त्यहीअनुसार शारीरिक श्रम नगर्दा रगतमा बोसो बढ्छ। उनका अनुसार ३० वर्षयता उपत्यकामा हृदयघातको समस्या ४० प्रतिशतले बढेको छ। वंशाणुगत समस्या, कलेजोरोग, खानपान र जीवनशैली रगतमा बोसो बढाउने यसका प्रमुख कारक हुन्।

तारे-भुटेका मासुका परिकार, क्रिम र तेल भएका खाना, बर्गर, पिज्जा, ससेज, चिकेन चिल्ली, मोमो, आइसक्रिम, रातो मासु, मिठाइ, केकजस्ता खानेकुराले रगतमा बोसोको मात्रा बढाउँछन्।

सामान्यतयाः रगतमा कोलेस्ट्रोल र ट्राइग्लिसेराइड्सको मात्रा २ सय मिलिग्रामभन्दा कम हुनुपर्छ। 'तर, धेरैमा २ सय ५० देखि ३ सय ५० सम्म देखिन्छ,' डा. श्रेष्ठले भने, 'तीस वर्ष नाघेकामा अहिले समस्या बढी देखिएको छ।'

रगतको नलीमा टाँसिएको बोसोलाई कोलेस्ट्रोल र रगतको नलीमा तैरेर रहेको तैलीय पदार्थलाई ट्राइग्लिसेराइड्स भनिन्छ। कोलेस्ट्रोलले रक्तनली साँघुरो बनाउँछ भने ट्राइग्लिसेराइड्सले रगत बाक्लो पार्छ। यी दुवैले पाचन प्रणालीलाई भार पुर्‍याउने चिकित्सक बताउँछन्।

खानाको तुलनामा शारीरिक क्रियाकलाप कम, प्रदूषण, विषाक्त खानाजस्ता कारणले नेपालीको रगतमा बोसोका मात्रा बढाएको पाइएको नेसनल रिफरलका व्यवस्थापकीय निर्देशक सुशील थापाले बताए।

सन् २००१ मा विश्व स्वास्थ्य संगठनले नेपालको सहरी क्षेत्रमा गरेको अनुसन्धानअनुसार ९० प्रतिशत सहरी महिला शारीरिक श्रम गर्दैनन्।

{xtypo_rounded} रगतमा बोसोपना बढ्न नदिन के गर्ने?
- सागपात र फलफूलमा जोड दिने
- सन्तुलित भोजन लिने
- मांसाहारीले कुखुरा र माछा खाने
- बोसोजन्य तथा तारेका फास्टफुड, जंकफुड, धूमपान, मद्यपान नगर्ने
- नियमित स्वास्थ्य परीक्षण गर्ने
- शाकाहारी भोजनमा जोड दिने
- कम्तीमा आधा घन्टा दैनिक व्यायाम गर्ने {/xtypo_rounded}

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


समाज

From Republica

new-traveld