Error
  • Error loading feed data.

रानीपोखरीमा भाइटीका

smaller text tool iconmedium text tool iconlarger text tool icon
बद्रीकुमार न्यौपाने, काठमाडौं, कात्तिक २१- बर्दियाकी सुनिता पौडेलले आफ्नो तिस वर्षे उमेरमा कहिलेपनि भाइटीकाको अनुभव गर्न पाइनन्। छ दिदी बहिनी मध्येकी एक पौडेलका दाजुभाइ नभएका कारण उनका अघिल्ला तिहार निकै नरमाइलोसँग बिते।

गत चैतमा मात्र काठमाडौं आएकी उनी आज रानीपोखरीस्थित जलेश्वर महादेव मन्दिरमा भने निक्कै प्रफुल्ल मुद्रामा भेटिइन्। उनले पहिलो पटक तिहारमा भाइटीकाको अनुभव गर मस्त थिईन्।

'शुरुमा त मलाई टिका लगाईदिन पनि आएन,' निक्कै खुसी देखिएकी पौडेलले भनिन् 'आफ्ना दाजुभाई नभएपनि जीन्दगीमा यसरी तिहार मनाउन पाँउदा छुट्टै अनुभव गरेकी छु।'

असन बस्ने अम्बिका रायमाझीका भने दाजुभाई नभएका होइनन् तर काम विशेषले सँगै नहुँदा तिहारको न्यास्रो मेट्न उनी रानीपोखरीस्थित मन्दिर पुगेकी थिइन्।

पौडेल र रायमाझी मात्र होइन, त्यहाँ अन्य 'दिदीबहिनी' पनि 'दाजुभाई'लाई टीका लगाइदिन व्यस्त थिए। हरेक वर्षको भाइटीकाका दिनमात्र खुल्ने उक्त मन्दिरमा भाइटिकाका लागि नभएर जलेश्वर महादेवको दर्शन गर्नेको उत्तिकै भिड देखिन्थ्यो। रामेछापका वेदप्रसाद अधिकारी जस्ता कुनै दिदी -बहिनी नभएर मात्र होइन, तिहारमा घर पुग्न नसकेका नुवाकोटका शिव लामा पनि मन्दिरमै भाइटिकामा रमाएका थिए।

मन्दिरमा जलेश्वर महादेवसँगै बालगोपालको पनि मूर्ति रहेको छ। मन्दिरका पुजारी रमेश कपालीका अनुसार दाजुभाई नभएका महिलाले भाइटिकाको दिन उक्त बालगोपाललाई पूज्ने चलन रहेकोमा बिस्तारै त्यही 'दाजुभाई' को खोजी गरी भाइटिका लगाउने प्रचलन बढेको बताए। उनले भने- 'खासमा त यहाँ भएको बालगोपालको मुर्तिलाई पुज्ने हो, तर 'मिडिया' ले कुरा बङ्गयाएपछि अर्कै चलन चल्यो।'

मन्दिरमा बिहान चार बजेदेखि नै श्रद्धालुहरुको चहलपहल शुरु भैसकेको थियो।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


समाज

From Republica

new-traveld