Error
  • Error loading feed data.

गाई काटेको विरोधमा चक्काजाम

smaller text tool iconmedium text tool iconlarger text tool icon
महेश्वर चामलिङ राई, उदयपुर, कात्तिक २५- तिहारको लक्ष्मीपूजाको दिन गाई काटेर खाएको विरोधमा गाईघाट-कदमाहा सडकखण्डमा स्थानीयले आज चक्काजाम गरेका छन्। स्थानीय दौलतपुरबासीले पौने ११ बजेदेखि एक घण्टाका लागि गरेको चक्काजामका कारण गाईघाटदेखि लाहान, धरान, बिराटनगर, काठमाडौंलगायत विभिन्न ठाउँ जाने-आउने तीनदर्जन बढी यात्रुबाहक बस तथा मालबाहक गाडीहरु रोकिएर हजारौं यात्रु अलपत्र परे।

  लहानमा गाईतिहारका दिन चारवटा गाई काटेर खाएको विरोधमा दौलतपुर युवा समूहले चक्काजाम गरेको स्थानीय दीपक कार्कीले बताए। गाई काटेको अभियोगमा दुईजनालाई पक्राउ गरेपनि कारबाही नगरी प्रहरीले छाडेको विरोधमा चक्काजाम गरिएको उनले बताए।

दोषीमाथि कारबाही नभए चरणवद्ध आन्दोलन गर्ने उनीहरुको भनाई छ। दोषीमाथि कारबाही नभए चरणबद्ध आन्दोलन गर्ने उनीहरुको भनाई छ। 'हिन्दुले पुजा गर्ने लक्ष्मीपूजाकै दिन गाई काटेर खाएर धार्मिक सहिष्णुता खल्बल्याउन खोजेको देखिएकाले दोषीमाथि कारबाही गर्नुपर्छ' कार्कीले भने 'नभए सशक्त आन्दोलन गर्न बाध्य हुनेछौं।'

प्रतिक्रियाहरू (1)Add Comment
0
aakrosh
November 11, 2010
195.229.236.215
भोट: +55
...

yo sahi ho hami pani muslim ko desh ma baseka chhau bangur ra sungur katna purna nishedhit chha , aafno aafno desh ko ra dharma ko aafnai parampara ra mulye manyeta hunchha yesari laxmi pujako dina gai katneharulai pani sidhai katnu parchha gai hamro rastriye janawar pani ho , yesta pakhandi haru lai sarkarle karwahi nagari k herera baseko chha dharmik swatantra chha bhandai aruko dharma ra paramparako apabykhya ra apahelana garnu hundaina

प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


समाज

From Republica

new-traveld