टेकनारायण भट्टराई, पाल्पा, कात्तिक २५, बम पड्काएर माछामार्ने क्रममा हातमै बम पड्कदा गुल्मीमा एक व्यक्ति गम्भीर घाइते भएका छन्। वडिघाट खोलामा माछा मार्न फालेको बम हातमै अल्झेर पड्कँदा अस्लेवा गाविस-६ रुद्रवेणीका ५० वर्षीय मनवहादुर माझी गम्भीर घाईते भएका प्रहरीले जनाएको छ।
बिहीबार दिउसो २ बजेतिर खोलामा माछा मार्न वम हुत्याउँदा दायाँहातमा बम अड्केर विष्फोट हुँदा माझीको हातनै छिनिएको प्रहरी नयाव उपरिक्षक मदन प्रसाद सुवेदीले बताए। उनको हात दुईटुक्रा भएको छ भने बमको छर्राले शरिर र टाउकोमा गम्भीर चोट लागेको छ। घाईतेको जिल्लामा उपचार हुन नसकेपछि थप उपचारका लागि पाल्पा स्थित मिसन अस्पताल ल्याइएको छ।

प्रतिक्रियाहरू (1)