Error
  • Error loading feed data.

एसएमएसबाट धम्की दिने डाक्टर !

smaller text tool iconmedium text tool iconlarger text tool icon

काठमाडौं मंसिर १ (नागरिक) - आठ पटकसम्म परीक्षा दिँदापनि उत्तिण नभएपछि रसियामा चिकित्साशास्त्र अध्ययन गरेर फर्किएका युवकले नेपाल मेडिकल काउन्सिलका पदाधिकारीलाई अपहरण र हत्याको धम्की दिएको प्रहरीले दावी गरेको छ। चिकित्सकको लाइसेन्सका लागि काउन्सिलले लिने परीक्षाको समयावधी घटाउन दवाव दिन ती युवकले काउन्सिल पदाधिकारीलाई एसएमएस पठाएर धम्क्याएको प्रारम्भिक अनुसन्धानमा खुलेको एसएसपी रणबहादुर चन्दले बताए।

काउन्सिलका १६ जना पदाधिकारीलाई एसएमएस पठाएर हत्या तथा अपहरणको चेतावनी दिएको अभियोगमा पक्राउ परेका डा सुधिर राजभन्डारीलाई सार्वजनिक गर्दै महानगरिय प्रहरी अपराध महाशाखाका प्रमुख रणबहादुर चन्दले 'काउन्सिलसँगको मतभेदपछि निरास भएर भन्डारीले काउन्सीलका पदाधिकारीलाई धम्क्याएको' बताए।

एन्टी एनएमसी फोर्सको नाममा काउन्सिलका पदाधिकारीलाई एमएसएम गरेको अभियोगमा सामाखुसीबाट पक्राउ परेका भन्डारीलाई मंगलबार सार्वजनिक गर्दै एसएसपी चन्दले प्रवेश परिक्षाका विषयमा काउन्सिलका पदाधिकारीसँगको विवादका कारण उनले एनसेलको सिम प्रयोग गरी परीक्षा प्रणालीमा सुधार गर्न चेतावनी दिँदै एसएमएस पठाएको बताए।

६ वर्ष अगाडि रसियाको एभनो स्टेस मेडिकल एकेडेमीवाट चिकित्साशास्त्रमा एमडी गरेर नेपाल आएका भन्डारीले चिकित्सकको मान्यता पाउन आठ पटक परीक्षा दिँदा समेत अनुत्तिण भएपछि उनले काउन्सिलमा परिक्षा ३/३ महिनामा गर्न निवेदन दिएका थिए।

६/६ महिनामा परिक्षालिँदा विदेशमा अध्ययन गरी फर्किएका विद्यार्थीहरु मर्कामा पर्ने भएकाले परिक्षाको समय घटाउन माग गर्दै काउन्सिलमा निवेदन दिएपनि काउन्सिलका पदाधिकारीले वास्ता नगरेपछि आवेशमा उनले धम्याउन थालेको खुलेको एसएपी चन्दले बताए। चन्दले भने, 'प्रारम्भिक अनुसन्धानबाट परीक्षामा उत्तिण हुन नसकेपछि डिप्रेश भएर उनले काउन्सिलका पदाधिकारी र परिवारलाई धम्याएको खुलेको छ।'


सडकमा भेटिएको सिमवाट धम्की
सन् २००४ मा एमडि उत्तिण गरी नेपाल फर्किएका भन्डारीले प्रसुतीगृह थापाथली, मानसिक अस्पताल, पाटन र वीर अस्पतालमा इन्ट्रनसीप गरी चिकित्सकको रुपमा काम गर्ने मान्यताका लागि काउन्सिलमा परिक्षा दिएता पनि उनी पटक पटक असफल भएका थिए।

उनले कात्तिक १७ गतेदेखि २४ गतेसम्म काउन्सिलका पदाधिकारीलाई धक्याउँदै एसएमएस पठाएका थिए। एसएमएसमा, 'धेरै परिक्षार्थीलाई पटक पटक परीक्षामा अनुत्तिण गराएर समय र भविष्यमाथि खेलवाड गरेकाले तत्काल लाईसेन्स नदिए परिवारका सदस्यको अपहरण गरी हत्या समेत हुनसक्ने' भन्दै एन्टी एनएमसी फोर्सको नाममा एसएमएस पठाउने गरेका थिए।

९८०८९५७१२३ नम्बरको सिमवाट निरन्तर धम्की आउन थालेपछि काउन्सिलका पदाधिकारीहरुले प्रहरी प्रधान कार्यालयमा निवेदन दिएका थिए। प्रधान कार्यालयले कात्तिक २४ गते निवेदन अपराध महाशाखामा पठाएपछि महाशाखा एसएमएसकर्ताको खोजीमा खटिएको थियो।

काउन्सिलका पदाधिकारीलाई ९८०६७५१७३९ नम्बरको सिमबाट समेत निरन्तर धम्कीयुक्त एसएमएस आउन थालेपछि काउन्सिलका अधिकांश पदाधिकारीले प्रहरीसँग सुरक्षा माग गरेका थिए। प्रहरी प्रधान कार्यालयले केही पदाधिकारीहरुलाई बडिगार्ड समेत खटाएको थियो।

काउन्सिल पदाधिकारीलाई धम्क्याउन प्रयोग गरिएको सिमको लोकेशनको आधारमा खोजी गर्दै जाने क्रममा महाशाखाको टोली भन्डारीको सामाखुसीमा रहेको घरमै पुगेर सोमबार उनलाई पक्राउ गरी ल्याएको थियो।

प्रहरीले उनको साथवाट धम्क्याउन प्रयोग गरिएको दुबै सिम बरामद गरेको छ। अनुसन्धानमा संलग्न प्रहरी अधिकारका अनुसार भन्डारीले धम्क्याउन प्रयोग गरेको सिम अर्कैको नाममा लिएको खुलेको छ।

भन्डारीको बयान अनुसार किराना पसलमा सामान पोको पारेर दिएको कागज नागरिकताको फोटोकपी रहेको फेला परेपछि उनले पहिलो सिम त्यही नागरिकताको आधारमा निकालेका थिए।

प्रहरीका अनुसार उनले अर्काको नागरिकताको नक्कल कपीको आधारमा नरदेवीस्थित कम्युनिकेशन सेन्टरवाट ९८०८९५७१२३ नम्बरको सिम निकालेका थिए। उनले प्रारम्भमा सोही सिम प्रयोग गरेर काउन्सीलका पदाधिकारीलाई एसएमएस पठाएका थिए। एसएमएस पठाउन प्रयोग भएको ८ ९८०६७५१७३९ नम्बरको सिम बाटोमा हिड्नेक्रममा सुन्धारामा फेला पारेको भन्डारीले प्रहरीलाई बयान दिएका छन्।

'सुध्रिउन भनेर एसएमएस गरे'
अपराध महाशाखाको कार्यकक्षमा सञ्चारकर्मीसँग कुरा गर्दै अभियुक्त भन्डारीले काउन्सीलमा आफ्नो गुनासो बोकेर पटक पटक जाँदा समेत कुनै वास्ता नभएको बताए। उनले भने, 'कहिले समय छैन भनेर टार्ने, कहिले भेट्ने समय नै नदिने गरेर मेरो भविष्यमाथि खेलवाड गरे।'

प्रारम्भमा भन्डारीले आफ्नो कानुनी सल्लाहकार राखेर मात्र सञ्चारमाध्यमसंग कुरा गर्ने बताएपनि काउन्सिलका विषयमा जिज्ञासा राखेपछि भने उनी बोल्न तयार भए। उनले काउन्सिलका पदाधिकारीले ३/३ महिनामा लिईने परीक्षाको समय बढाएर ६/६ महिना पुर्‍याएर नयाँ चिकित्सकको भविष्यमाथि खेलवाड गरेको बताए।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


समाज

From Republica

new-traveld