Error
  • Error loading feed data.

एसपी खरेल काममा फर्किए

smaller text tool iconmedium text tool iconlarger text tool icon
केपी ढुंगाना,काठमाडौं मंसिर ३ (नागरिक)-चीनमा १४ दिने तालिममा सहभागी हुन गएका काठमाडौंका एसपी रमेश खरेलले शुक्रवारबाट काममा फर्किएका छन्। चीन सरकारको निमन्त्रणामा २ साता अगाडि चीन गएका उनी बुधवार राति स्वदेश फर्किएका थिए।

महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुखको रुमपा उनले शुक्रवारबाट काम शुरु गरेका हुन। 'यात्रामा थाकेकाले हिजो एक दिन आराम गरेर आजबाट कार्यालय आए खरेलले नागरिकन्युजसँग कुरा गर्दै भने- 'आजबाट काम शुरु गरेँ।'

एसपी खरेल १४ दिन चीन जाने भएपछि प्रहरी प्रधान कार्यालयले उनको स्थानमा एसपी भोगबहादुर थापालाई काजमा पठाएको थियो। भोगबहादुर शुक्रवार आफ्नो पुरानै कार्यस्थल महानगरीय प्रहरी आयुक्तको कार्यालय फर्किएका छन्।

चीन सरकारले एसियाका १२ भन्दा बढी राष्ट्रका शहरी क्षेत्रमा खटिएका प्रहरी अधिकृतहरुको सम्मेलन आयोजना गरेको थियो। कार्यक्रम उपलब्धिमुलक भएको खरेलले बताए। कार्यक्रममा सुरक्षा रणनीति भन्दा परराष्ट्र मामिलाकाका विषयमा छलफल केन्द्रित रहेको उनले बताए।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


समाज

From Republica

new-traveld