Nepal Republic Media Pvt. Ltd.

Wednesday
Feb 19th
Error
  • Error loading feed data.

जुवाको खालमा बरामद रकम विपन्न बालकको उपचारमा

smaller text tool iconmedium text tool iconlarger text tool icon
शेरबहादुर केसी, बुटवल, मङ्सिर ७- जुवाको खालबाट बरामद भएको रकम प्रहरीले सडक दुर्घटनामा परेर उपचार गराइरहेका एक विपन्न बालकको उपचारमा सहयोग गरेको छ। रुपन्देहीको दुधराक्ष–९ बासगढी का ८ वर्षीय विजय बेल्वासेको उपचारका लागि प्रहरीले ४० हजार रुपैयाँ सहयोग गरेको हो।
‘मोटरसाइकलको ठक्करबाट घाइते भएका बालकको आर्थिक अवस्था ज्यादै नाजुक देख्यौं, जुवाको खालबाट बरामद भएको रकम बालकको उपचारमा खर्च गरे राम्रै हुन्छ भन्ने लाग्यो- इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी दानबहादुर कार्कीले नागरिकलाई भने।

बालकको उपचारका लागि सहयोग गरेको रकम प्रहरीले एकादशीको राति रुपन्देहीको खैरेनीमा एउटा जुवाको खालमा छापा मार्दा बरामद भएको हो।

जनचेतना निम्न माध्यमिक विद्यालय बाँसगढीमा कक्षा १ मा अध्ययनरत् बेल्वासेलाई कात्तिक ३० गते पूर्व-पश्चिम महेन्द्र राजमार्ग पार गरी विद्यालयतिर जाँदै गर्दा एक मोटरसाइकलले ठक्कर दिएको थियो। मोटरसाइकलको ठक्करबाट आन्द्राभुडी बाहिर निस्केका बालकलाई उपचारको लागि तत्काल लुम्विनी अञ्चल अस्पताल ल्याइएको थियो। सर्जन डा.यमबहादुर वली र कृष्ण खनालले सफल शल्यक्रिया गरेका थिए। अहिले  अस्पतालमै उनको उपचार भइरहेको छ। मोटरसाइकल चालक भागेकाले पहिचान हुन नसकेको प्रहरीको भनाई छ।

विजयका बाबु डिलाराम ६ महिना पहिले रोजगारीको सिलसिलामा साउदी अरब पुगेका थिए। त्यहाँ पुगेको केही दिनमा नै सडक दुर्घटनामा परेर हात फ्याक्चर भएकाले उनले पनि काम नगरी त्यसै बस्न बाध्य भएको परिवारजनको भनाई छ। ‘सङ्कटको यो घडीमा प्रहरीले हामीलाई राम्रै गर्‍यो– विजयका कान्छा बाबु बोमलाल बेल्वासेले भने।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


समाज

From Republica

new-traveld