Error
  • Error loading feed data.

दश महिलाद्वारा किशोर बलात्कृत

smaller text tool iconmedium text tool iconlarger text tool icon
सिड्नी, मंसिर ८ - दश महिलाले पपुवा न्युगिनीमा एक १७ वर्षे युवकलाई बलात्कार गरेका छन्। प्रहरीले जनाएअनुसार १० महिलाको 'ग्याङ'ले स्कुले छात्रमाथि साउथर्न हाइल्यान्डस् राज्यको मेन्डी सहरनजिकै बलात्कार गरेका हुन्।

'उनीहरुले भान्सामा प्रयोग गरिने चक्कुसहित किशोरमाथि आक्रमण गरेका थिए। तीमध्ये ४ महिलाले युवकसँग यौन सम्पर्कसमेत राखेका थिए। बलात्कृत युवकलाई उपचारका लागि अस्पताल लगिएको छ,' प्रहरीलाई उदृत गर्दै अस्ट्रेलियाको एएपी न्युज एजेन्सीले जनाएको छ। बलात्कृत युवक अहिले ती महिलाहरुमा एचआईभी एड्स संक्रमित भएको त्रासमा छन्।

'एचआईभी एड्स पपुवा न्यगिनीमा ठूलो समस्या रहँदै आएको छ। मलाई लाग्छ ती महिलाहरुमा यसको संक्रमण छ,' एक प्रहरी अधिकारीले भने, 'पहिले म महिलाहरुलाई राति हिड्न होस गर्नुस् भन्थे। तर अहिले पुरुषहरुलाई समेत यस्तो सल्लाह दिनु परेको छ।'

युनिसेफको एक रिपोर्टका अनुसार पपुवा न्युगिनी विश्वकै सबैभन्दा बढि यौनजन्य हिंसा हुने स्थान हो। -एजेन्सी

 

प्रतिक्रियाहरू (6)Add Comment
0
Chiran Timalsina
November 24, 2010
116.66.193.244
भोट: +9
...

बदलिँदो समाजको राम्रो उदाहरण हो यो।

0
Dipak Pokhrel
November 24, 2010
113.199.252.156
भोट: +23
...

महिला अधिकार खोजेका होलान्। सधैं पुरूषमात्र अघि हामी मात्र किन पछि पर्ने भनेर होला। तर दुःखद समाचार।

0
kumar
November 25, 2010
113.199.212.138
भोट: -1
...

कान हुनुपर्छ दुनियाँमा अनेकथरि सुन्न पाइन्छ।

0
Dollie
November 25, 2010
113.199.212.238
भोट: +2
...

सबैलाई एउटै चस्माले हेर्न पनि मिल्दै। यो एउटा उदाहरण हो।

0
rabin
November 25, 2010
113.199.230.35
भोट: +1
...

जबरजस्ती करनी गर्नु जघनय अपराध हो।

0
ishwari singh
November 26, 2010
202.79.35.112
भोट: +0
...

महिला होस् वा पुरूष जबरजस्ती करनी गर्नु भनेको अपराध हो। उनीहरूको खोजी गरी कारबाही गर्नुपर्छ।

प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


समाज

From Republica

new-traveld