Error
  • Error loading feed data.

राजनीतिक हस्तक्षेप रोक्न नसके प्रशासन नै ध्वस्त हुने : मन्त्री

smaller text tool iconmedium text tool iconlarger text tool icon
ललितपुर, मङ्सिर १०- सामान्य प्रशासन मन्त्री प्रभाकर प्रधानाङ्गले नेपालको प्रशासनको मुख्य समस्या राजनीतिक हस्तक्षेप भएको बताएका छन्। उनले यस्तो हस्तक्षेप रोक्न नसके मुलुकको प्रशासन नै ध्वस्त हुने चेतावनी पनि दिए।

नेपाल सरकारका प्रशासन समूह सेवाका नवनियुक्त शाखा अधिकृतहरुका लागि सञ्चालन हुन लागेको २५ औँ आधारभूत प्रशासन प्रशिक्षण कार्यक्रम उदघाटन गर्दै उनले प्रशासनमाथिको नकारात्मक राजनीतिक हस्तक्षेपलाई रोक्न नसके सिङ्गो मुलुकको प्रशासन नै ध्वस्त हुने भएकाले यसलाई नियन्त्रण गर्न स्वयम् कर्मचारी नै सक्रिय हुनुपर्नेमा पनि जोड दिए।

मन्त्री प्रधानाङ्गले अहिलेको सङ्क्रमणकालीन राजनीतिक समस्या समाधान भई राज्यको तर्फबाट उचित नीति नबनेसम्म मुलुकको प्रशासनको सुधार हुन नसक्ने उल्लेख गर्दै प्रशासनलाई आधुनिक प्रविधि र समयसापेक्ष बनाउन कम्प्युटर शिक्षालाई बाध्यकारी बनाइनुपर्नेमा पनि जोड दिए।

कार्यक्रममा सामान्य प्रशासन राज्य मन्त्री जितु गौतमले पुरानो प्रशासनिक संरचनालाई अहिलेको नयाँ शक्तिको योग्यता र कुशलताले परिवर्तन गर्नु निजामती सेवामा चुनौतीपूर्ण रहेको भन्दै आफूले पाएको जिम्मेवारीलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्न कर्मचारीलाई निर्देशन दिए।

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक पुण्यप्रसाद न्यौपानेले परिवर्तित अवस्थामा कर्मचारीले आफ्ना सोच विचारलाई पनि समयसापेक्ष बनाउनुपर्ने बताउँदै प्रशिक्षणबाट सिकेको सीप, ज्ञान र क्षमतालाई जिम्मेवारीपूर्वक पालना गर्न आग्रह गरे।

तीन महिनासम्म सञ्चालन हुने प्रशिक्षणमा १ सय २६ जना अधिकृतको सहभागिता छ।
- रासस
प्रतिक्रियाहरू (1)Add Comment
0
n p rijal
November 27, 2010
115.187.16.3
भोट: +0
...

शान्ति प्रक्रिया र सहमति गरेर देखाउनुपर्छ नेताजी भन्न त सबैले यस्तै भन्छन् नि।

प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


समाज

From Republica

new-traveld