Error
  • Error loading feed data.

पूर्वमन्त्री केसीलाई पुलिसको झापड

smaller text tool iconmedium text tool iconlarger text tool icon
केपी ढुंगाना, काठमाडौं मंसिर १३ - शुक्रबार, बेलुका नौ वजे महानगरिय प्रहरी प्रभाग कमलपोखरीको कार्यालयमा करिव ६ फुट अग्लो एक ब्यक्ति युवतीसहित ठूलो स्वरमा कराउँदै छिरे। 'क्या हो, एकपटक भनेको सुन्दैन प्रहरीले? तिमीहरुले मैले भनेको नमानेको?, जागिर खान मनछैन कि क्या हो ' भन्दै उनी प्रहरी कार्यालयको ड्युटी अफिरसर सई लिलाबहादुर कुँवर नजिक पुगे। युवती उनको पछिपछि थिइन्। प्रभागका केही प्रहरी लिएर प्रहरी निरीक्षक मिलन केसी गस्तीमा निस्किएका थिए।
केही प्रहरी आराम गर्न व्यारेक छिरिसकेका थिए। ति व्यक्ति अझै कराउँदै थिए, 'विहान आएर सम्झाएको, मलाई नटेर्ने ? म कोहुँ चिनेकै रहेनछन्।' हल्ला सुनेर प्रभागका हवल्दार मेजर तोपनारायण महतो जंगिदै वरिपरी भएका प्रहरीलाई आदेश दिए, ' को हो यो प्रहरी कार्यालयमा आएर थर्काउने यसलाई भाटा हान।' उनको आदेश लगत्तै वरिपरी रहेका प्रहरी ती व्यक्तिमाथि जाइलागीहाले। होहल्ला बढ्दै गयो, प्रहरीको संख्या पनि थपिँदै गयो।

प्रत्यक्षदर्शीका अनुसार व्यारेकमा आराम गरीरहेका केही प्रहरी समेत थपिँदा एक्ला ब्यक्तिलाई कुट्ने प्रहरीको संख्या १० नाघिसकेको थियो। ति प्रौढसँगै आएकी युवती पनि भिडमा मिसिइन, छुटाउन। उनी अगाडि बढे लगत्तै प्रहरी जवान विष्णु राईले गालामा चड्कन लगाइदिए।

कुटिने ब्यक्ति चिच्याए, 'म पूर्व मन्त्री बलबहादुर केसी हुँ'।'  प्रहरीहरु रोकिएर तितरवितर भए। प्रभाग प्रमुख केसीलाई कार्यालयमा भएका घटनाबारे जानकारी भइसकेको थियो। उनी कार्यालयभित्र छिरे। नभन्दै उनको अगाडि प्रभागका प्रहरीवाट कुटाई खाएर थिलथिलो भएको ब्यक्ति थिए नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री केसी। अनी उनीसँगै रहेकी युवती थिईन उनकी श्रीमती रिना।

प्रहरी स्रोतका अनुसार कमलपोखरीको चारढुंगामा घर बनाउँदै गरेको स्थानमा युवाहरु भेला भएर हैरान बनाएपछि केसीले शुक्रबार विहान कमलपोखरी प्रभागका प्रहरीलाई आफ्नो क्षेत्रमा गस्ती बढाउन आग्रह गरेका थिए। उनले युवाहरुले हल्ला गरेर हैरान बनाएको भन्दै नियन्त्रणका लागी आग्रह गरेपछि प्रहरीले हुन्छ भनेका थिए।

तर, बेलुका घर फर्कदा युवाहरु भेला भएर हल्ला गरिरहेको देखेपछि केसी दम्पत्ति मोटरसाईकल लिएर प्रहरी कार्यालय पुगेका थिए। कांग्रेस नेता रामशरण महतको छोराको पार्टीमा सहभागी भएर फर्किएका केसी प्रहरीले काम नगरेको भन्दै बेलुका कार्यालय पुग्दा पिटिएका थिए।

प्रहरी कार्यालयमा पूर्वमन्त्री समेत रहेका कांग्रेस केन्द्रिय नेता कुटिएको खवर महानगरिय प्रहरी परिसर काठमाडौंमा रिर्पोटिङ भएपछि एक जना डिएसपी आधा घन्टापछि कमलपोखरी प्रभाग पुगेका थिए। प्रत्यक्षदर्शीका अनुसार डिएसपीले उनलाई नमस्कार गरेर भित्र कोठामा बस्न आग्रह गरे। तर, उनी 'कि मलाई कार्वाही गर्नुस् कि उनीहरुलाई कार्वाही गर्नुस' भन्दै बाहिरै बसेका थिए। प्रहरीस्रोतका अनुसार डिएसपीको आग्रहपछि उनी बल्ल भित्र बस्न तयार भएका थिए। उनले डिएसपी र इन्सपेक्टरसँग गुनासो गरे। 'म पूर्व मन्त्री हुँ भन्दाभन्दै कुटे, मैले के गल्ती गरेको छु र मलाई पिटेको, मेरी श्रीमतीलाई पनि कुट्ने,?'

दुबै प्रहरी अधिकारीले पटक पटक केसीस"ग माफिमागिरहेपनि केसी दम्पत्तिले नमानेपछि प्रहरी अधिकारीले घटनामा संलग्न प्रहरीहरुलाई कार्वाही गर्ने दोहोर्‍याएपछि दुबै शान्त भएका थिए। प्रत्यक्षदर्शीका अनुसार इन्सपेक्टर केसीले घटनाको बेला कार्यालयमा रहेका सबै प्रहरीलाई लाईनमा राखेर पहिचान गर्न लगाएका थिए। नेता केसी दम्पत्तिले आठ जना प्रहरीको पहिचान गरेपछि प्रहरी अधिकारीले उनीहरुलाई कार्वाहीको गर्ने बताएपछि बेलुका करिव एक वजे नेता केसी प्रहरी कार्यालयवाट बाहिरिएका थिए।

काठमाडौं प्रहरी प्रमुख रमेश खरेलले प्रहरी नचिनेर सामान्य दुर्ब्यबहार भएको बताए। गुनासो आएलगत्तै प्रहरी उनको घरको क्षेत्रमा गएर गस्ती गरेको बताउँदै उनले भने, 'पछि प्रहरीले उहाँहरुलाई स-सम्मान घरमै पुर्‍याइदिएको थियो।' तर नेता केसीले भने आफु प्रहरी कार्यालय नगएको र आफुमाथि कुनै दुर्ब्यबहार नभएको दावी गरे। नागरिकसँग कुरा गर्दै उनले भने, 'हैन यी सब हल्ला मात्र हुन।'
प्रतिक्रियाहरू (31)Add Comment
0
karna rajbanshi
November 29, 2010
202.124.73.195
भोट: +20
...

वाह! प्रहरीको स्पषटीकरण। नचिनेर दुर्व्यवार भो। सामान्य नागरिक भनेर कुटेका। नागरिकले कुटाई खाका भए केही हुनेवाला थिएन। लाग्छ, जनता कुट्न प्रहरीलाई अधिकार छ।

0
peaceful
November 29, 2010
24.16.136.205
भोट: +15
...

क्या हो, एकपटक भनेको सुन्दैन प्रहरीले? तिमिहरुले मैले भनेको नमानेको?, जागिर खान मनछैन कि क्या हो? भन्नेलाई कुट्नुबाहेक अरू के कारबाही हुनसक्छ र। राम्रो गर्यौ प्रहरीहरू।

0
Ramsingh
November 29, 2010
193.130.130.126
भोट: +17
...

यिनका घरका नोकरजस्तै गरेपछि पिटिहाल्छन् नि।

0
nabaraj tiwari
November 29, 2010
94.200.22.179
भोट: +16
...

जे भयो ठीकै भयो। पूर्व मन्त्रीलाई प्रहरी कार्यालयमा गएर कसरी बोल्नुपर्छ भन्ने थाहा छैन? प्रहरी जवान के तिनका नोकर हुन र? एकदम सही गर्यो प्रहरीले।

0
laxmi
November 29, 2010
113.199.214.174
भोट: +19
...

पदको धाक दिएर थर्काउनेलाई ठीकै गरेछन्। यसमा प्रहरीलाई कुनै कारबाही हुनु भएन।

0
kush acharya,USA
November 29, 2010
173.73.140.82
भोट: +10
...

god job officer. you don't know who is shouting in your office. you don't even need to know he just ordinary person. law should be equal to everyone!

0
Sangam
November 29, 2010
114.75.168.231
भोट: +2
...

shame to nepal police and politicians , if there were general people isted of so called bloody leader, these police officer wd be ready to punish those jnior police? what a discrimination.no rule/regulation for so called leader?

0
Pradeep
November 29, 2010
166.137.11.37
भोट: +12
...

नेतालाई मात्र सुरक्षा चाहिने, जनतालाई त नभए पनि हुन्छ भन्ने नेतालाई ठीकै गरेछ।

0
AK
November 29, 2010
78.149.156.18
भोट: +11
...

बल्ल प्रहरीले राम्रो काम गरेछ्न्। थर्काउने जो सुकैलाई ठीक गर्नुपर्छ।

0
narayan basnet
November 29, 2010
2.89.149.75
भोट: +10
...

प्रहरीले पनि त आफ्नो ड्युटी निभाउनै पर्यो नि। जथाभाबी बोल्नेलाई न पिटेर के गर्ने त?

0
deuman
November 29, 2010
203.82.94.23
भोट: +11
...

नेताहरूले आचरन सुधारेर सभ्य तरिकाले बोल्न सिक्नुपर्यो। घरको नोकरलाई जस्तो भने पछि कसले बाँकी राख्छन् त। ती प्रहरीलाई सलाम छ। जसले प्रतिकार गर्न सक्यो।

0
samip
November 29, 2010
24.238.207.223
भोट: -4
...

खोई के साँचो के झुटो? आफूले देख्या होइन। समाचार पनि विश्वास गर्ने कि नगर्ने?

0
bihunkote
November 29, 2010
82.132.242.13
भोट: +11
...

समाचार अनुसार प्रहरीले आफ्नो कर्तब्यमात्र निभाएको देखिन्छ। पूर्व मन्त्री भन्दैमा म को हुँ, मैले भनेक नमान्ने भनेर दादागिरी देखाउने त भएन नि। अझै जागिरबाट निकाल दिन्छु भन्ने धम्की नि दिनुहुन्छ?

0
sushasan
November 29, 2010
113.199.226.119
भोट: -3
...

परिचय दिन पो ढिलाई भयो कि?

0
aac@123
November 29, 2010
66.62.117.14
भोट: +8
...

A good lesson to a politician. May be he has learnt how ordinary citizens are treated in police station or public offices.

0
Indra Dev Rai
November 29, 2010
41.221.72.54
भोट: +10
...

एसपी साब यहाँ तपाइँ अलि चुक्नुभयो कि? के नेपाल प्रहरीलाई कार्यालयमा गएर थर्काउने अधिकार हुन्छ र? पदमा भएको भए एउटा कुरा। अनि अर्को कुरा पूर्व मन्त्री भनेर कसैको निधारमा हुँदैन। प्रहरीलाई थर्काउने, दबाउने यस्ता मन्त्रीहरू यसबाट पाठ सिके हुन्छ।

0
र्इश्वर श्रेष्ठ
November 29, 2010
41.204.111.210
भोट: +6
...

चाहे जोसुकै होस्। प्रहरी कार्यालयमा गएर थर्काउनेलाई कुटेको राम्रै लाग्यो।यस्ताहरूलाई अब यस्तै पाठ सिकाउँदै जानुपर्छ। मैले पिटेर कारबाही परूला भनेर नआतिनुस्। हामी तपाइँको साथमा छौं।

0
hari pathak
November 29, 2010
62.209.30.101
भोट: +9
...

धेरै राम्रो समाचर। ती सबै प्रहरी अधिकारीलाई धन्यवाद दिन चाहन्छु। प्रहरीले एकदमै राम्रो काम गरेको छ। यस्तो नगर्ने हो भने देशक उभो कुनै हालत लाग्ने छैन।

0
CHIJ BAHADUR LAMA
November 29, 2010
195.229.242.59
भोट: +13
...

कति राम्रो समाचार। पूर्वमन्त्री हुँदैमा बिनासितीमा प्रहरीलाई तिम्रो जागिर खाइदिन्छु भन्न पाइन्छ? यी नेताहरूलाई अनुशासन सिकाउनै पर्ने बेला भएको छ।

0
Lalit Singh Rawal
November 29, 2010
113.199.199.79
भोट: +2
...

ठीकै हो गल्तीमा कहिले काहीँ मन्त्रीहरूले पनि कुटाई खानुपर्छ । अनि थाहा हुन्छ नि पीटाइको पीडा।.

0
Nepali Babu
November 29, 2010
113.199.219.197
भोट: +1
...

एकदमा राम्रो काम गर्यो नेपाल प्रहरीले।

0
didako
November 29, 2010
86.50.67.219
भोट: +1
...

राम्रो काम गरेछन्।

0
Mahesh
November 29, 2010
86.98.83.243
भोट: +4
...

होइन यो प्रहरीले पनि के गरेको होला। पूर्व मन्त्री भएको थाहा पाउँदैमा माफी माग्ने र सर्वसाधारणलाई पिट्दै हिँड्ने यो भएन नि पारा। सबलाई सामान व्यवहार गर्न सिकौं है प्रहरी महोदय।

0
fenchu lama
November 29, 2010
94.229.67.221
भोट: +1
...

नेताज्यूले के भनेका होलान् जागिर खाइदिन्छु भनेर।

0
Kalyan Thapa
November 29, 2010
213.130.118.162
भोट: +3
...

पदको फूर्ती दिएर प्रहरीलाई थर्काउनु केसीको महा गल्ती हो। फेरि जनताको गुनासो सुनेर गस्ती नगर्ने प्रहरीको गल्ती पनि सानो होइन।

0
suren
November 29, 2010
113.199.242.227
भोट: +1
...

सलाम छ नेपाली प्रहरीलाई।

0
Hwalafwala
November 29, 2010
86.96.229.87
भोट: +4
...

विद्यार्थी नेता हुँदा जुत्ताको मालो, मन्त्री हुँदा अर्काको झ्याल चढ्ने, अनि पूर्व मन्त्री हुँदा प्रहरीको थप्पड लेखेको रहेछ । कसैको गल्ति छैन ।

Good luck....cheers...!!!!

0
bibek nepali
November 29, 2010
86.166.216.89
भोट: +1
...

गल्ती सानो ठूलो हुनसक्छ। सजाय सबैलाई बराबार गरिनुपर्छ। को नेता को जनता यहाँ सबै बराबार हुन्। त्यसैले बराबर सुरक्षा दिएन भने प्रहरीप्रतिको विश्वास जनतामा कमी हुनसक्छ।

0
yogesh
November 29, 2010
113.199.138.122
भोट: +1
...

सामान्य नागरिक भनेर कुटेको? यो केसीको गल्ती हो। जागिर खाइदिन्छु नि भन्ने हो भन्या।

0
manoj lamsal
November 30, 2010
115.187.16.3
भोट: +2
...

प्रहरीको कुरासँग म सहमत छु। यस्ता कार्य गर्नेलाई यस्तै कारबाही गर्नुपर्छ।

0
janak
November 30, 2010
182.50.64.66
भोट: +0
...

राम्रो काम।

प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


समाज

From Republica

new-traveld