Nepal Republic Media Pvt. Ltd.

Wednesday
Feb 19th
Error
  • Error loading feed data.

परीक्षा केन्द्र सञ्चालन गर्न गएका प्रहरीको मृत्यु

smaller text tool iconmedium text tool iconlarger text tool icon
काठमाडौँ, मंसिर १३ (नागरिक)- परीक्षा रोक्न भनेर विद्यार्थीले भित्रबाट लगाएको चुकुल खोल्न पर्खाल चढ्दै गरेका प्रहरी अर्जुन कुँवरको करेन्ट लागेर मृत्यु भएको छ। गैंडाकोटस्थित अक्सफोर्ड इन्जिनियरिङ कलेजमा आजबाट सुरु हुने स्नातकको परीक्षा हुन नदिने भनेर विद्यार्थीले अवरोध गरेपछि प्रहरी टोली त्यसतर्फ गएको थियो।
केही विद्यार्थीले आजबाट सुरु हुने उक्त परीक्षा रोक्न माग गर्दै आएका थिए। तर परीक्षा नरोकिएको भन्दै परीक्षा अवरोध गराउन उनीहरु लागेपछि प्रहरी सक्रिय भएको थियो। पर्खाल चढेर उनीहरुले लगाएको चुकुल खोल्ने अनि परीक्षार्थीलाई भित्र पसालेर परीक्षा सञ्चाल गराउने सोचअनुसार कुँवर उक्लेका थिए। त्यहीबेला पर्खाल नजिकैको ट्रान्समिटरले उनलाई छुँदा करेन्ट लागेको थियो।

उनलाई तत्कालै अस्पताल लैजाँदै गर्दा मृत्यु भएको गैंडाकोट प्रहरीले जनाएको छ। कुँवर गोरखाका हुन। उनी पर्खाल चढ्दै गर्दा विद्यार्थीले निरन्तर प्रहरीरहरुमाथि ढुङ्गा पनि प्रहार गरिरहेका प्रहरी कार्यालयले जनाएको छ।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


समाज

From Republica

new-traveld