Nepal Republic Media Pvt. Ltd.

Saturday
Apr 04th
Error
  • Error loading feed data.

केटी भगाउने आरोपमा थुनिएका युवाको प्रहरीद्वारा उद्दार

smaller text tool iconmedium text tool iconlarger text tool icon
अमर खड्का, इटहरी, मंसिर २३ - सुनसरी पकलीमा गाउँकी युवतीलाई भगाउन खोजेको भन्दै गाउँलेको नियन्त्रणमा रहेका चार युवालाई बिहीबार प्रहरीले उद्दार गरेको छ। गाउँलेले नियन्त्रणमा लिएका युवालाई दुई दिनदेखि मुसलमानहरुको शिक्षालय मदरसामा राखेको खबर पाएपछि प्रहरीले उनीहरुको उद्दार गरेको प्रहरी निरीक्षक विपीन गौतमले बताए।

पकली-५ का १९ बर्षीय सदाम मियाँसँग स्थानीय युवती साहिना मियाँलाई भगाउन खोजको भन्दै गाउँलेले सद्रिल मियाँ, सुवास विक, इन्तिजा मियाँ र राहुल मियाँलाई मंगलबार बिहानदेखि नियन्त्रणमा राखेकोमा प्रहरीले जानकारी पाएर उद्दार गरेको जनाएको छ।

नियन्त्रणमा लिएका युवालाई गाउँले पालैपालो बसेर मदरसामा थुनेको गौतमले बताए।

गाउँलेले नियन्त्रणमा लिएका चारै जना सदामको निर्माणधीन घरको सुरक्षा गर्न खटिएका युवा हुन्। प्रहरी निरीक्षक गौतमले काठमाण्डौमा बस्दै आएका सदामले साहिनलाई मंगलबार बिहान ५ बजे बोलाएर भेटेको र केटी घर पुगेपछि गाउँलेले एक्कासी घर रुघ्नेलाई नियन्त्रणमा लिएको बताए। साहिनले सदामसँग दुई बर्षदेखि प्रेम सम्बन्ध रहेकाले भेटको प्रहरीसमक्ष बताएकी छन्।

सदामले साहिनलाई भेटेर सोही दिन काठमाण्डौ फर्किएका थिए। युवाहरुलाई नियन्त्रणमा लिएको विषयमा दिनभर गाउँले समक्ष छलफल हुँदा पनि कुनै निर्णय हुन नसकेको स्थानीय विनोद साहले जानकारी दिए।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


समाज

From Republica

new-traveld